आन्तरिक पर्यटक लोभ्याउँदै काभ्रेको तीनतले झरना

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिकामा तीनतले झरना वर्षौँदेखि आफ्नो सौन्दर्यता शालिनतापूर्वक प्रदर्शन गरिरहेको छ । बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीस्थित तीनतले झरनामा यतिखेर आन्तरिक पर्यटक दैनिक बढ्न थालेका छन् । उक्त झरनाको मनमोहक दृश्यसँगै रम्न विशेषगरी आजकालका बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको छ । चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम तथा फाइमराङको …