नेप्सेको दुई वटा वेबसाइटमा दुई थरी तथ्यांक

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दुई वटा वेबसाइटले दुई थरी तथ्यांक देखाएको छ। नेप्सेको पुरानो वेबसाइटमा नेप्से परिसूचक १६ अंकले घटेर ३१ सय ७ अंकमा आएको देखिएको छ भने नयाँ वेबसाइटमा १२ अंकले घटेर ३१ सय १० अंकमा आइपुगेको देखिएको छ। यद्यपि, कारोबार रकम र अन्य सूचक भने एउटै छन्।

सम्बन्धित सामग्री

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

काठमाडौं – हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा सञ्चालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार ९कात्तिक २७ गते देखि पूर्ण रुपमा सञ्चानमा ल्याउने जानकारी गराएको छ । तसर्थ, नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।

नेप्सेको पुरानो वेबसाइट बन्द, अब नयाँ वेबसाइटबाट मात्रै जानकारी लिन सकिने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ । नेप्सेको नयाँ वेबसाइट आईतबारबाट पूर्ण रूपमा सञ्चालनमा आएको हो ।  पूरानो वेबसाइटमा कुनै पनि तथ्यांक अपडेट नहुने नेप्सेले जनाएको छ । नेपाल स्टक डटकम डटएनपीमा गएर जानकारी लिन सकिने छ ।  नेप्सेले नयाँ वेबसाइट केही समय अगाडिदेखि परीक्षण गर्दै आएको थियो । परीक्षण सकिएसँगै आऐतबारबाट पूर्ण सञ्चालनमा आएको हो...

नेप्सेको सिइओमा कार्की नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको प्रमुखका रूपमा कार्कीलाई चार वर्षका लागि नियुक्ति गरेको हो ।  यसअघि नेपाल सरकारका उपसचिवबाट अवकाश पाएका कार्की...

३ दिनभित्र विवरण उपलब्ध गराउन नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ । नेप्सेले खारे इन्भेस्टमेन्टको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरणलगायत लगानीका विविध विषयमा जानकारी मागेको थियो । राधीले ती विषयमा आंशिक मात्रै विवरण दिएर नेप्सेको निर्देशनलाई अवज्ञा गरेको पाइएको छ । नेप्सेको सुपरिवेक्षण शाखाका कामु सहायक प्रबन्ध सुवोध ढुंगेलका अनुसार लगानीको सम्पूर्ण विवरण नदिइएको पाइएकाले ३ दिनभित्र पेश गर्न निर्देशन दिइएको छ । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ४८ बमोजिम ...

नेप्सेको वेभसाइट दुई दिन बन्द

काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेभसाइट दुई दिन बन्द हुने भएको छ।डाटा सेन्टर अपग्रेड गर्न भन्दै दुई दिन वेभसाइट बन्द हुने नेप्सेले जानकारी दिएको छ। खासगरी, पछिल्लो समय नेप्सेको वेभसाइटमा विभिन्न समस्या देखिँदै आएको छ। नेप्सेले हाल दुई वटा वेभसाइट चलाउँदै आएको छ। र, दुई वटै वेभसाइटमा नेप्से परिसूचकको तथ्यांक फरक/फरक देखिने तथा वेभसाइट नै नखुल्ने जस्ता समस्या देखिँदै आएको छ।

आज र भोलि नेप्सेको सिष्टम नचल्ने

दुई दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिष्टम उपलब्ध नहुने भएको छ । डाटा सेन्टरको अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिष्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ । त्यस अनुसार शुक्रबार र शनिबार दुई दिन नेप्सेको वेवसाइट चल्ने छैन् । नेप्सेले पुरानो वेवसाइट बन्द गरेर नयाँ वेसवासइट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । उक्त कार्यको लागि नेप्सेले दुई दिन वेबसाइट बन्द गरेका काम गर्न लागेको हो ।

नेप्सेको सेवा २ दिन बन्द रहने

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ । बिहीबार एक सुचना जारी गर्दै नेप्सेले २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो। डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।

नेप्सेको अध्यक्षमा मैनाली नियुक्त

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनालीलाई नियुक्त गरेको छ । मैनालीले सोमबारबाटै लागू हुने गरी नेप्सेको अध्यक्ष तथा सञ्चालकको पदमा बहाली गरेका हुन् । पदबहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको विकासको लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । सो अवसरमा अध्यक्ष मैनालीलाई नेप्सेका प्रमुख कार्यकारी […]

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

काठमाडौं। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्। मैनाली आज नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन्। उनले आजैबाट पद सम्हालेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। यसअघिका नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेको चार वर्षको कार्यकाल सकिएपछि मैनाली जिम्मेवारी पाएका हुन्।

नेप्सेको टीएमएसमा समस्या, निफ्राको शेयरमूल्य शून्यमा

नेप्सेको अनलाइन प्रणाली (टीएमएस)मा समस्या देखिएपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयरमूल्यमा गडबड भएको छ । निफ्राको शेयरमूल्य एकाएक शून्यमा झरेको छ । शेयरमूल्य १० प्रतिशत घटेपछि सर्किट लाग्ने व्यवस्था भए पनि आज नेप्सेको सफट्वेयरमा समस्या आाँउदा मूल्य शून्यमा पुगेको हो