जुम्ला हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एक जना घाइते भएका छन् । उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुईपक्षबीच झडप भएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको ना