सेरमबाट १० लाख मात्रा कोभिशिल्ड खाेप एक हप्ताभित्रै आउने सम्भावना

काठमाडौँ–  भारतले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै आउने भएको छ। भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै पठाउने जानकारी गराएको स्वास्थ्य सेवा विभागअन्तर्गतकाे परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले बताए। उनले भने, ‘कम्पनीले हामीलाई एसर्ट गरिसकेको छ। […]

सम्बन्धित सामग्री

साढे चार करोडभन्दा बढी डाेज काेराेना खाेप आइपुग्याे

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक बर्ष पुरा भएको छ। भारतले अनुदानस्वरुप दिएको १० लाख डोज कोभिसिल्ड खोपबाट गत वर्ष माघ १४ गतेबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो।एक वर्षको अवधिमा नेपालमा ४ करोड ५७ लाख आठ हजार ६४० डोज खोप आएको छ। १ करोड २० लाख डोज खरीद हालसम्म नेपालमा आएको ४ करोड ५७ लाख आठ हजार ६४० डोज खोप मध्ये एक करोड २० लाख डोज खोप मात्रै सरकारले खरीद गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

खरिद गरेको ७ महिनापछि भारतबाट १० लाख डोज कोभिसिल्ड खोप आज आउँदै

खरिद गरेकाे सात महिनापछि बाँकी १० लाख डाेज खाेप नेपाल आउन लागेकाे हाे। सरकारले गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख डोज खोप खरिदका लागि रकम पठाएको थियो।

खरिद गरेको ७ महिनापछि भारतबाट १० लाख डोज कोभिसिल्ड खोप आज आउँदै

खरिद गरेकाे सात महिनापछि बाँकी १० लाख डाेज खाेप नेपाल आउन लागेकाे हाे। सरकारले गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख डोज खोप खरिदका लागि रकम पठाएको थियो।

भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खाेप शनिबारसम्म आइपुग्ने

गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख डोज खोप खरिद गरेको थियो। जसको अग्रिम भुक्तानी समेत भइसकेको छ। स्वास्थ्य सेवा विभागका अनुसार  बाँकी १० लाख डोज खोप शनिबारसम्म आइपुग्ने भएको हो।

चीनले अनुदानमा दिने सबै खोप मङ्गलवार नआउने, २ लाख केही दिनभित्रै

काठमाण्डाै – चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको १० लाख डोज खोपमध्ये सबै खोप मङ्गलवार नआउने भएको छ । १० लाख डोज खाेपमध्ये मङ्गलवार (भोलि) आठ लाख डोज खाेप मात्रै नेपाल आइपुग्ने  नेपाल एअरलाइन्सले जनाएको छ । खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । आज राति साढे ११ बजे बेइजिङका लागि उड्ने जहाज भोलि दिउँसो साढे २ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । नेपाल वायु सेवा निगमका अप्रेशन विभाग प्रमुख दिपु जुहार्चनले आठ लाख डोज खोप ल्याउन जहाज बेइजिङ जाने...

‘कोरोना खाेपको पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोजको व्यवस्था गर्छाैँ’

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसविरुद्धकाे पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने बताउनुभएको छ । शुक्रवार दिउँसाे राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले पहिलो मात्रा खाेप लगाएकाहरूले दोस्रो डोज खोप लगाउन पाइँदैन कि भनेर चिन्ता लिन नपर्ने बताउनुभयो । अहिलेसम्म नेपालमा ३२ लाख २८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको र त्यसमध्ये १० लाख डोज खरिद गरिएको भन्दै उहाँले अबको केही समयमै खोप सहज हुने बताउनुभयो । यस्तै उहाँले अस्पतालमा अक्सिजन प्लान्ट जडान...

१५ दिनमा खाेप खरिदकाे विषय टुङ्गाे लाग्छ - मन्त्री ज्ञवाली

काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा काेभिड–१९ खोप खरिदको विषय टुङ्गो लाग्ने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले विभिन्न देशमा खोप खरिदका लागि पहल गरिरहेको र सकारात्मक जवाफ आएको बताउनुभएको हो । यस्तै मन्त्री ज्ञवालीले चीनले अनुदान स्वरूप दिने भनेको १० लाख डोज कोभिड खोपमध्ये दुई लाख डोज खाेप आउँदाे आइतवार नेपाल आउने पनि बताउनुभयो । बाँकी आठ लाख डोज खाेप आउँदो मङ्गलवारसम्ममा आउने उहाँले बताउनुभयो ।  गएकाे बुधवार (अस्ति) राष्ट्रपत...