यस्ता छन् भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय

२०७९ साल भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु :१. देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलव सुविधा आयोग गठन गर्ने । २. आ.व. २०७९/८० को लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने। ३. विमानस्थलमा मात्र ट्रान्जिट हनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने गरी नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/१/१३ मा भएको निर्णय खारेज गर्ने। ४. संयुक्त राष्ट्रसंघको अनुरोधमा United Nations Multidimensional Integrated Stabilization Mission in Mali (MINUSMA) मा सशस्त्र प्रहरी बल, नेपालका १४० जना नफ्रीको Formed Police Unit परिचालन गर्न स्वीकृति दिने। ५. बेलायतमा मिति २०७९ भदौ २२ देखि २४ सम्म Ordnance Survey UK (सरकारी निकाय) ले आयोजना गर्ने The exposure program and knowledge sharing related to the Airborne Lidar Project wareft भ्रमण कार्यक्रममा सहभागी हुन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिने।६. बालाजु-त्रिशुली सडक खण्डको (मुद्खु -तिनपिप्ले) ५.५ किलामिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने। ७. मिति २०७९ भाद्र २० देखि २३ गते सम्म Vladivostok, Russia मा हुने 2nd International Tiger Forum (7th Eastern Economic Forum) सम्बन्धी कार्यक्रममा वन तथा वातावरण मन्त्री श्री प्रदीप यादव र सचिव डा.पेम नारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने।८. २०७९ भाद्र २३ गतेदेखि २४ गतेसम्म Cote d'Ivoire मा आयोजना हुने Transforming Literacy learning spaces सम्बन्धी कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको नेतृत्वमा सचिव श्री रामकृष्ण सुवेदीलाई सहभागी हुन स्वीकृति दिने। ९. शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विकास आयोजना/कार्यक्रमहरु सञ्चालन गर्न आर्थिक वर्ष २०७९।०८० को लागि राजपत्रांकित श्रेणीका ३८० अस्थायी दरबन्दी स्वीकृत गर्ने।१०. महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं.१३२५ र १८२० कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने।११. फौजदारी कसूर (कैद कट्टा) (दोस्रो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने। १२. विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९ स्वीकृत गर्ने।१३. तत्काल समस्या समाधान निर्देशिका, २०७९ स्वीकृत गर्ने।१४. विदेशस्थित नेपाली नियोगको आर्थिक कार्यविधि, २०७९ स्वीकृत गर्ने।१५. राष्ट्रिय चिकित्सा शिक्षा (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने।१६. राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी मुख्यमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।

सम्बन्धित सामग्री

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । भदौ २९ गते शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै सरकारले कर प्रणाली सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लीको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य …

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू !

काठमाडौँ । सरकारले २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको विराटनगर विमानस्थलसम्बन्धी निर्णय खारेज गरेको छ ।  भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बैठकका निर्णय सार्वजनिक गर्दै विसं। २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद्को  विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण […]

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

सरकारले २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको विराटनगर विमानस्थलसम्बन्धी निर्णय खारेज गरेको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बैठकका निर्णय सार्वजनिक गर्दै विसं. २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद्को  विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय खारेज गरेको हो । बैठकले उक्त जग्गा प्रा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय

काठमाडौं । सरकारले भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक संस्था सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्नेदेखि संस्थान सुझावसम्बन्धी समिति गठन गर्नेसम्मकाे निर्णय गरेको छ । त्यसैगरी बैठकले बेलायतकी महारानी एलिजावेथको यही १९ सेप्टेम्बरमा हुने अन्त्येष्टिमा सहभागीताका लागि नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको टोली […]

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका ८ निर्णय, गभर्नरलाई जोर्डन जान स्वीकृति

सरकारले गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कोरियाको रोजगारीबाट फर्किएका श्रमिकहरूको स्थिर पुनः एकीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले भदौ २७ र २८ गते सिगापुरमा आयोजना हुने फ्याक्ट इन्टरपोल राउन्ड टेबलमा इन्गेजमेन्ट कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिवलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ भने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भदौ २० गतेदेखि २३ गतेसम्म जोर्डनमा आयोजना हुने कार्यक्रममा भाग लिन स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति र सहसचिव स्तरीय अन्तरसरकारी उससमितिको बैठकका लागि वार्ता टोली गठन गर्ने, स्पेन सरकारबाट अम्बिका श्रेष्ठ, अर्चना श्रेष्ठ , संगिता श्रेष्ठ, वसन्तकुमार चौधरी र प्रविण कुमार प्रधानलाई प्रदान गरिने पदक ग्रहण गर्न स्वीकृत दिने निर्णय भएको उनले बताए ।मन्त्रीपरिषद्ले भारतीय विदेश सचिवको निमन्त्रणमा परराष्ट्र सचिव भरतराज पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई २८ देखि २९ भदौसम्म भारत भ्रमणका लागि स्वीकृत दिने र सप्तरी जिल्ला हाल राजविराज नगरपालिका १३ वडा स्थित सरकारी जग्गा मधेस कृषि विश्वविद्यालय सप्तरीलाई लिजमा उपलब्ब गराउन स्वीकृत दिने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रिय खेलकुद नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ – सरकारले पूर्व मुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरेको छ। भदौ ६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्ने कार्यादेशसहित सो उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको हो। देशको आर्थिक अवस्था र खर्च […]

बेलायतमा नर्स पठाउन भदौ ६ मा सम्झौता हुने, यस्ता छन् मापदण्ड

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन सम्झौता हुने भएको छ । बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन पहिलेदेखि नै प्रक्रिया अगाडि बढाए पनि दुई देशबीच सम्झौता हुन सकेको थिएन । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको थियो । त्यसबिचमा […]

यस्ता छन् साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकका १२ निर्णय

यस्ता छन् साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकका १२ निर्णय  : १. गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्यनको लागि स्वीजरल्याण्ड सरकारवाट प्राप्त हुने स्वीस फ्रैंक ७.४७ मिलियन (करीब रु. ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने। २. सबैको लागि दिगो खानेपानी तथा सरसफाई (Sustainable| WASH for All) आयोजनाको लागि यूरोपियन युनियनबाट प्राप्त हुने यूरो १०.५ मिलियन (करिब १ अर्ब ३७ करोड रुपैंयाँ) अनुदान सहायता स्वीकार गर्ने। ३. उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप सम्बन्धी समयभित्र निवदेन दिन नसकि म्याद थप हन नसकेका तर भौतिक संरचना निर्माण लगायतको कार्य गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योगले म्याद थपको लागि निवेदन दिएमा उद्योग स्थापनाको लागि गर्नु पर्ने निर्माण कार्यलगायतका कामको प्रगति र उद्योगको प्रकृति हेरी प्रचलित कानून बमोजिमको बिलम्ब शुल्क लिई उद्योग दर्ता गर्ने निकायले तोकिए बमोजिम म्याद थप गर्न सक्ने गरी बाधा अड्काउ फुकाउको आदेश जारी गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने।४. विश्व व्यापार संगठन, नेपालको आयात व्यवस्थापन सम्बन्धी कानुन र अभ्यास समेतका आधारमा आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न नेपाल सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षताम एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने। ५. फिनल्याण्डमा मिति २०७९ साउन २६ देखि भदौ १ गतेसम्म हुने उच्चस्तरीय अध्ययन भ्रमणमा माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल तथा सचिव (सिंचाइ) सागर कुमार राईलाई सहभागी हन स्वीकृति प्रदान गर्ने ।६. २०७९।३० देखि २०७९ । ५। १० सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा संचालन हुने Inter-Governmental Conference को पाँचौ सत्र (IGC-V) मा नेपालको तर्फबाट सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कोशलचन्द्र सुवदीको भ्रमण स्वीकृत गर्ने । ७. नेपाली मूलका पोलिस नागरिक डा. बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने। ८. तुर्कमेनिस्तानको आशागावतमा २०७९ साउन ३० र ३१ मा हुने Ministerial Transport Conference for LLDCs मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री गोपाल प्रसाद सिग्देललाई सहभागी हुन स्वीकृति दिने। ९. चलचित्र विकास बोर्डको अध्यक्ष पदमा श्री भुवन के.सी. (काठमाण्डौ) लाई मनोनयन गर्ने।१०. गोरखा जिल्ला साविक वारपाक गा.वि.स. वडा नं. ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको ६-१०-३-० रोपनी जग्गा नेपाल सरकारले भकम्प स्मति पार्क निर्माण गर्नका लागि 'भकम्प स्मति पार्क, गोरखा' को नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा 'भूकम्प स्मृति पार्क, गोरखा'को नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनको लागि सहमति प्रदान गर्ने। ११. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा. प्रकाशराज रेग्मी र डा.नविन चन्द्र गौतमलाई मनोनयन गर्ने। १२. राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने।