रुकुम पश्चिमको बाँफीकोटमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप : ४ जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहमा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा कांग्रेसका वडा सभापति सूर्यप्रकाश मल्लसहित चार जना घाइते भएका कांग्रेस जिल्ला उपसभापति हर्कसिंह खत्रीले बताउनुभयो। दुई पक्षबीच भएको झडपमा मल्लसहित मित्रलाल ओली, राजेश केसी र हुपजङ्ग बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो। कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुन थालेपछि दुई पार्टीका जिल्ला ...

सम्बन्धित सामग्री

प्युठानमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

प्युठानमा मौन अवधिमा भेला भएका सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताको बीचमा झडप भएको छ । सरुमारानी गाउँपालिका–३ मा झडप हुँदा ४ जना घाइते भएका प्युठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले रातोपाटीलाई बताइन् । घाइते हुनेहरुमा शंकर विश्वकर्मा, टेकेन्द्र मर्स्याङ्दी, गुमानसिंह लम्तरी र रमेश राना छन् । घाइते मध्येका रमेश राना सत्तारुढ गठबन्धनका कार्यकर्ता हुन् । उनलाई उपचारका लागि बुटवल लगिएको छ । अरु ३ जना एमालेका कार्यकर्ता हुन् । उनीहरुको सरुमारानीमा नै उपचार भइरहेको छ ।

प्यूठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ४ जना घाइते

सरुमारानी गाउँपालिकामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । सरुमारानी गाउँपालिकाको हशंपुरमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कायालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकार दिए ।

स्याङ्जामा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ४ जना घाइते

स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । मंगलबार साँझ झडप हुँदा ४ जना घाइते भएका छन् । स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले रातोपाटीलाई बताए ।हरिनाशको चिसापानीमा भएको झडपमा परेर काँग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ । आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।