बाँझो जमिनमा फलफूलका बिरुवा उत्पादन

ढोरपाटन, ९ साउन । गाउँ रित्तिदै गएका छन् । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ । आयआर्जन भएपछि बसाइँसराइ गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । स्थानीयवासीलाई गाउँमै रोक्नका लागि बागलुङको तमानखोला गाउँपालिकाले गुणस्तरीय सेवा सुविधासहित रोजगार सिर्जाना गर्न थालेको छ । […]

सम्बन्धित सामग्री

पढाई अनुसारको काम गर्दा ५० प्रतिशतसम्म नाफा कमाउने दुई युवा,आयात पनि विस्थापित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरिरहेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनले दिइरहेका छन् । चन्दले मासिक ६० हजार रुपैयाँसम्मको बोट बिरुवा विक्री वितरण गर्दै आएको बताएका छन् । पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताए । “विगतमा फलफूल र नर्सरी, सार्वजिनक कार्यालय र पालिका सजावटका लागि भारतीय नागरिकको भर पर्नुपर्ने अवस्था थियो”, उनले भने, “आर्थिक तरलताले व्यवसायमा केही मन्दी देखिए पनि व्यवसायमा निराश हुनुपर्ने अवस्था छैन ।” फलफूलका बिरुवा उत्पादन गरी विक्री वितरणका साथै माग गरेको  स्थानमा ग्रिनहाउस, होटल तथा प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गर्नुभएका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको बताए । “व्यवसाय बढाउन फेरि जमिन भाडामा लिने योजना गर्दैछु”, उनले भने, “मेहनत गरे घरपरिवारसितै बसेर जीविका चलाउन कुनै समस्या छैन ।” गाउँ तथा नगरपालिका कार्यालय प्रायः सबैले नर्सरी सजावटका लागि फूलका बिरुवा, प्लान्ट खरीद गर्ने गरेको चन्दको भनाइ छ । “बीउ र कलमबाट उत्पादित बिरुवा र सजावटका बिरुवा बाहिरबाट आयात गर्छौँ”, उनले भने, “पछिल्लो समय उत्पादित फूलको बजारमा माग पनि बढ्दै छ ।” विज्ञान अध्ययनका साथै कम्प्युटर विषयमा स्नातक गरेका चन्दले कृषिसम्बन्धी काम गर्ने योजनाका साथ अघि बढेको बताए । आफूले कहीँकतैबाट पनि नर्सरीका लागि अनुदान वा सहयोग नलिएको उनको भनाइ छ । कञ्चनपुरमा पछिल्लो समय नर्सरी सञ्चालन गरी फलफूलका बिरुवा उत्पादन गर्ने क्रम बढिरहेको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिका–७ जुडामा ३२ वर्षीय युवा मदन धामी लामो समयदेखि बुवासितै नर्सरी सञ्चालनमा छन् ।  एक बिघामा नर्सरी बनाएर विभिन्न बिरुवा तथा फलफूलका बोट उत्पादन गरिरहेको बताउँदै धामीले वार्षिक १५ लाख रुपैयाँको कारोबार हुने गरेको बताए । “यहाँ उत्पादित फलफूल तथा अन्य बोटबिरुवा सुदूरपश्चिम प्रदेशको ९ ओटै जिल्लामा निर्यात हुँदै आएको छ”, उनले भने, “अझै पनि मागअनुसारको बिरुवा उत्पादन गरी उपलब्ध गराउन सकिएको छैन ।” आफ्नो परिवार विगत तीन दशकयता नर्सरी बनाएर बिरुवा उत्पादन गरिरहेको उनले बताए । “आँप दश जातका साथै चार प्रकारको लिची, कागती, नास्पति, अनार, बाँसका प्रजाति, श्रीखण्ड, रक्तचन्दनको बोट उत्पादन हुन्छ ।” उनले भने, “चालू आर्थिक वर्षमा नर्सरीमा टनेल बनाउन कृषि ज्ञान केन्द्रबाट १ लाख रुपैयाँ अनुदान रकम मिलेको छ ।” जेटिए पढेका धामीको परिवारका अन्य दाजुभाइले पनि यहाँ दुईओटा नर्सरी बनाएर बिरुवा उत्पादनमा गर्दै आएका छन् । “युवा स्वरोजगारमा सरकारले लगानी बढाएर युवालाई कृषि र नर्सरीमै लगाए पनि विदेशिनुपर्ने अवस्था आउँदैन”, धामीले भने, “कृषिमा बजेट भए पनि युवा अझै आयमूलक कामभन्दा मजदुरीकै लागि अन्यत्र जाने गइरहेका छन् ।” पछिल्लो समय स्थानीयस्तरमै फलफूलका बिरुवा उत्पादन बढेपछि भारतबाट आयात गर्ने क्रम घटेको उनले बताए । “व्यावसायिकरूपले फलफूल लगाएर आम्दानी गरौँ भन्ने सोचको विकास भएको देखिँदैन”, धामीले भने, “मेहनत गरेर थोरै क्षेत्रफलमा नर्सरी बनाए पनि आम्दानी गर्न सकिन्छ ।” रासस

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

महेन्द्रनगर, ३ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका चन्दले मासिक रु ६० हजारसम्मको बोट बिरुवा बिक्री वितरण हुने गरेको बताए । पाँच वर्षयता तीन कठ्ठा […]

हिँउदे फलफूलका ४० हजार कलमी बिरुवा तयार

सुक्खा फलफूल विकास केन्द्र सतबाँझले बिक्रिका लागि हिँउदे फलफूलका ४० हजार थान बिरुवा कलमी गरेको छ । कुनैबेला लटरम्म स्याउ फल्ने सतबाँझमा स्याउ फल्न छोडेपछि दाँते ओखर, कागजी बदाम, नास्पाति, आरु, खुर्पानी, आरुवखडालगायत हिँउदे फलफूलका बिरुवा उत्पादन गर्न लागेको हो ।

एउटै नर्सरीमा पचासी हजार स्याउ र ओखरका बिरुवा उत्पादन

हुम्लामा एउटा फलफुल नर्सरीको फर्मले पचासी हजार फलफूलका बिरुवा उत्पादन गरेको छ । यसअघि जिल्ला बाहिरबाट खरिद गरेर ल्याउने गरिँदै आएकोमा हुम्लाका दुई जना युवा मिलेर फर्ममा फलफूलका बिरुवा उत्पालन सुरु गर्नुभएको हो ।

उखु उत्पादक किसानलाई ९५ कराेड बजेट, कृषि ‌औजार सहयाेग

काठमाडाैं : सरकारले उखु उत्पादक किसानलाई अनुदान दिन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।  कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी सरकारले अनुदान दिने भएको हाे। त्यस्तै सरकारले फलफूलका बिरुवा उत्पादन गर्न १ करोड ५ लाख  बजेट विनियोजन गरेकाे बताएकाे छ...

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका –४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।

सिकाई केन्द्रको रुपमा स्थापित हुँदै सुख्खा फलफूल विकास केन्द्र

बैतडी – सतबाँझमा रहेको सुख्खा फलफूल विकास केन्द्र पछिल्लो समयमा सिकाई केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझमा स्याउ फल्न छोडेपछि हिउँदे फलफूलका बिरुवा उत्पादन गर्न थालिएको छ ।  सुख्खा फलफूल विकास केन्द्रले फलफूलका बिरुवा उत्पादनको सीप किसानहरुलाई समेत सिकाइरहेको सुख्खा फलफूल व...