काठमाडौं : काठमाडौंमा साउन ४ देखि ६ सम्म कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ। भेरोसेल खोप भने आजदेखि साउन २ सम्म लगाइने छ। दुवै खोपका लागि खोप केन्द्रहरु भने एउटै हुने जनाइएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले स्वास्थ्य मन्त्रालयले निर्णय गरेको प्राथमिकता क्रमअनुसार खोप दिइने बताए । मन्त्रालयले आजदेखि ५५ वर्षमाथिका सबै नागरिक, शिक्षक, प्राध्यापक, कर्मचारी, चालक‚ सहचालक, पहिले लगाउन छुट भएका अत्यावश्यक सेवाका व्यक्ति र खोप अनिवार्य गरेका