बीमा क्षेत्रमा चार मर्जर सफल, अझै १३ कम्पनी मर्जर प्रक्रियामा

काठमाडौं । हालसम्ममा चार इन्स्योरेन्स कम्पनीको मर्जर सफल भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया सफल भएको हो । त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया पनि सफल भएको छ ।  नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्नेछ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू मर्जरमा गएर तोकिएको चुक्तापूँजी पुर्‍याउने तयारी गरिरहेका छन् । मर्जर सफल भएका चार कम्पनीमध्ये पनि केही कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने केहीको अपुग देखिन्छ । निर्जीव बीमा कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको पूँजी बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने बाँकी दुई कम्पनीको अझै अपुग देखिन्छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी अपुग नै छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरलको ८५ किता अर्थात् १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी यी दुई कम्पनी मर्जरमा गएका हुन् । मर्जरपछि बनेको हिमालयन एभरेष्ट कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २३ करोड रहेको छ । यसरी हेर्दा कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी अझै पुर्‍याएको छैन । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३० करोड पुग्नेछ । बोनस शेयर वितरणपछि पनि कम्पनीको चुक्तापूँजी अझै रू. २० करोड अपुग रहेको छ ।  सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोडभन्दा माथि पुगेको छ ।   त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । यी दुई कम्पनी पनि सामान हैसियत अर्थात् १ः१ अनुपातमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । कम्पनीले बीमा प्रधिकरणले तोकेको पूँजी पुर्‍याउन अझै रू. ५० करोड अपुग रहेको छ ।  त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता (१ः०.८२) अनुपातमा मर्जरमा गएका हुन् । यी दुई कम्पनी एक आपसमा गाभिएपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५४ करोड पुगेको छ । कम्पनीलाई बीमा प्राधिकरणले तोेकेको पूँजी पुर्‍याउन रू. ४६ करोड अपुग रहेको छ ।  हाल १३ ओटा इन्स्योरेन्स कम्पनी मर्जर प्रक्रियामा रहेका छन् । जसमध्ये ६ निर्जीवन र ७ जीवन बीमा कम्पनीहरू रहेका छन् ।  निर्जीवन बीमा कम्पनीतर्फ आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै जीवन बीमा कम्पनीतर्फ महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स र तीन कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । जीवन बीमा कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जान नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति पाएका छन् । बाँकी कम्पनीहरूले बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।

सम्बन्धित सामग्री

सर्वोच्चको फैसलापछि बैंक र बीमा कम्पनीले तिर्न थाले कर

काठमाडौं – बैंक तथा बीमा कम्पनीहरुले शुक्रबार एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर तिरेका छन् । मर्जरको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा सरकारले कर तिर्न भनेपछि बैंक तथा बीमा कम्पनीहरुले कर तिर्न थालेका हुन् । चालु आर्थिक वर्षको बजेटमा सरकारले बैंक तथा बीमा कम्पनीको मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र एफपीओको […]

चार महिनामा दुई बीमा कम्पनीबीच मर्जर, १५ वटा पाइपलाइनमा

बीमा क्षेत्रमा नियामक बीमा समितिले फोर्स मर्जरको नीति ल्याएको चार महिना पूरा भएको छ । समितिले गत चैत २२ गते एक निर्णय गर्दै निर्जीवन बीमा कम्पनीहरूका लागि न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ चुक्तापुँजी अनिवार्य तोकेको थियो । बीमा कम्पनीहरुको स्तरसँगै क्षमता विकास गर्नुपर्ने भन्दै समितिले एक वर्षको म्याद दिँदै २०७९, चैत मसान्तसम्म तोकिएको पुँजी पुर्याउन सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन गरेको छ । तर, हकप्रद सेयर जारी गर्न रोकेको समितिले पुँजी वृ

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नुभएको हो । अध्यक्ष सिलवालले बीमा कम्पनीहररुमा […]

हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्सले गरे मर्जर सम्झौता

२२ वैशाख, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीम मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीहरुबीच बिहीबार १ बराबर १ सेयर स्वाप रेसियो हुने गरी मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यी दुई कम्पनीहरुको सम्झौता बीमा क्षेत्रमै पहिलो हो । यस अघि पनि बीमा कम्पनीहरु बीच मर्जरको […]

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स मर्ज हुने, बीमा क्षेत्रकै पहिलो मर्जर !

वैशाख २२, काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक अर्कामा मर्ज हुने भएका छन् । बीमा समितिले चुक्ता पूँजी बढाउने निर्णय गरेर कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिइरहेको बेला दुई कम्पनी मर्जरमा जाने निर्णयमा पुगेका हुन् । बिहीवार दुवै कम्पनीका सञ्चालक समितिबीच एक अर्कामा मर्जरमा जाने समझादारी भएको हो । उक्त समझादारी पत्र (एमयोयु) मा एभरेष्ट इन्स्योरेन्सको तर्फबाट अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरलको तर्फबाट महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । एभरेष्ट इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले हिमालयन जनरलसँग एकअर्कामा मर्ज हुने गरि समझादारी भएको आर्थिक अभियानलाई बताए ।    मर्जर प्रक्रिया अगाडि बढाउन दुवै कम्पनीका ३/३ जना सञ्चालकको प्रतिनिधित्वमा ६ सदस्यीय मर्जर कमिटी समेत गठन गरिएको छ । अब उक्त कमिटीले नै मर्जरको थप प्रक्रिया अगाडि बढाउने छ ।  ‘अब मर्जर कमिटीले सम्पत्ति दायित्व मुल्यांकन गर्ने (डीडीए), स्वाम रेसियो निर्धारण गर्नेदेखि मर्जरपछि कम्पनीको संरचना कस्तो बनाउनेसम्मको निर्णय गर्नेछ,’ उनले भने, ‘त्यसपछि हामी एक अर्कामा मर्ज हुनेछौं । एक अर्कामा मर्ज हुने भएकाले कम्पनीको नाम पनि दुवै कम्पनीको अस्तीत्व हुने गरि राखिने छ ।’ साथै, चालु आर्थिक बर्ष भित्रनै एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको उनले बताए । ‘अब समितिबाट सैद्धान्तिक स्वीकृत लिएर आवश्यक प्रक्रिया अगाडि बढाँउछौं । समग्रमा चालु आव भित्रनै एकीकृत कारोबार गर्ने हाम्रो प्रारम्भिक लक्ष्य हो,’ उनले भने, ‘बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनी बनाउने पनि हाम्रो लक्ष्य हो ।’ बीमा समितिले एक महिनाअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ ।   आगमी चैत मसान्तभित्र चुक्तापूँजीको न्यूनतम सिमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पु¥याउनुपर्ने समितिको निर्देशन छ । चुक्तापूँजी बढाउने नाममा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिनुनै समितिको मनाशय छ । सोही सन्दर्भमा यी २ कम्पनी मर्जर जाने समझौता गरेका हुन् ।

‘बीमा कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्छ’

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्ने बताएका छन् ।बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सिलवालले लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ति मार्फत पुँजी वृद्धि गर्नेतर्

बीमा कम्पनीको पूँजी वृद्धि योजनाः अन्तिम विकल्पमा मर्जर

काठमाडौं, बैशाख १२। बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी बढाउने क्रममा अधिकांश कम्पनीले मर्जरलाई अन्तिम विकल्पको रूपमा अघि सारेका छन् । बीमा कम्पनीले चुक्तापूँजी बढाउने योजना (क्यापिटल प्लान) समितिमा बुझाउनुपर्ने अन्तिम दिन आइतवार थियो । सो दिनसम्ममा ३९ मध्ये २४ कम्पनीले […]

‘फोर्स मर्जर’ दबाबमा बीमा कम्पनी, चुक्ता पुँजी पुर्याउन कसले कति बढाउनुपर्छ ?

अन्ततः बीमा कम्पनीहरू अनिवार्य पुँजी वृद्धि दबाबमा परेका छन् । बिहीबार एक निर्णय गर्दै बीमा समितिले जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब रुपैयाँ तोकिदिएको हो । यस्तो न्यूनतम पुँजी चालु आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रुपमा पु¥याउने गरी एक महिनाभित्र क्यापिटल प्लान समेत पेश गर्न समितिले बीमा कम्पनीहरूलाई निर्देश गरेको छ । यसको चर्को दबाबमा यतिखेर बीमा कम्पनीहरू परेका छन् ।‘बीमा कम्पनीहरूको पुँजी कम छ, दायरा तथा दायित्व च