प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्ज हुने भएका छन् । दुवै कम्पनीका प्रमुख मर्जरमा जान सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका छन् । दुवै...

सम्बन्धित सामग्री

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले एकीकृत कारोबार सुरुवात गरेका हुन् । प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्तापुँजी पाँच अर्ब पुर्‍याउने निर्देशन जारी गरेपछि २०७९ असार ३० गते प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जर भएको हो । जेठ २६ गते साधारणसभाबाट […]

महालक्ष्मी लाइफद्वारा प्रभु इन्स्योरेन्ससँगको मर्जर स्वीकृत

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा पनि प्रकाश पारे । सभाले अध्यक्षद्वारा […]

बीमा क्षेत्रमा चार मर्जर सफल, अझै १३ कम्पनी मर्जर प्रक्रियामा

काठमाडौं । हालसम्ममा चार इन्स्योरेन्स कम्पनीको मर्जर सफल भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया सफल भएको हो । त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया पनि सफल भएको छ ।  नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्नेछ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू मर्जरमा गएर तोकिएको चुक्तापूँजी पुर्‍याउने तयारी गरिरहेका छन् । मर्जर सफल भएका चार कम्पनीमध्ये पनि केही कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने केहीको अपुग देखिन्छ । निर्जीव बीमा कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको पूँजी बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने बाँकी दुई कम्पनीको अझै अपुग देखिन्छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी अपुग नै छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरलको ८५ किता अर्थात् १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी यी दुई कम्पनी मर्जरमा गएका हुन् । मर्जरपछि बनेको हिमालयन एभरेष्ट कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २३ करोड रहेको छ । यसरी हेर्दा कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी अझै पुर्‍याएको छैन । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३० करोड पुग्नेछ । बोनस शेयर वितरणपछि पनि कम्पनीको चुक्तापूँजी अझै रू. २० करोड अपुग रहेको छ ।  सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोडभन्दा माथि पुगेको छ ।   त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । यी दुई कम्पनी पनि सामान हैसियत अर्थात् १ः१ अनुपातमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । कम्पनीले बीमा प्रधिकरणले तोकेको पूँजी पुर्‍याउन अझै रू. ५० करोड अपुग रहेको छ ।  त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता (१ः०.८२) अनुपातमा मर्जरमा गएका हुन् । यी दुई कम्पनी एक आपसमा गाभिएपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५४ करोड पुगेको छ । कम्पनीलाई बीमा प्राधिकरणले तोेकेको पूँजी पुर्‍याउन रू. ४६ करोड अपुग रहेको छ ।  हाल १३ ओटा इन्स्योरेन्स कम्पनी मर्जर प्रक्रियामा रहेका छन् । जसमध्ये ६ निर्जीवन र ७ जीवन बीमा कम्पनीहरू रहेका छन् ।  निर्जीवन बीमा कम्पनीतर्फ आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै जीवन बीमा कम्पनीतर्फ महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स र तीन कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । जीवन बीमा कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जान नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति पाएका छन् । बाँकी कम्पनीहरूले बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।

बराबरी हैसियतमा प्रभु र महालक्ष्मी लाइफ मर्जरमा जाने

प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको भएको छ ।दुवै कम्पनीबीच बराबरी हैसियतमा मर्जरको सहमति भएको हो । सहमति पत्रमा प्रभु लाइफका अध्यक्ष सुवास अमात्य र महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका हुन् । मर्जर पछि बन्ने कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहने सम्झौतामा […]

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिहीबार मर्जरमा जाने सहमति भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच प्रभुका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मीका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक आपसमा गाभिने छ भने मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । मर्जर पछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्सका स

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच भयो मर्जर सम्झौता, ५ अर्ब पुँजी कसरी पुर्‍याउला?

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ ।  काठमाडौंमा एक

महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

३० असार, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर हुने भएको छ । दुई कम्पनीबीच बिहीबार मर्जरसम्बन्धी प्रराम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मर्जरपछि बन्ने संस्थाको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने सहमति भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । दुई कम्पनीबीच १ः१ को सेयर आदानप्रदान अनुपात […]

महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जर कमिटी गठन

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेको छ ।आइतबार सम्पन्न भएको विशेष साधारणभाले अन्य कुनै जीवन बिमा कम्पनी एक आपसमा गाभ्न-गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा एक आपसमा गाभ्ने-गाभ्ने वा प्राप्ति गर्ने र सो सम्बन्धी आवस्यक सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।यस्तो प्रस्ताव पारित भएसँगै […]

महालक्ष्मी लाइफले करोड बराबरको शेयर निष्काशन हुँदै, मर्जर कमिटी पनि गठन

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड बराबरको शेयर निष्काशन गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले सो निर्णय गरेको हो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा भएको साधारणसभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी  बृद्धि गर्ने निर्णय समेत भएको छ । यस्तै सेयर निस्कासनसहित मर्जर र एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि भएको छ । बीमा समितिले चैत्र १० गते कम्पनीको चुक्ता पूँजी ५०