बालुवामा पैसा फलाइरहेका डिल्लीराजको गुनासाे- गोबर गन्हाउँछ भनेर अफवाह फैलाइदिन्छन्

फलफूलका बिरुवा उत्पादन गरेर मात्र कृषिमा टिक्न गाह्रो भएपछि कागती, मेवा र खर्बुजा खेती खोला किनारको बगरभित्र बालुवामा माटो मिसाएर गर्न थालेपछि आयस्रोत बढेको उप्रेतीले जानकारी दिए ।

सम्बन्धित सामग्री

आज कुकुर तिहार र धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।  लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।  लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।  आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।  आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औंसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिवारबाट शुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । रासस

अमेरिकामा सर्वाधिक विक्री हुने कमोडिटी बन्यो गोबर, मानव मलको माग पनि आकाशियो

पशुपालन गर्ने कृषकहरुलाई मल तह लाउन पैसा दिएर मान्छे लगाउनु पथ्र्यो । मल नबिकेर सित्तमै लैजाउन भन्दा पनि कमैले मात्र लान्थे । तर अहिले अमेरिकाका केही राज्यमा भने गाइवस्तुको गोबरको माग धान्नै नसक्ने अवस्था आएको छ । यो राज्यमा यस अघि गोबर हटाउन पैसा नै खर्च गर्नु पर्ने अवस्था थियो । तर अहिले केही पशुपालक र दूग्ध कृषकहरुले गोबर मल विक्रीलाई साइड विजनेश बनाएका छन् । यसबाटै मनग्गे कमाइ पनि रहेका छन् ।   ‘अहिले वस्तुभाउको गोबर सबैभन्दा धेरै बिक्ने कमोडिटी भएको छ,’ नेब्रस्कास्थित कृषि परामर्शदाता एलन क्याम्सनिडरले भनेका छन् । यस्ता मल किन्न क्रेताहरुको वेटिङ लिष्ट नै बनेको उनले बताएका छन् । अहिले विश्वभर माग अनुरुप रसायनिक मलखादको आपूर्ति भइरहेको छैन । उपलब्ध मलखादको भाउ पनि आकाशिएको छ । यस्तोमा कृषकहरु रसायनिक मलखादको विकल्प खोज्न तिर लागेका छन् । कयौं भने परम्परागत समाधान अर्थात गाइ वस्तुको गोबरतिर लागेका छन् । हालैका दिनमा गाई, भैसी, सुँगुर, घोडा लगायत वस्तुभाउको गोबर मात्रै होइन मानव मलको माग पनि आकाशिएको छ । बसन्त ऋतुमा बाली नाली लगाउने बेला आउँदै गर्दा रसायनिक मलखादको विकल्पका रुपमा यसको माग बढेको हो ।  विश्वभर कृषि क्षेत्रमा मलखादको चरम अभावबीच वस्तुभाउको मलको माग असामान्य रुपमा बढेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि मलखादको आपूर्तिमा अवरोध उत्पन्न भएको छ । फलतः विगत महीनामा मलखादको भाउमा नाटकीय वृद्धि भएको छ । यसका कारण अमेरिकी कृषकहरु प्रभावित भएका छन् । अधिकांश कृषकहरु मकै खेती घटाएर कम मलखाद आवश्यक पर्ने भट्मासजस्ता बाली लगाउनु पर्ने अवस्थामा पुगेका छन् । रसायनिक मलखादको अभावमा यस वर्ष अमेरिकामा कृषि उत्पादन घट्ने अुनमान गरिएको छ । वस्तु भाउको मलले बालीनालीको लागि आवश्यक पोषण अभाव कम गर्ने भएपनि अमेरिका भर विषादीलाई विस्थापित गर्ने गरी गाइवस्तुको मल पर्याप्त आपूर्ति छैन । यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन ढुवानी महँगो पर्छ ।  गाइवस्तुको मलले खेतबारी नजिक रहेका खोलानाला, तलाउ र जमिन मुनिको पानी विषाक्त बनाउने गम्भीर समस्या भएको इवा विश्वविद्यालयमा अनुसन्धान इञ्जिनियर र पानी आपूर्ति विज्ञ क्रिस जोनेस भन्छन् । गाइवस्तुको मल प्रयोगसम्बनधी सरकारी नियम र मापदन्ड पूरा गर्न गाह्रो भएको पशुपालकहरु बताउँछन् । तर फाइदा बेफाइदा जे जस्तो भएपनि माग भने चुलिएको छ । नाइट्रोजन लगायत रसायनिक मलखाद उत्पादन गर्न प्रशस्त ऊर्जा चाहिन्छ । प्राकृतिक ग्यास र कोइलाको मूल्य आकाशिएपछि मलखाद उत्पादकहरुले उत्पादन कटौती गरेका थिए । यसका कारण पहिला देखि नै बढिरहेको माग पूर्ति हुन सकेन । विषम मौसम र कोभिडको महामारीले विश्वको आपूर्ति झनै खराब बनाइदियो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरुले लगाएको प्रतिबन्ध र ढुवानी समस्याका कारण रुस र बेलारुसबाट हुने मलखाद निर्यात घटेको छ । गत वर्ष विश्वभर भएका निर्यातमध्ये ४० प्रतिशत पोटास रुस र बेलारुसबाट भएको थियो । विश्वभर महँगी कीर्तिमानी स्तरमा उक्लिएको समयमा पछिल्लो समय उत्पन्न मलखाद अभावले बाली उत्पादन खुम्चिने खतरा बढेको छ ।

फोहरमा सम्भावनै सम्भावना

अहिले देशको खाशगरी केन्द्रीय राजधानीको कुना कुनासम्म फोहर थुप्रेका छन् । आफूलाई सुकिला मुकिला ठान्ने कतिपय मानिसहरू नाक थुनेर हिँडिरहेका छन् । तर नाक थुन्नु पर्दैन । किनकि फोहरबाट मोहर बनाउने सरकारको योजना जो छ । यदि कोरोना नामको कीरा नफैलिद्या भए हाम्रा महानगरका पिता कुन शहरले कसरी फोहर व्यवस्थापन गरेछ भनेर स्थलगत अध्ययन गर्न दलबलसहित विदेश शयरमा निस्किसक्या हुन्थे । डलरमा भत्ता आउने भएपछि मोगादिशुदेखि मिसिसिपीसम्म पनि भ्याउँथे । सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि । तर कुरा नबुझ्नेहरूले ङ्यारङ्यार गर्न थालेकाले सरकारले सडकका फोहर उठाउन थालेको छ र ढिलोचाँडो केही उठ्ला पनि । तर देशबाट सबै फोहर सजिलै हट्नेवाला छैन है ! किनकि फोहरमा सरकारले धेरै सम्भावनाहरू पो देखेको छ त । त्यसमा पनि कथंकदाचित् अरू क्षेत्रका फोहर हटेछन् भने पनि राजनीतिभित्र भएको फोहर हटाउने त कुरै छैन । किनकि राजनीतिक व्यवस्था नै अन्तिम सत्य हो, अर्थव्यवस्था मिथ्या हो । फेरि तपाईंले साँच्चै खोजेजस्तो सफा त कहाँ छ र ? कुन क्षेत्र फोहोरबाट अछुतो छ र ? विकसित देशहरूबाट कन्टेनर भरिभरीकन हाम्रोे देशमा भित्रिरहेको अनेकखाले कवाडी फोहर त झन् कतिकति । राजनीतिमा नै हेरौं न । जहाँ राजनीति छ, त्यहाँ फोहर छ । फोहर छ र त त्यहाँ मोहर पनि छ । अर्थात् त्यहाँ गोबर पनि छ, गौरव पनि छ । जब गोबर र गौरव उछालिन्छ, तब राजनीतिमा गतिशीलताको दर्शन हुन्छ । नत्र राजनीति फोहरले भरिएको नालीजस्तै प्रवाहहीन हुन्छ । त्यसैले फोहर राजनीतिको स्थायी भाव हो । त्यसैले ‘मेरो वा हाम्रो चरित्रमा फोहर फ्याँक्ने काम भइरहेछ,’ राजनीतिमा प्रायः यस्ता कुरा खुब सुनिन्छन् । सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि । हैन र ? अर्थात् फाइदा फोहर हटाउनुमा भन्दा फोहर गर्नुमै छ भने किन हट्छ फोहर ? निजीक्षेत्रले फोहर व्यवस्थापन गर्छु भनेर सरकारको योजनामा भाँजो नहालेको कहाँ हो र ? तर, सरकार त सरकारै हो, कुकुर भुक्दै गर्छ, सरकारको सवारी चल्दै गर्छ । वास्तवमा अहिले खाली सिसी, पुराना कागजवाला वा कवाडीवालाका लागि एउटा नयाँ दुनियाँको प्रादुर्भाव भएको छ । अब कवाडीवालाहरू ठेला र थोत्रा ट्र्याक्टर धकेलेर घर घर धाउन पनि नपर्ने भएको छ । किनकि शहरमा जहाँ उभियो, त्यहीँ हरेक प्रकारका फोहर पाइने भएको छ । यसले कत्तिलाई रोजगारीको नयाँ अवसर पनि दिलाएको छ । रोजगारी बढाउने चिन्तामा सरकार अब दुब्लाइरहनु नपर्ने भएको छ । तर सँगसँगै कवाडी व्यवसाय पनि अब कर्पोरेट पञ्जामा जाने सम्भावना पनि बढेर गएको छ । साँच्चै भन्ने हो भने देश अहिले फोहरमा मात्र भने पनि आत्मनिर्भर भइसकेको छ । अब पैसा कमाउन पानीबाट बिजुली बनाएर बेचिरहनुपर्ने झन्झट लिइरहनुपर्दैन । वस्तु उत्पादन गरेर निर्यात गर्ने झन्झट पनि गरिरहनु पर्दैन । देशैभरि यत्ति फोहर थुप्रिएका छन् कि, व्यावसायिक सम्भावना खोज्न अरू क्यै गरिरहनै नपर्ने भएको छ । फोहरमा मात्र फोकस गरे पुग्छ । जलस्रोतमा धनी भनेर मात्र कति चिनाउनु नेपाललाई भनेर सरकार फोहरबाट पनि विश्व कीर्तिमान बनाउन लागिरहेछ । जलविद्युत्मा अपार सम्भावना भन्दा भन्दा थाकिसकेकाले अब फोहरबाट बिजुली निकालेर बेच्नेसम्मको योजना सरकारले बनाइरहेको छ । सरकारले सम्भावना दोहनको जग हालिरहेको छ । जनता कुरै बुझ्दैनन् अनि फोहर उठाएन मात्र भन्छन् । मुलुकमा फेयर व्यापारभन्दा फोहरी व्यापार बढी फस्टाएको छ । फेयर ट्रेडमा १० ओटा सिद्धान्त छन् । यो फोहर ट्रेडको त एउटै सिद्धान्त छ । जति बढी फोहर, उत्ति बढी मोहर । फोहरमा मोहर हुने भएकाले त इधरउधरवालाहरू मालामाल हुने तर उद्यमीहरू रसातल पुग्ने स्थिति बनेको हो देशमा । हुन पनि के मात्रै पाइन्न फोहर कवाडीमा ? बियर र मदिराका बोतल, एन्टिबायोटिक लगायत महँगा टनिक र औषधिका बोतल । थोत्रा किताबका साथै भर्खरै छापिएका साहित्यिक नयाँ किताबहरूदेखि कतिपय पुरस्कारप्राप्त किताबहरू सबै पाइन्छन् कवाडीमा । देशको स्थिति बुझ्न, व्यापार बुझ्न अन्त कतै जानै पर्दैन, कवाडीवालाकहाँ गए पुग्छ । समाजका मान्छेहरूको स्वास्थ्य समस्या बुझ्न ढल र फोहरका टोकरीको अध्ययन गर्ने चलन त पुरानो भैसक्यो । त्यसैले कवाडी व्यवसाय पनि अब कुशल व्यवस्थापनको विषय बनिसकेको छ । म्यानेजमेन्ट कलेजहरूका लागि ‘फोहर व्यवस्थापन’ पढाइको एउटा नयाँ विषय हुन सक्छ । कवाडीमा पनि थुप्रै किमती चीजहरू पो फेला पर्छन् त । के थाहा यो फोहरभित्र देशमा हराएका लाउडा, धमिजा, चेज एयरहरू पो भेटिइहाल्छन् कि ! बूढीगण्डकी लगायत थुप्रै राष्ट्रिय गौरवका आयोजनाहरू नै फेला पर्छन् कि ⁄ विकासे योजनाका ठूला ठूला फाइल नै फेला पर्छन् कि ? त्यसैले फोहरमा सम्भावना अनन्त छन् । बरु आउनोस् हामी सबै मिलेर कार्पेट उल्टाएर फोहर उधिन्नतिर लागौं । त्यहाँभित्र केही पुराना केही नयाँ खजाना पक्कै भेटिन सकिन्छ । नभए दशकौंदेखि थुप्रिएर बसेका फोहरहरूलाई सिनित्त पार्न पो सकिन्छ कि ? फेरि, फोहर उठाउने ठेक्का सरकारले मात्र लिएको छ र ? त्यसैले, फोहर लगेर महानगर र सिंहदरबारको गेटमा नराखौं । बरु त्यहाँभित्र गजधम्म परेर बसेका राजनीतिक फोहरहरूलाई चैं इतिहासको डम्पिङसाइटबाटै निकालेर अन्त कतै लगेर विसर्जन गर्नतिर चैं लाग्ने कि ?

एउटै उपाय महायज्ञ

माछा माछा भ्याकुता ! सरकारमा नयाँ अनुहार आउनेजस्तो कुरा थ्यो । फेरि नआउने रे, अलि पछि आउने रे । तर सरकारमा जो आए पनि, जो गए पनि जनतालाई त सधैं हात लाग्यो शून्य नै हो । मिलिजुली सरकार आए पनि, झिलिमिली वा रंगीबिरंगी जस्तो आए नि त्यसले के नै फरक पर्छ र ? किनकि अहिले भएका राजनीतिका मुख्य पात्रहरू हेर्दा विगतमा उनीहरूको काम गर्ने शैली हेर्दा, जो जहिले फेरिए पनि प्रवृत्ति फेरिने छनक कतै देखिँदैन । जनताको काम भनेको नेताका लागि सडक तताउने, चुनावमा भोट दिने र समयमा कर तिर्ने मात्र हो । बाँकी काम सरकारले गर्छ । जनताले आशा गर्ने हो, भर पर्ने होइन । खैर, सरकारमा जाने पालो जसले कुरे पनि नकुरे पनि कोरोनाले चैं हाम्लाई कुर्नेवाला छैन । यता न अक्सिजन न भ्याक्सिनको स्थिति छ । यस्तो अवस्थामा कोरोनाबाट जोगिने कुरो भनेको भगवान् भरोसे मात्र हो । उता गुजरातीहरूले जीउभरि गोबर दलेर कोरोना भगाउने अभियान शुरू गरिसके । यता हाम्ले पनि क्यै न केही गर्नैपर्छ । किनकि सरकारले त केही गर्ला जस्तोे छैन । त्यसैले अब कोरोना भगाउन बरु भगवान्लाई खुशी पार्न सके केही भइहाल्छ कि ? त्यसैले एउटा विशाल यज्ञको आयोजना गरौं । तर महायज्ञ गर्न त धेरै पैसा चाहिन्छ । यस कामका लागि विश्व बैंक, एडीबी र आईएनजीओहरूले पैसो दिँदैनन् भन्नुहोला । चिन्ता नलिनोस् । पैसो धेरै कसरी जम्मा गर्ने भन्ने उपाय त नेता, मन्त्रीहरूले पक्कै सिकाइदेलान् नि । उनीहरूसँग त सरकारी ढुकुटीबाटै पैसा जुटाउने गज्जबको खुवी हुन्छ । किनकि उनीहरूको यसमा टन्नै अनुभव छ नि त । अझ पैसा संकलन गर्नेलाई कमिशनको पनि व्यवस्था गरिदिऊँ । त्यसपछि त पैसोको के समस्या होला र ? बरु यो महायज्ञमा चाहिने सरसामग्रीको पनि जोहो गर्न शुरू गरिहालौं । पूजा र भुजामा सबैभन्दा पहिले त आसन चाहिन्छ । यसका लागि एउटा विशेषखाले र अरू दुईखाले केही कुर्सीहरू किनेर लेराउनुपर्छ । र, ती कुर्सीलाई विशेष पूजा गर्नुपर्छ । त्यो विशेषखाले कुर्सीलाई चैं चारैतिरबाट सिसैसिसाको बार लगाएको हुनुपर्छ । पूजा शुरू गर्नुअघि ती कुर्सीमाथि ‘इदम् भ्रष्टम्, उदम् भ्रष्टम्, तथास्तु’ लेखेर मूलघरको चुनावी कक्षको ईशान कोणमा लगेर राख्नुपर्छ । पण्डितले पूजा गरेपछि योे विशेषखाले कुर्सी बडेहाकिमका लागि सुरक्षित राखौं । एकथरी कुर्सी लगेर सबै दलका प्रमुख नेताहरूलाई चढाऔं । दोस्रोथरी कुर्सीहरूलाई चण्डले, मण्डले, कमण्डले आदि नाम दिऊँ र टिकट बाँड्ने हैसियतका नेतालाई दिऊँ र आफ्ना चम्चेहरूलाई बाँड्न लगाऔं । कुर्सी बाँड्नुअघि खाली कागजमा सही गराइहाल्न पनि सम्झाऊँ, भविष्यमा अविश्वासको प्रस्ताव झेल्नुपरे त्यो काम आउँछ । अब कुरा गरौं यो महायज्ञको खास विधिको । यज्ञस्थलको पूर्व, पश्चिम, उत्तर र दक्षिण कोणमा भ्याक्सिन उत्पादक देशहरू र तिनका बीचमा पर्ने आग्नेय, नैऋत्य, वायव्य अनि ईशान कोणमा भ्याक्सिन उत्पादक कम्पनीलाई आह्वान गरेर भक्तिभावपूर्वक आसन, पाद्य, आचमनीय, पञ्चामृत, चन्दन, अक्षता, फूल, धूप, दीप, नैवेद्यादिको अर्पणपूर्वक आराधना गर्नुपर्छ । त्यसपछि आकाशको पूजा गर्नुपर्छ, दुईटा वरको याचना गर्दै । एक, हावामा अक्सिजनको कमी हुन नदेऊ र दुई, भ्याक्सिन बोकेर आउने हवाईजहाजलाई आकाशमार्ग सहज गरिदेऊ भनी पुकार गरौं । यज्ञस्थलको बीचमा राखिने प्रधान देवताको चतुर्मुख हुनुपर्छ । एउटा मुख बिचौलियाको, अर्को मुख सरकारी उच्चपदस्थ कर्मचारीको । अनि बाँकी दुई मुखमा एउटा स्वास्थ्यमन्त्रीको र अर्को प्रधानमन्त्रीको । यी चतुर्मुखहरूले संयुक्त रूपमा मिलेर काम नगरेसम्म कोरोनाको कहरबाट देशले त्राण पाउनेछैन । किनकि यिनीहरू स्वघोषित भगवान् भएका कारण यिनीहरूले देशको नियमकानून मान्नुपर्दैन । पेशागत इमानदारी त पटक्कै गर्नुपर्दैन । यसो गरे त उनीहरू पनि त हामी सामान्य जनताजस्तै भइहाल्छन् नि, अर्थात् मान्छेजस्तै भइहाले नि । नामै चतुर्मुख भएपछि बोली र व्यवहार पनि चतुर्मुखे नै हुनुप¥यो । त्यसैले यिनले जति बेला जस्तो रूपको आवश्यकता पर्छ, त्यस्तै रूप प्रकट गर्ने हुन्छन् । पुराणमा यस्ता भगवान्को चर्चा पढ्नुभएकै होला, जो नेपालमा अहिले पनि जीवितै छन् । यिनले गर्न नसक्ने केही पनि छैन । तर किन हो कुन्नी जनताको भलाइ हुने काम चाहिँ यिनीहरू गर्दै गर्दैनन् । नेतारूपी चतुमुर्खी यस्ता भगवान् विदेश जाऊन् या बिरामी परून्, आसन अर्थात् कुर्सी कहिल्यै छाड्नु हुँदैन । त्यसैले त फेबिकोलले भन्दा बलियोसँग जोडिएको हुन्छ यिनीहरूसँग कुुर्सी । यसरी जबसम्म कुर्सीले चतुमुर्खी नेताजीका साथ छाड्दैन, तबसम्म कोरोनाले पनि यिनलार्ई छुँदैन । यो महायज्ञ गरिसकेपछि त नेताजीलाई मात्र होइन, नेताजीका आसेपासे, हनुमान्, नन्दीभृंगी कसैलाई पनि कोरोनाले केही लछारपाटो लाउन सक्तैन । जहाँसम्म जनताको कुरा छ, जनता त यसै मर्ने हो, उसै मर्ने नै हो । जनता मरे मरून्, नेताहरूलाई त बचाउनैपर्छ । किनकि जनता त मरेर पनि सिद्धिँदैनन् । तर नेता मरे त महाभारत नै भइहाल्छ नि । राजनीति र सरकार सबै चलाउन पनि नेता जोगाउन परेन ? नेताहरू बाँचे, जनता बाँचेसरह हुन्छ । जनताले यसमा टेन्सन लिने कामै छैन । जनताको काम भनेको नेताका लागि सडक तताउने, चुनावमा भोट दिने र समयमा कर तिर्ने मात्र हो । बाँकी काम सरकारले गर्छ । जनताले आशा गर्ने हो, भर पर्ने होइन । ‘गीतामा कर्ममा तिम्रो अधिकार हुन्छ, फलमा हुँदैन’ भनेको छ नि त । लकडाउन र निषेधाज्ञामय यस अवधिमा अहिलेसम्म गीता त पढिसक्नुभएकै होला नि ? त्यसैले अरू कुरा छोडौं, यो महायज्ञ चैं छिट्टै थालिहालौं । यो महायज्ञपछि पनि काम भएन भने के गर्ने भन्नुहोला । ल ! त्यसपछि के स्पष्ट हुन्छ भने यज्ञस्थलका यी त देवता होइन रहेछन्, अहिले धेरैले भन्ने गरेजस्तै चारैतिरबाट खाने अर्थात् चतुर्मुखी राक्षस पो रहेछन् भन्ने थाहा हुन्छ । राक्षस नै हो भन्ने पुष्टि भइसकेपछि के गर्नुपर्छ त ? त्यो त भूतप्रेत मन्छाउने, घोडेजात्रा मनाउने परम्परा भएका नेपालीहरूलाई सिकाइरहनु पर्ला र ?

पैसा कमाउन विदेश नै जानु पर्दैन

दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत भएका छन् । एक माउ भैँसीबाट पशुपाल शुरु गरेका चोङवाङले मासिक एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आएका छन्। । २०६७ सालदेखि एक…