पर्यटक लोभ्याउँदै गुरुङ होमस्टे

झुरुप्प १६ घर । कतिपय भूकम्पपछि बनेका नयाँ घर छन् । केहीले भूकम्पले ढाल्न नसकेका ढुंगामाटोको पुरानो घरलाई लिपपोत गरी चिटिक्क पारिएका छन् । हेर्दा उस्तै देखिने सबै घर सफा, चिरिच्याँट्ट छन् । आँगन...

सम्बन्धित सामग्री

पर्यटक लोभ्याउँदै छन्त्याल होमस्टे

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँ पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित छन्त्याल होमस्टेको खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् । प्राकृतिक सुन्दरता, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकन गर्न गुर्जा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयले होमस्टे सुरु गरेपछि यहाँ पुग्नेलाई सजिलो भएको छ । अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको हो । गुर्जाका ६ वटा घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जाबासीले पाहुनालाई फूलमालाले स्वागत गर्नुका साथै छन्त्याल संस्कृति पस्कन्छन् । होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फापरको रोटी, ढिँडोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।      छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमालको सुन्दरता गुर्जा गाउँको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई थप लोभ्याउँछ । लुलाङदेखि जंगल र भीरको बाटो ८ घन्टाको पैदलयात्रापछि पुगिने गुर्जादेखि ढोरपाटन सिकार आरक्षको रुघाचौर जोड्ने सिकारी पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको १० लाख अनुदानमा निर्माण गरिएको पदमार्गको प्रचार–प्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ ।      पैदल यात्रा मात्र नभएर घोडचढी सुविधा पनि यहाँ उपलब्ध छ । ढोरपाटन सिकार आरक्षको घुस्तुङ र वर्षे ब्लक गुर्जामै पर्दछ । गुर्जामा यार्सा, निरमसी, पाँचऔंलेलगायत जडीबुटी पाइन्छन् । कस्तुरी, मृग, रतुवा, झारल, घोरललगायत वन्यजन्तु यहाँ अवलोकन गर्न पाइन्छ । रासस

पर्यटक लोभ्याउँदै होमस्टे

सिस्नोसँग मकैको ढिँढो। मकैको रोटीसँगै गाउँमा उत्पादन भएको साग, मोही र गोलभेंडाको अचार र लोकल कुखुराको मासु। गाउँमा पुग्ने