निफ्राको संचालक समितिमा फेरबदल

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको संचालक समितिमा फेरबदल भएको छ । बैंकको संचालक समितिमा प्रतिधित्व गर्न नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयले नयाँ प्रतिनिधि पठाएको हो। मन्त्रालयले असोज १९ गते केदारनाथ शर्मालाई प्रतिनिधिको रुपमा पठाएको हो।  शर्माले बैंकको असोज २४ गते बसेको संचालक समितिमा पदबहाली गरेका छन् ।  यस अघि मन्त्रालयको तर्फबाट धनीराम शर्मा बैंकमा संचालक रहेकोमा उनको पदावधि सकिएकोले शर्मालाई मन्त्रालयले मनोनित गरि पठाएको बैंकले जनाएको छ ।  शर्मा मन्त्रालयका सहसचिव हुन् । उनी अर्थ मन्त्रालयको प्रशासन प्रमुखको रुपमा कार्यरत छन् । यस संगै बैंकको संचालक समिति निम्न अनुसार भएको छ । अनुज अग्रवाल (प्रतिनिधि, विशाल ग्रप लिमिटेड)-अध्यक्ष केदारनाथ शर्मा (प्रतिनिधि, नेपाल सरकार)-सदस्यचन्द्र प्रसाद ढकाल (प्रतिनिधि, आइ.एम.ई. लिमिटेड)-सदस्यलालमणी जोशी (प्रतिनिधि, इमर्जिङ्ग नेपाल लिमिटेड)-सदस्यशंकर प्रसाद अधिकारी (स्वतन्त्र संचालक)-सदस्ययसै बीच बैंकले यस अघि प्रस्ताव गरिएको लाभांश गरेको छ छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरिएको बैंकले जनाएको छ । बैंकले यस अघि आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।तर अब भने बैंकले बोनस शेयर पनि प्रस्ताव गरेको छ । बैंकले ८ प्रतिशतले हुन आउने १ अर्ब ८० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार ५ असी २७ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । बैंकले भनेको छ 'बैंकको मिति २०७८/०६/२४ गते बेलुका ५ बजे बसेको बैंक संचालक समितिको ९९औं बैठकले आ.व. २०७७/७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु.२०,००,००,००,०००।- (रु. बीस अर्ब मात्र) को ८% (आठ प्रतिशत) ले हुने रु.१,६०,००,००,०००/(रु. एक अर्ब साठी करोड मात्र) बराबरको बोनस शेयर र उक्त शेयरमा लाग्ने कर वापत रु.८,४२,१०,५२७- (रु. आठ करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) नगद लाभांस गरी कुल रु. १,६८,४२,१०,५२७/- (रु. एक अर्ब अट्सट्ठी करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) लाभांस घोषणा एवं वितरण प्रस्ताव गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४७ अनुसार नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात स्वीकृत लाभांसको वितरण साधारण सभाबाट पारित एवं कम्पनी ऐन २०६३ को दफा १८२२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति पछि मात्र हुने निर्णय गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं।'