विप्लव समूहसँग भिडन्तमा ज्यान गुमाएका प्रहरी जवानलाई शहीद घोषणा, यस्ता छन् सरकारका पछिल्ला निर्णय :: Pahilopost.com

काठमाडौं : गत भदौ २२ गते बसेको मन्त्रिपरिषदको बैठकले भोजपुर जिल्लामा नेत्रविक्रम चन्द 'विप्लव' समूह र प्रहरीबीच गोली हानाहानका क्रममा ज्यान गुमाएका प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि

सम्बन्धित सामग्री

दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग

५ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले दिलीप महतोलाई पर्यावरण शहीद घोषणा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अवैध उत्खनन्‌को विरोध गर्दा क्रसर व्यवसायीबाट महतो मारिएको बताए । पीडित परिवारले सरकारसँग न्याय मागिरहेको तर नपाएको भन्दै उनले के भएको हो त्यसबारे जवाफ दिन सरकारसँग माग गरे । […]

दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

३० फागुन, जनकपुरधाम । क्रसर व्यवसायीबाट मारिएका युवक दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने माग गर्दै उनको परिवारले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार साँझ गृह मन्त्रालयमा लामिछानेलाई भेटेर परिवारका सदस्यहरुले ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले शहीद घोषणाको मागसँगै पुनः अनुसन्धानको पनि माग गरेका छन् । घटनाका मुख्य […]

मुकेशलाई शहीद घोषणा गरिन्छ : मन्त्री मोदी

सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताउनुभयो । बुधबार साँझ निधन हुनुभएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उहाँले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गर्नुभएको हो ।“ मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल …

पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ चैत । सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गरेको छ। शुक्रवार मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। सरकारले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको शर्माले जानकारी दिइन्। सरकारले घटनाको जाँचबुझका लागि छानबिन समिति पनि गठन गरेको छ।

पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन जसपाको माग

काठमाडौँ- जनता समाजवादी पार्टीले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । ५ चैतमा विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । […]

पदम लिम्बुलाई शहीद घोषणा गर्न जसपाको माग

१४ चैत, काठमाडौं । जनता समाजवादी पार्टीले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको छ । जसपा प्रवक्ता मनिष सुमनले मंगलबार एक विज्ञप्ति जारी गरी पहिचान प्राप्तिको आन्दोलनमा सहभागी भएका कारण लिम्बुको मृत्यु भएकाले शहीद घोषणा गर्नुपर्ने माग गरेका हुन् । ‘आन्दोलनका क्रममा आफ्नो जीवन अर्पण […]

पदमकुमार लिम्बुलाई शहीद घोषणा गर्न सांसद राईको माग

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद अशोक राईले कोशी प्रदेशको नामको विरोधका क्रममा मृत्यु भएका पदमकुमार लिम्बुलाई शहीद घोषणा गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रदेश १ को नाम कोशीको विरोधमा उत्रिएका लिम्बुलाई शहीद घोषणा गर्न माग गरेका हुन्। सांसद राईले मधेश आन्दोलनका क्रममा २९ जनाले ज्यान गुमाएको स्मरण गर्दै अधिकार माग्दा ज्यान लिने घटना ज्यादै निन्दनीय रहेको बताए। ‘यस्ता दुःखद घटनाको शृङ्खला अझै अन्त्य कहीँ पनि भएको छैन। संविधान जारी ग

दिलिप महतोलाई वातावरण शहीद घोषणा गर्न माग

२७ पुस, काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा अवैधरुपमा हुने गरेको ढुंगागिट्टी उत्खननको विरोध गर्दा क्रसर व्यवसायीबाट हत्या गरिएका ओमप्रकाश महतो (दिलिप)लाई ‘वातावरण शहीद’ घोषणा गर्नुपर्ने माग अखिल क्रान्तिकारीले गरेको छ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उनको सम्झनामा काठमाडौं श्रद्धाञ्जली कार्यक्रम गरी महतोलाई वातावरण शहीद घोषणा गर्नुपर्ने माग गरेको हो । २०७६ साल […]

हत्या गरिएका दिलिप महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न दबाब

महोत्तरी– क्रसर माफियाविरुद्ध आवाज उठाउँदा हत्या गरिएका पर्यावरण अभियानी दिलिप महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न युवाहरूले दबाब दिएका छन् । युवाहरूको समूह युथ एसोसिएसन अफ नेपालले महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ज्ञापनपत्र बुझाएको हो । एसोसिएसनका प्रवक्ता राजुकुमार महतो नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापन पत्र बुझाएको छ । क्रसर माफियाविरुद्ध बोल्दा दिलिपको […]