लालीगुराँसले पर्यटक लोभ्याउँदै

वसन्त ऋतु लागेसँगै वातावरण मनमोहक बन्छ । बोटबिरुवाले पालुवा फेर्छन्, जाडोयाम सकिएर गर्मी मौसमको आगमन हुन्छ । यतिबेलै पहाड र हिमाली जिल्लामा लालीगुराँस ढकमक्क फुल्दा आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याउँछ । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस फुलेर जंगल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । झन् काठमाडौं उपत्यककाबाट नजिकैका विभिन्न […]

सम्बन्धित सामग्री

पर्यटक लोभ्याउँदै महसिकारी

मह सिकार यात्रा साहसिक मानिन्छ । यस यात्राका क्रममा सिकारीहरूले ज्यानकै जोखिम मोल्छन् ।  पर्यटकहरूले पनि प्राकृतिक दृश्यावलोकन र साहसिक पदयात्राको मज्जा लिन पाउँछन् । लमजुङका विकट पहाडहरूमा परापूर्वकालदेखि नै स्थानीय गुरुङ समुदायले...

आन्तरिक पर्यटक लोभ्याउँदै काभ्रेको तीनतले झरना

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिकामा तीनतले झरना वर्षौँदेखि आफ्नो सौन्दर्यता शालिनतापूर्वक प्रदर्शन गरिरहेको छ । बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीस्थित तीनतले झरनामा यतिखेर आन्तरिक पर्यटक दैनिक बढ्न थालेका छन् । उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकालका बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ । चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम तथा फाइमराङको …

पर्यटक लोभ्याउँदै गुरुङ होमस्टे

झुरुप्प १६ घर । कतिपय भूकम्पपछि बनेका नयाँ घर छन् । केहीले भूकम्पले ढाल्न नसकेका ढुंगामाटोको पुरानो घरलाई लिपपोत गरी चिटिक्क पारिएका छन् । हेर्दा उस्तै देखिने सबै घर सफा, चिरिच्याँट्ट छन् । आँगन...

मगर संस्कार र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सादीखोलावासी

मखमलको चोली, छिटको गुन्यूँ, पटुकी, घलेक, टिकिस, पछ्यौरी, खुर्पेटोसहितको परम्परागत पोसाकमा चिटिक्क सजिएर पाहुनाको स्वागत गर्न लस्करै उभिन्छन् सादीखोलाका मगर समुदायका युवती ।

फेवातालकाे झल्काे दिने पाल्पाकाे तालपाेखरा पर्यटक लोभ्याउँदै (तस्बिर)

पाल्पा – रामपुरमा रहेको तालपोखरा यति बेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जोकोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको सङ्ख्यासमेत बढ्न थालेको छ । फेवातालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सीमित थियो । तालपोखराको क्षेत्र विस्तार गरी कास्कीको फेवातालको स्वरूप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै अहिले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो । तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय ...

पर्यटक लोभ्याउँदै चित्तल [फोटोफिचर]

बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले चित्तलको रोमाञ्चक गतिविधि देखेर पर्यटक रमाउने गरेका छन् । निकुञ्ज पस्नासाथ प्राकृतिक वातावरणमा चित्तल देखिएर पर्यटकलाई आल्हादित वातावरण प्रदान गर्छन् । निकुञ्जमा चित्तलसहित जरायो, लगुना र रतुवाले पर्यटक भुलाउने गरेका छन् ।

पर्यटक लोभ्याउँदै जखेरा ताल (तस्बिरसहित)

दाङ– पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ केही पर सुन्दर ताल छ। जहाँ अहिले पानी छचल्किने गरी भरिएको छ जखेरा ताल। डुंगामा रमाउने उस्तै छन्। डुंगामा चढेकाहरुलाई फेवाताल झैं मन्दिर घुमाएर फर्काइन्छ। हरेक वर्ष शिवरात्रीको दिन जखेरा तालमा मेला लाग्ने गर्छ। यसपाली लागेको मेला छैठौं हो। मेला लाग्न थालेपछि जखेरा आउने पर्यटकको संख्यामा बृद्धि भएको जखेरा शिवालय तथा […]

पर्यटक लोभ्याउँदै छन्त्याल होमस्टे

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँ पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित छन्त्याल होमस्टेको खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् । प्राकृतिक सुन्दरता, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकन गर्न गुर्जा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयले होमस्टे सुरु गरेपछि यहाँ पुग्नेलाई सजिलो भएको छ । अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको हो । गुर्जाका ६ वटा घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जाबासीले पाहुनालाई फूलमालाले स्वागत गर्नुका साथै छन्त्याल संस्कृति पस्कन्छन् । होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फापरको रोटी, ढिँडोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।      छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमालको सुन्दरता गुर्जा गाउँको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई थप लोभ्याउँछ । लुलाङदेखि जंगल र भीरको बाटो ८ घन्टाको पैदलयात्रापछि पुगिने गुर्जादेखि ढोरपाटन सिकार आरक्षको रुघाचौर जोड्ने सिकारी पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको १० लाख अनुदानमा निर्माण गरिएको पदमार्गको प्रचार–प्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ ।      पैदल यात्रा मात्र नभएर घोडचढी सुविधा पनि यहाँ उपलब्ध छ । ढोरपाटन सिकार आरक्षको घुस्तुङ र वर्षे ब्लक गुर्जामै पर्दछ । गुर्जामा यार्सा, निरमसी, पाँचऔंलेलगायत जडीबुटी पाइन्छन् । कस्तुरी, मृग, रतुवा, झारल, घोरललगायत वन्यजन्तु यहाँ अवलोकन गर्न पाइन्छ । रासस

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर कर्णाली गेरुवा भएर बग्छ । अर्को तिर कर्णाली सत्तीघाट भएर बग्छ । कर्णाली नदीको यही दोभान क्षेत्र अहिले पर्यटकिय गन्तब्य बन्दै गएको छ । कर्णाली नदीको पानी गेरुवा र राजापुर क्षेत्रमा […] The post पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पर्यटक लोभ्याउँदै ढङढङ्गे झरना

ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरनाप्रति पर्यटक आकर्षित बन्दै गएका छन् । भारतको सिक्किम र पाँचथर जिल्लासँग