काठमाडौंमा भेरोसेल खोप लगाएकै केन्द्रमा साउन ४ गतेबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन पाइने

काठमाडौं, असार २९ । काठमाडौं जिल्लामा एउटै खोप केन्द्रमार्फत् चिनियाँ भेरोसेल र अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाउने व्यवस्था मिलाइएको छ । तर खोप लगाउने लक्षित समूह भने फरक हुनेछन् । मंगलबार असार २९ गतेबाट पाँच दिन भेरोसेल खोप लगाएको केन्द्रबाटै साउन ४ गतेदेखि अरु तीन दिन जोन्सन एन्ड जोन्सन खोप लगाउने व्यवस्था मिलाइएको जिल्ला […]

सम्बन्धित सामग्री

दाङमा ४५ वर्षमाथिका ३० हजार ८२१ जनालाई खोप लगाउने तयारी

असोज ७, दाङ । दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ ।  यही असोज ८, ९ र १० गते १० ओटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र राजपुरमा असोज ८ र ९ गते खोप लगाइने छ । यस्तै तुलसीपुर, शान्तिनगर, बबई र दङ्गीशरणमा यही असोज ९ र १० गते खोप लगाउने निर्णय भएको कार्यालय प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।  घोराहीमा आठ हजार ८८१, तुलसीपुरमा सात हजार ९८८, लमहीमा दुई हजार ६८७, बंगालाचुलीमा एक हजार ३२३, बबईमा एक हजार ५११, दंगीशरणमा एक हजार १९७, गढवामा दुई हजार १५८, राजपुरमा एक हजार ३८२, राप्तीमा दुई हजार २८८ तथा शान्तिनगरमा एक हजार ४०६ जनालाई खोप लगाइने उनले बताए ।   ‘४५ वर्षमाथिका र कक्षा १२ को परीक्षार्थीलाई खोप लगाइने छ’, शाहीले भने । आगामी कात्तिक ५ र ६ गते कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने जिल्ला कोरोना खोप समन्वय समिति तथा अनुगमन समितिले निर्णय गरेको छ ।  जिल्लामा हालसम्म एक लाख ३० हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोभिसिल्ड र एष्ट्राजेनेका ४० हजार ९२८, भेरोसेल ५५ हजार २४१ तथा जोन्सन एण्ड जोन्सन खोप ३४ हजार नागरिकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका श्रोतव्यक्ति कमल चन्दले जानकारी दिए । जिल्लामा गत वर्ष फागुनको अन्तिम सातादेखि शुरु भएको खोप अभियानअन्तर्गत विभिन्न चरणमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिसहित ५० वर्षमाथि उमेर समूहकालाई खोप लगाइसकिएको छ ।  कक्षा १२ र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समेत कोरोनाविरुद्धको खोप लगाइको छ । सो क्रममा छूटेका विद्यार्थीलाई खोप लगाइने कार्यालयले जानकारी दिएको छ । रासस

यस्तो छ जोन्सन एण्ड जोन्सन र भेरोसेल खोप बीचको भिन्नता

विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको अहिलेसम्म पनि कुनै खास उपचार हुन सकेको छैन । विभिन्न देशहरुले कोभिड विरुद्ध अध्ययन गरिहेका छन्  तर, अहिलेसम्म कुनै देशहरुले पनि कोभिड नियन्त्रणको प्रभावकारी उपचार पत्ता लगाउँन सकेका छैनन् ।

दाङमा ५५ वर्षमाथिका नागरिकलाई भेरोेसेल खोप लगाउन आजदेखि शुरु

साउन ३, दाङ । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आज (आइतवार) देखि खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जानकारी दिएको छ । ‘एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।’  कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले भने, ‘स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवम् स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।’ हालसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ ।  त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपांगता भएका नागरिकलाई खोप लगाइने जानकारी दिइएको छ । रासस

काठमाडौंमा साउन ४ देखि जोन्सन एण्ड जोन्सन खोप लगाइने (केन्द्रको नामसहित)

काठमाडौं : काठमाडौंमा साउन ४ देखि ६ सम्म कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ। भेरोसेल खोप भने आजदेखि साउन २ सम्म लगाइने छ। दुवै खोपका लागि खोप केन्द्रहरु भने एउटै हुने जनाइएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले स्वास्थ्य मन्त्रालयले निर्णय गरेको प्राथमिकता क्रमअनुसार खोप दिइने बताए । मन्त्रालयले आजदेखि ५५ वर्षमाथिका सबै नागरिक, शिक्षक, प्राध्यापक, कर्मचारी, चालक‚ सहचालक, पहिले लगाउन छुट भएका अत्यावश्यक सेवाका व्यक्ति र खोप अनिवार्य गरेका

भोलिदेखि कोरोनाविरुद्धको देशव्यापी खोप अभियान, क–कसले लगाउन पाउँछन् ?

सरकारले भोलिदेखि कोरोनाभाइरसविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले भेरासेल र जोन्सन एण्ड जोन्सन खोप लगाउने गरी अभियान सञ्चलन गर्न लागेको हो । जसअनुसार ५५ वर्षभन्दा माथिका एक मात्रा पनि खोप लगाउन नपाएका, विश्वविद्यालय, विद्यालयका कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत श्रमिक, नेपाल सरकारले तोकेको अत्यावशयक सेवामा संलग्न व्यक्तिहरु र खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरुलाई भेरोसेल खोप लगाइने छ । यसैगरी ५० देखि ५४ वर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका नागरिक, पूर्ण र अति अशक्त नागरिक, हाल नेपाल...