खोटाङमा कोभिशिल्ड र एस्ट्राजेनेकाको दोस्रो मात्रा दिन सुरू

खोटाङमा गत भदौ र असोजमा कोभिड– १९ विरुद्ध कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा दिन सुरू गरिएको छ । १५ र १६ भदौ तथा ४ र ५ असोजमा कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई मंगलबार र बुधबार दोस्रो मात्रा दिन लागिएको हो ।एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई पनि कोभिशिल्ड खोप दिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।  भदौ र असोजमा सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका १३ हजार नागरिकले कोभिशिल्

सम्बन्धित सामग्री

खोप अभियानमा वेवास्ता : डेढ लाख मात्रा कोभिशिल्ड खोपको म्याद गुज्रियो

काठमाडौं । नेपालमा विगत एक महिनादेखि कोरोना संक्रमण दर उकालो लागि रहेपनि खोप अभियानले प्राथमिकता पाउन सकेका छैन् । खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा कोभिशिल्ड खोप खेर गएको छ । खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा झण्डै डेढ लाख डोज कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो […]

भेरोसेल लगाएकालाई बुस्टरका रुपमा कोभिशिल्ड दिने तयारी

काठमाडौं : कोरोनाविरुद्ध भेरोसेल खोप लगाएका नेपालीलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड खोप दिइने भएको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भेरोसेलको दुवै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेका हुन्।कोरोनाविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने भएको छ।मन्त्रालयले पहिलो मात्रा खोप लगाएका

कोभिशिल्ड थप छ लाख मात्रा आयो, मोडर्ना आउँदै

कोराना भाइरस विरुद्धको खोप कोभिशिल्ड आज छ लाख मात्रा नेपाल आएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको खोप आज दिउँसो कतार एयरवेजबाट नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । आज आएकोसँगै नेपालमा अहिलेसम्म दुई करोड ७८ लाख मात्रा खोप नेपाल आइसकेको उनले बताए ।  यस्तै भोलि अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । उनले भोलि १४ लाख मात्रा मोर्डना खोप नेपाल आउने जानकारी दिए । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरसम...

भोलि भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप आउने

नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएको छ । गत फागुनमा भारतसँग खरिद गरेको १० लाख मात्रा खोप भोलि नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो । शनिबार २ बजे  १० लाख मात्रा खोप आइपुग्ने ढुङ्गानाले बताए । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ ।

सेरमबाट १० लाख मात्रा कोभिशिल्ड खाेप एक हप्ताभित्रै आउने सम्भावना

काठमाडौँ–  भारतले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै आउने भएको छ। भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै पठाउने जानकारी गराएको स्वास्थ्य सेवा विभागअन्तर्गतकाे परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले बताए। उनले भने, ‘कम्पनीले हामीलाई एसर्ट गरिसकेको छ। […]

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका... The post ‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने appeared first on Purbeli News.

कोभिशिल्ड लगाएकालाई दोस्रो मात्रा एस्ट्रेजेनेकाको खोप दिइने

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएकालाई एस्ट्रेजेनेकाको खोप दिइने भएको छ। कोभिशिल्ड उपलव्ध हुन नसक्ने भएकाले दोस्रो मात्र एस्ट्रेजेनेकाको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलले फागुन २३ गते देखि चैत्र १० गते सम्म कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोश्रो मात्रा एस्ट्रेजेनेकाको खोप लगाउने निर्णय भएको बताए।सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स सुविधा दुबैल

कोभिशिल्डको पहिलो मात्रा लगाउनेहरुलाई एउटै प्रकृतिको अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं : यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाउनेहरुले दोस्रो मात्राको लागि एउटै प्रकृतिको अस्ट्राजेनेका खोप पाउने भएका छन्। कोभिशिल्ड खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स खोप उपलब्ध गराउन असमर्थ भएपछि तोकिएको मितिमा उक्त मात्रा दिन नसकिएकोले यस्तो निर्णय गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निर्देशक डा…

कोभिसिल्ड खोपको दोश्रो मात्रा तत्काल लगाउन नपाइने

कोभिशिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका नागरिकले तत्काल दोस्रो मात्रा लगाउन नपाउने भएका छन् । परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलका अनुसार पहिलो चरणको खोप लगाएकाहरुले तत्काल दोश्रो मात्रा लगाउन नपाउने भएका हुन् ।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाइएको ९ देखि १२ हप्ताको बीचमा दोस्रो मात्रा दिने घोषणा गरेको थियो । जेष्ठ नागरिकहरुले पहिलो मात्रा लगाएको ११ हप्ता नाघिसकेको छ । १२ हप्ताभित्र खोपको दोस्रो मात्रा दिने सम्भावना कम रहेको पोखरेलले बताए ।यद्यपि, यो खोप प