काठमाण्डौ – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप दिन कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई पत्राचार गरेको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेपछि बुधबार श्रम सचिव स्तरीय निर्णय गरी जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराउन पत्राचार गरिएको विभागमा महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा जानेहरू तत्काल जानु पर्ने र कतिपय देशले भेरोसेल खोपलाई मान्यता समेत नदिएकाले एक डोज मात्र लगाए पुग्ने भएकाले जोन्सन एण्...