नेप्सेमा निफ्राको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्य समायोजन भएको छ। बैंकले आज मङ्सिर ९ गते बुक क्लोज गरेकोले आज नै मूल्य समायोजन भएको हो । निफ्राको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३१.४८ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५८ थियो । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ८ गतेसम्म कायम लगानीकर्ताले मात्र सभामाभाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । निफ्राले मङ्सिर २९ गते अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २० अर्बको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । यस्ता छन् बैंकले सधारणसभामा छलफल तथा निर्णयका लागि निर्धारित गरेको विषयहरु :(क) सामान्य प्रस्तावआर्थिक बर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको बासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने। कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७०/७१ को लागि वाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२०,००,00,00,000/- (रु. बीस अर्ब मात्र) को ०.४२% (शुन्य दशमलव चार दुई प्रतिशत) ले हुने रकम रु.८,४२,१०,५२७- (रु. आठ करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) कर प्रयोजननार्थ नगद लाभांस वितरण गर्न स्वीकृति प्रदान गर्ने ।विशेष प्रस्तावसंचालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब. २०७७/७५ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु.२०,००,००,००,०००/- (रु. बीस अर्ब मात्र) को ८% (आठ प्रतिशत) ले हुने रु.१,६०,००,००,०००/- (रु. एक अर्ब साठी करोड मात्र) बराबरको बोनस शेयर प्रदान गर्न स्वीकृति प्रदान गर्ने। बैंकको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वोनश शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सो हदसम्म यस बैंकको जारी तथा चुक्ता पूँजी कायम हुने गरी प्रबन्धपत्रको दफा ६ मा संशोधन गर्ने प्रस्ताव पारित गर्ने । प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरवदल/थपघट/संशोधन/परिमार्ज गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने।सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरि २ जना संचालकको निर्वाचन गर्ने ।