नेप्सेको अध्यक्षमा मैनाली नियुक्त

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनालीलाई नियुक्त गरेको छ । मैनालीले सोमबारबाटै लागू हुने गरी नेप्सेको अध्यक्ष तथा सञ्चालकको पदमा बहाली गरेका हुन् । पदबहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको विकासको लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । सो अवसरमा अध्यक्ष मैनालीलाई नेप्सेका प्रमुख कार्यकारी […]

सम्बन्धित सामग्री

ब्रोकरलाई टीएमएस दिने प्रक्रिया शुरु

काठमाडौं । लगानीकर्ताको शेयर किनबेच आदेशलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई  सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढेको छ । अनलाइन शेयर कारोबार गर्ने लगानीकर्तालाई सहजता प्रदान गर्न नेप्सेले तयार पारेको मापदण्डअनुसार ब्रोकरले आफ्नै लगानीमा सिस्टम विकास गरी वा विदेशबाट किनेर टीएमएस सञ्चालन गर्न पाउने गरी तयारी अगाडि बढेको हो । अहिले ब्रोकरहरूले नेप्सेले विकास गरेको टीएमएस भाडामा प्रयोग गर्दै आएका छन् । यो प्रक्रिया १ वर्षदेखि थालिएको भए पनि केही महीनायता नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नहुँदा प्रक्रिया रोकिएको थियो । सेबोन अध्यक्षमा रमेश हमाल र नेप्सेको सीईओमा कृष्णबहादुर कार्कीे नियुक्त भएसँगै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिने प्रक्रियालाई अगाडि बढाइएको हो । ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिन नेप्सेले पहिले नै सूचनाप्रविधि सम्बन्धी नीतिअन्तर्गत विनियमावली तयार पारेर सेबोनमा बुझाएको थियो । तर, केही विषय स्पष्ट नभएका कारण बोर्डले पुनः त्यसलाई स्पष्ट पार्न भनेको थियो । यसै क्रममा सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुुंगाना हटे । त्यस कारण यो प्रक्रिया अगाडि बढ्न सकेको थिएन । सेबोनका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीका अनुसार नेप्सेले नियमावलीमा भएका अस्पष्टता चाँडै स्पष्ट पारेर ल्याए बोर्डबाट स्वीकृति दिन समय लाग्दैन । ‘निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना सर हुँदा नै अस्पष्ट भएका कुरा स्पष्ट पार्न नेप्सेलाई भनेका थियौं । नयाँ अध्यक्षको पदबहाली भएपछि छलफल भएको छ, सम्भवतः वैशाखभित्र काम सम्पन्न गर्छौं,’ उनले भने । अहिले ब्रोकरले नेप्सेले तयार पारेको सिस्टम चलाइरहेका छन् । टीएमएस सञ्चालन गर्ने स्वीकृति पाएपछि ब्रोकरले आफै विकास गरेर वा विदेशमा सञ्चालित सिस्टम खरीद गर्न सक्नेछन् । ब्रोकरहरूले आफ्नै टीएमएस चलाउने वा नेप्सेको टीएमएस चलाउने भन्ने छनोटसहित कारोबार विनियमावली संशोधन हुँदै छ । यो विनियमावलीमा सेबोनले स्पष्ट पार्नु भनेका कुरा स्पष्ट पार्नका लागि काम भइरहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार विनियमावलीमा आवश्यक विषय समेटर संशोधनपछि बोर्डमा चैतभित्रै बुझाउने तयारी भएको छ । ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिए ब्रोकरहरू तयारी अवस्थामा रहेको स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबन) का अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । तर, स्वीकृति पाउने बित्तिकै लाइभ सञ्चालनमा ल्याउन नसकिने उनको भनाइ छ । पहिलो चरणमा परीक्षण गर्नुपर्ने भएकाले नेप्सेको प्राविधिक टोलीले आवश्यक सहयोग गर्नुपर्ने मैनालीको भनाइ छ । उनले भने, ‘नेप्सेको आवश्यक सहयोग भए स्वीकृति पाएको ३ महीनाभित्र आफ्नो टीएमएस पूर्णरूपमा लागू गर्ने लक्ष्य राखेका छौं ।’ ब्रोकरले आफ्नै टीएमएस सञ्चालनमा ल्याउँदा रिस्क म्यानेजमेन्टलाई व्यवस्थापन गर्न सहज हुने मैनालीको भनाइ छ । नेप्सेले सञ्चालनमा ल्याएको अहिलेको टीएमएस पूर्ण रूपमा लगानीकर्तामैत्री नभएको उनले बताए ।

अर्थमन्त्रीको जोड बुक बिल्डिङमा

उत्पादनमूलक कम्पनीहरूलाई बुक बिल्डिङमार्फत सेयर बजारमा ल्याउन अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका नवनियुक्त प्रमुखहरूको स्वागत कार्यक्रममा अर्थमन्त्री शर्माले सेवनलाई ११ बुँदे निर्देशन दिएका हुन् । सरकारले बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।धेरै उत्पादनमूलक कम्पनीहरू सेयर मार्केटभन्दा […]

पुँजीबजार सुधारमा लाग्न अर्थमन्त्रीको निर्देशन

न्युज अफ नेपाल, काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थमन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो । अध्यक्ष हमाल र सिइओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा अर्थमन्त्री […]

धितोपत्र बोर्डले एक हप्ता भित्रै अध्यक्ष पाउने, आवेदन र अन्तर्वार्ता नाटक मात्रै

नेपाल धितोपत्र बोर्डले करिब ५ महिनापछि नेतृत्त्व पाउने भएको छ। अन्तिम ५ जनामा परेकाहरुको अन्तर्वार्ता सकेर आगामी सोमबारको मन्त्रिपरिषद बैठकले नियुक्ति गर्ने भएसंगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाउने अवस्था बनेको हो। सत्ता साझेदारदल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नेप्से र धितोपत्र बोर्डको भागबण्डा मिलेपछि धितोपत्र बोर्ड अध्यक्षमा पनि छिटो नियुक्ति हुने भएको हो। अध्यक्ष छनौट गर्न बनाइएको समितिले शुक्रबार पाँच जनाको नाम सर्टलिष्टिङ गरेको छ। ५ जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेका छन्।    छनोट भएका ५ जनामध्येबाट अन्तर्वार्ता लिएर सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ। ती मध्येबाट मन्त्रिपरिषदको बैठकले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ। सर्टलिष्टिङ गरेको छ। १५ जनामध्येबाट पाँच जनाको नाम छनोट गरेको हो।  सर्टलिष्टिङमा परेकाहरुलाई आगामी साता आइतबार अन्तर्वार्ता लिने र लगत्तै उनीहरु मध्ये तीन जनाको नाम सर्टलिष्टिङ गरी अध्यक्ष नियुक्तिका लागि सोमबारको मन्त्रिपरिषदमा पठाइने र सोहिदिन नै एक जनालाई अध्यक्ष नियुक्त गरिने स्रोतले जनाएको छ।आबेदन र अन्तर्वाता नाटक मात्रैनियमन निकाय जस्तो ठाउँमा योग्य ठानिएका तीन जनाको नाम सम्बन्धित मन्त्रालयको मन्त्रीले मन्त्रीपरिषदमा लैजाने र त्यसमध्ये एक जनालाई नियुक्ति दिने अभ्यास रहेको छ। तर नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डमा यस अगाडी र अहिलेको नियुक्तिमा भने आबेदन खुला गरेर इच्छुकलाई आबेदन दिन लगाईएको छ। तर जानकारहरु भने आबेदन, प्रस्तुति र अन्तर्वार्ता जस्ता प्रकृयाहरु नाटक मात्रै भएको र यस्तो प्रवृति गलत भएको बताउँछन्। नियमन निकाय जस्तो ठाउँमा आफुलाई योग्य र क्षमतावान लाग्ने व्यक्तिलाई सरकारले नियुक्ति दिनुपर्ने जानकारहरु बताउँछन्। आबेदन खुलाएर आबेदन दिन लगाउने कार्य 'हास्यासपद' भएको उनीहरुको भनाई छ। धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त गरिएका भिष्म ढुंगाना र नेप्सेको सीईओ पदबाट राजिनामा दिएका चन्द्र सिंह साउदको पालादेखि यस्तो 'नाटक' सुरु भएको बताइन्छ। कसलाई नियुक्ती दिने भन्ने पहिल्यै टुंगो लगाईसके पनि प्रक्रियागत रुपमा ल्याईएको भनेर देखाउनलाई मात्र आबेदन माग गरिने गरिएको र यस्तो प्रवृतिले क्षमतावान र योग्य व्यक्तिहरुमा राज्यप्रति बिश्वास गुम्ने भएकाले यस्तो नाटक गर्न नहुने जानकारहरु बताउँछन्। नेप्सेको सीईओ नियुक्तीमा अन्तिम ५ जनामा निरन्जन फुयाँल जस्तो व्यक्ति नपर्नु र धितोपत्र बोर्डको ५ जनाको नाममा १५ जना मध्येका सक्षम व्यक्ति नपर्नुले पनि आबेदन र अन्तर्वार्ता जस्ता कुराहरु देखावटी मात्रै भएको जानकारहरुको दाबी छ। पहिल्यै राजनीतिक भागबण्डा लागिसकेको हुनाले नेप्सेमा माओवादी निकट कृष्णबहादुर कार्की नियुक्त हुनुले अब धितोपत्र बोर्डमा कांग्रेसले चाहेको व्यक्ति मात्रैले नियुक्ति पाउने निश्चित भएकाले यहाँ नियमन निकायको प्रमुख नियुक्ति गर्दा आबेदन र अन्तर्वार्ता बीनानै सिधै सिफारिस गरेर नियुक्ति गरिनुपर्ने जानकारहरु बताउँछन्।

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

काठमाडौं। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्। मैनाली आज नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन्। उनले आजैबाट पद सम्हालेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। यसअघिका नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेको चार वर्षको कार्यकाल सकिएपछि मैनाली जिम्मेवारी पाएका हुन्।

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ। नेप्से अध्यक्षमा लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि मैनालीलाई अर्थ मन्त्रालयले सोमवार नियुक्ति दिएको हो। मैनाली हाल मन्त्रालयमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख छन्। उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए। पद बहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतीका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । उनले भने, पुँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा...

नेप्सेको अध्यक्षमा मैनाली नियुक्त

काठमाडौं, १५ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट मैनालीलाई अध्यक्षमा नियुक्त भएका हुन् । मैनालीले सोमबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । मैनालीसँग राजश्व अनुसन्धान विभागको महानिर्देशकको समेत अनुभव रहेको छ । कृष्णबहादुर महराले नियुक्ति गरेका लक्ष्मण न्यौपानेको […]

नेप्सेको अध्यक्षमा अर्थका सहसचिव मैनाली

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । असार १४ गतेको अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले मैनालीलाई नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो । अर्थ मन्त्रालयका सचिव मैनालीले सोमबार नै पदबहाली गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । पद बहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी...

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्।

दीर्घराज मैनाली नेप्सेको अध्यक्षमा नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनलाई अध्यक्षमा नियुक्ति गरिएको हो ।