एउटै नर्सरीमा पचासी हजार स्याउ र ओखरका बिरुवा उत्पादन

हुम्लामा एउटा फलफुल नर्सरीको फर्मले पचासी हजार फलफूलका बिरुवा उत्पादन गरेको छ । यसअघि जिल्ला बाहिरबाट खरिद गरेर ल्याउने गरिँदै आएकोमा हुम्लाका दुई जना युवा मिलेर फर्ममा फलफूलका बिरुवा उत्पालन सुरु गर्नुभएको हो ।

सम्बन्धित सामग्री

नर्सरी खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी

गौमुखी गाउँपालिका–६, लिवाङका २८ वर्षीय पदमबहादुर केसीले आफ्नै गाउँमा बिरुवा उत्पादन गर्नुहुन्छ । उहाँले २०७५ सालदेखि गाउँको जग्गामा विभिन्न जातका बिरुवाको नर्सरी राखेर बिरुवा उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । “आफ्नै आठ रोपनी जग्गामा नर्सरी गर्दै आएको छु,” केसीले भन्नुभयो, “यही नै मेरो आम्दानीको राम्रो स्रोत बनेको छ ।” नर्सरीमा विभिन्न जातका घाँसका बिरुवा र टिमुर, कफी, अम्बालगायत जातका बिरुवा उत्पादन गर्ने गरेको केसी बताउनुहुन्छ । सुरुमा थोरै लगानी गरेर नर्सरी सुरु गरेको तर उहाँले अहिले राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “सो व्यवसायबाट वार्षिक १२ लाख रुपियाँसम्म आम्दानी गरिरहेको छु ।”

कञ्चनपुरमा तीन लाख विभिन्न प्रजातिका बिरुवा उत्पादन

कञ्चनपुर, २१ असार । वृक्षरोपण गरी वातावरण संरक्षणमा टेवा पु¥याउनका लागि जिल्लामा तीन लाख बढी विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएका छन् । नर्सरी तयार गरी डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेको हो । कार्यालयले चालु आवमा तीन लाख ६० हजार बिरुवा उत्पादन गरेको छ । कार्यालयले उत्पादन गरिएका लिपटिस (मसाला), कोइराल, बकाइनो, सागवान (टिक) र […]

बिक्नै छाडे जुम्ली स्याउका बिरुवा

चन्दननाथ नगरपालिका २ जुम्लाका नर्सरी व्यवसायी हरिबहादुर कामीले हालसम्म करिब ३० देखि ३२ लाखका जुम्ली स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गरेका छन् । गाउँमै ‘राजेश फलफूल नर्सरी’बाट उत्पादित झण्डै ६५ हजार रैथाने जुम्ली स्याउका बिरुवा निर्यात गरेका हुन् । हरि बहादुरले नर्सरीमा करिब ९० हजारबढी बिरुवा उत्पादन गरेका थिए । मुस्किलले ६५ हजार बिरुवा बाहिरी […]

संकटमा नर्सरी व्यवसायी

रौतहट। रौतहटको कटहरिया नगरपालिका–३ बिर्ति प्रस्टोका गाउँको मुख्य आयस्रोत फलफूल लगायत विभिन्न बिरुवाका बेर्ना उत्पादन तथा विक्री हो । तर उत्पादित बिरुवाले उचित मूल्य नपाउँदा व्यवसाय संकटमा पर्दै गएको नर्सरी सञ्चालकहरूले बताएका छन् । नर्सरीमा उत्पादित बिरुवाको मूल्य विगतको तुलनामा आधा घटेकाले नर्सरी व्यवसायीहरू मर्कामा परेका हुन् । यसअघि रू. ५० सम्ममा विक्री हुने बिरुवा अहिले २० देखि २५ रुपैयाँमा विक्री हुने गरेको नर्सरी व्यवसायीले बताएका छन् । ‘दिलीप फलफूल नर्सरी’ सञ्चालन गर्दै आएका बिदयालाल रौनियारका अनुसार नर्सरीमा उत्पादित बिरुवाले लगानीअनुसारको मूल्य पाउनै मुश्किल भइरहेको छ । ‘पहिला बिरुवा अधिकतम ७५ रुपैयाँसम्ममा पनि विक्री हुन्थ्यो,’ उनले भने, ‘त्यति बेला नर्सरी पेशामा लागेकाहरू मनग्गे आम्दानी गर्थे । तर अहिले त्यस्तो अवस्था छैन ।’ गाउँमा ७० बिघाभन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवाका नर्सरी छन् । नर्सरीबाट गतिलो आम्दानी हुन छाडेपछि यहाँका अधिकांश व्यवसायी निराश छन् । ‘नर्सरीमा काम गर्ने कामदारको पारिश्रमिक दिन समेत धौ धौ भइरहेको छ,’ रौनियारले भने, ‘घाटा खाएर काम गर्नुपर्ने बाध्यता छ ।’ नर्सरी व्यवसायीको पीडा तीनै तहको सरकारले नबुझेको नर्सरी सञ्चालकहरूको गुनासो छ । खासगरी स्थानीय सरकारले यसमा विशेष ध्यान दिनुपर्ने उनीहरू बताउँछन् । बिर्ति प्रस्टोका गाउँमा करीब ७०० घरधुरी छन् । यहाँ दर्ता गरिएका फलफूल नर्सरी तथा बागवानी फार्म करीब २०० ओटा रहेको कृषि ज्ञान केन्द्र गौरले बताएको छ । नर्सरीमा विशेषगरी फलफूल तथा घर सजावट तथा काठ प्रयोजनका रूखका बिरुवा उत्पादन हुने गरेका छन् । उत्पादित बिरुवा देशका विभिन्न स्थानमा पुग्ने गरेका छन् ।

नर्सरीका बिरुवाले पाएनन् बजार

गोलबजार– सिरहाको लहान नगरपालिका-१९ कटहाका सत्यनारायण महतो विगत १७ वर्षदेखि नर्सरी फार्ममा बिरुवा उत्पादन गरिरहेका छन् । एक बिघा क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आएका उनी अब यसलाई बढाएर १५ कठ्ठा पुर्‍याउने योजनामा छन्। तर नर्सरीमा भएका बिरुवा समयमै बिक्री नहुँदा भने उहाँ चिन्तामा छन्।  बिना कुनै तालिम लामो समयदेखि नर्सरीमै व्यस्त रहेको उनको परिवारले यतिबेला […]

साझेदारी वनद्वारा साढे तीन लाख बढी बिरुवा उत्पादन

कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बढी बिरुवा उत्पादन गरेका छन । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न जातका बिरुवा उत्पादन गरि वितरणको तयारी गरेका छन् । उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षरोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन प्रमुख दधिलाल कँडेलले जानकारी दिए। बिहीबार वन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा वातावरण हरियाली र वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका महाराजगञ्ज

नर्सरी खेतीमा किसान आकर्षित

जुम्ला । पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त छन् । जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागिपरेका छन् । बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उनले बताए । यस वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानुपरेको छैन । हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसानले बिरुवा उत्पादनमा जोड दिएका छन् । हाइटेक नर्सरीभित्र उतिस, निमारो, किमु, पौलेनिया, बकाइनो, राइखन्यु, बुद्धचित्त र कल्फी प्रजातिका बिरुवा छन् । उतिस आठ हजार बिरुवा उमारिएको छ । निमारो दुई हजार ८०० बिरुवा, किमु एक हजार ५०० बिरुवा, पौलेनिय पाँच हजार बिरुवा, बकाइनो १५ हजार र राइखन्यु तीन हजार बिरुवा उत्पादन हुने पेश नेपाल जुम्लाले बताएको छ । विश्व खाद्य कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालअन्तर्गतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो । नर्सरी स्थापनामा २८ लाख ४२ हजार ५७६ लगानी गरिएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक रीता रोकायाले बताए । नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४५५ व्यक्ति प्रत्यक्ष लाभान्वित छन् । रासस

अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय

कञ्चनपुर । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका प्रतापसिंह धामीको परिवारले जीवनमा चरितार्थ गरेको छ । अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय गरेर उनको परिवारले मनग्गे आम्दानी गर्दै आएको छ । नर्सरीमा उत्पादित बिरुवा एकजनाले मात्रै वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्मको विक्री गर्दै आएका छन् । धामीको परिवारका तीनै जनाले वार्षिक ७५ लाखदेखि १ करोड रुपैयाँसम्मका बिरुवा विक्री गर्दै आएका छन् । कोरोनाको महामारी फैलिएपछि विक्रीमा केही कमी आएको छ । हाल १० लाखदेखि १५ लाख रुपैयाँसम्मका बिरुवामात्रै विक्री हुने गरेका छन् । धामी परिवारले उत्पादन गरेका बिरुवा सुदूरपश्चिमबाट कर्णाली प्रदेशसम्म विक्री हुने गरेको थियो । कोरोना महामारी फैलिएपछि हाल उत्पादित बिरुवा सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लामा मात्रै आपूर्ति हुने गरेको छ ।     धामी परिवारको नर्सरीमा घर सजावटका बिरुवा, घाँस प्रजातिका बिरुवा, काष्ठ प्रजातिका बिरुवा, विभिन्न प्रजातिका बाँसका बिरुवा, फलफूलका बिरुवा पाइने गरेका छन् । बिरुवा उत्पादनका लागि बीउ तयार गर्नेदेखि बिरुवा उत्पादन र कलमी गर्नेलगायतका काम धामी परिवारले नर्सरीमै गर्ने गरेका छन् । धामी परिवारले सञ्चालन गरेका तीनओटै नर्सरीमा १२ जनाले रोजगारीसमेत पाएका छन् । २०४६ सालमा भारतले गरेको नाकाबन्दीका बेला भारतीय निकटवर्ती बजार वनवासाबाट घरमै रोप्न फलफूलका बिरुवा ल्याउँदै गर्दा धामी दाजुभाइलाई भारतीय सुरक्षाकर्मीले बिरुवा ल्याउन दिएनन् । कर्णालीमा पुल नहुँदा नेपालमै उत्पादित बिरुवा ल्याउन सकिने अवस्था थिएन । भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेकाले बिरुवा ल्याउन दिएन । तीनै जनाले व्यवसाय दर्ता गरेर आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कालीमिर्च, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूल प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । आँप मात्रै १४ र लिची पाँच प्रजातिका रहेका छन् । घाँस प्रजातिमा सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु र काठ प्रजातिमा सात प्रजातिका बाँस सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेशियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनलगायका बिरुवा उत्पादन हुँदै आएका छन् ।   घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाव लगायतका बिरुवाको उत्पादन नर्सरीमा हुदै आएको छ । कुनै पनि ठाउँमा नपाईएका बिरुवा धामी परिवारले सञ्चालन गरेको नर्सरीमा पाईने गरेको छ । नर्सरी व्यवसायका लागि उनीहरूले १० लाखदेखि २५ लाख रुपैयाँसम्म लगानी गरेका छन् । रासस

१० हजार फूलका बिरुवा उत्पादन गर्दै हेटौँडा उपमहानगरपालिका

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजार र आसपासका क्षेत्रमा फूल रोप्ने अभियानलाई अझै तीव्र पार्नका लागि आफै नर्सरी स्थापना गरेर फूल उत्पादन गर्न थालेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा फूलका बिरुवा रोप्न सक्ने गरी १० हजार फूलका बिरुवा उत्पादन गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।  हेटौँडा बजार क्षेत्र र आसपासका सडक पेटीमा फूलैफूलले ढकमक्क पार्ने योजनाअनुसार महँगो मूल्यमा फूलका बिरुवा खरिद गर्नुभन्दा पनि आफै उत्पादन गरेर रोप्न लागिएको मेयर महतले बताउनुभयो ।  हेट...

जुम्लामा स्याउको हाइटेक नर्सरी

खलङ्गा, असार २६ गते ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जुम्लामा स्याउका बिरुवा उत्पादन गर्न हाइटेक नर्सरी सुरु गरिएको...