कोभिशिल्ड थप छ लाख मात्रा आयो, मोडर्ना आउँदै

कोराना भाइरस विरुद्धको खोप कोभिशिल्ड आज छ लाख मात्रा नेपाल आएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको खोप आज दिउँसो कतार एयरवेजबाट नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । आज आएकोसँगै नेपालमा अहिलेसम्म दुई करोड ७८ लाख मात्रा खोप नेपाल आइसकेको उनले बताए ।  यस्तै भोलि अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । उनले भोलि १४ लाख मात्रा मोर्डना खोप नेपाल आउने जानकारी दिए । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरसम...

सम्बन्धित सामग्री

११ लाख ७० हजार मोडर्ना मात्रा खोप आइपुग्यो

नेपालमा कोरोनाभाइरस विरुद्धको मोडर्ना खोप आज बिहान ११ लाख ७० हजार मात्रा खोप आइपुग्ने भएको छ ।  विश्वकै ऋण सहयोगमा कोभ्याक्स सुविधामार्फत ४० लाख  मात्रा मोडर्ना खोप ल्याउन भनिएका थियो ।जसमा सोमबार साँझ पनि ११ लाख ७० मात्रा मोडर्ना आएको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए । यस्तै माघ १० गते १६ लाख ६० हजार मात्रा आइसकेको प्रमुख डा. चौरासियाले बताए । मोडर्ना खोप १२ देखि १७ वर्षसम्मका लाई लगाइने छ ।

तनहुँका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिइने

तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ ।

बालबालिकालाई लगाइने १६ लाख ६० हजार मोडर्ना खोप आयो

नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ […]

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आईपुग्यो

काठमाडौ, माघ ११ । सोमबार थप १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले सोमबार साँझ १६ लाख ६० हजार मात्रा कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आएको जानकारी दिए। मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने खोप हो । अमेरिकी खोप मोडर्ना कतार हुँदै […]

जुम्लामा ट्युसन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो । विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन् ।“जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडर्ना खोप आएको छ”, उनले भने, “आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लग

म्याग्दीमा मोडर्ना खोप लगाउन सुरु

म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ ।  पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर–किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरुलाई विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन थालिएको जानकारी दिए । अभियान सुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरूले मोडर्ना

हुम्लाका ५०५ बालबालिकाले मोडर्ना खोप लगाए

आज हुम्लाका ५०५ बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोडर्ना खोप लगाउने अभियान सुरु गरेको छ।...

प्रदेश २ मा सुरु भएन मोडर्ना खोप अभियान

जनकपुरधाम– प्रदेश २ मा मोडर्ना खोप अभियान सञ्चालन हुन सकेको छैन। सरकारले आइतबारबाट देशका ५७ जिल्लामा एकैसाथ मोडर्ना खोप दिने अभियान सञ्चालन गर्ने भने पनि प्रदेश २ मा अभियान सञ्चालन हुन सकेन। पहिलो चरणमा प्रदेश २ का पाँच वटा जिल्लामा पुस ४ देखि १४ गतेसम्म मोडर्ना खोप दिने समय निर्धारण गरिएको थियो। प्रदेशको सिरहा, महोत्तरी, […]

विद्यालयमा नै मोडर्ना खोपको केन्द्र

काठमाडौं, मंसिर २५। बिहीबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ । कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजारमात्रा आएको थियो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिने निर्णय गरिसकेको छ । मोडर्ना खोप बालबालिकालाई दिने निर्णय भएकोले खोप केन्द्र पनि विद्यालयमै […]

विद्यालयमा नै मोडर्ना खोपको केन्द्र

बिहीबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ । कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजारमात्रा आएको थियो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिने निर्णय गरिसकेको छ । मोडर्ना खोप बालबालिकालाई दिने निर्णय भएकोले खोप केन्द्र पनि विद्यालयमै तोकिएको छ भन्दै खोप शाखाका प्रमुख सागर दाहालले भने, “विद्यालयमै खो प केन्द्र तोकिँदा विद्यार्थीलाई सहज हुने छ ।”सरकारले आगामी पुस ४ देखि १४ गते स