ललितपुर : ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ म्यादी प्रहरी परिचालन हुने भएका छन्।ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिएका हुन्। उनका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भईरहेको छ।ललितपुरका विभिन्न नौ स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ। १० दिनको तालिमपछि उनीहरुलाई आवश्यकता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।वरिष्ठ प्रहरी उपरीक्