दाङमा ४५ वर्षमाथिका ३० हजार ८२१ जनालाई खोप लगाउने तयारी

असोज ७, दाङ । दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ ।  यही असोज ८, ९ र १० गते १० ओटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र राजपुरमा असोज ८ र ९ गते खोप लगाइने छ । यस्तै तुलसीपुर, शान्तिनगर, बबई र दङ्गीशरणमा यही असोज ९ र १० गते खोप लगाउने निर्णय भएको कार्यालय प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।  घोराहीमा आठ हजार ८८१, तुलसीपुरमा सात हजार ९८८, लमहीमा दुई हजार ६८७, बंगालाचुलीमा एक हजार ३२३, बबईमा एक हजार ५११, दंगीशरणमा एक हजार १९७, गढवामा दुई हजार १५८, राजपुरमा एक हजार ३८२, राप्तीमा दुई हजार २८८ तथा शान्तिनगरमा एक हजार ४०६ जनालाई खोप लगाइने उनले बताए ।   ‘४५ वर्षमाथिका र कक्षा १२ को परीक्षार्थीलाई खोप लगाइने छ’, शाहीले भने । आगामी कात्तिक ५ र ६ गते कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने जिल्ला कोरोना खोप समन्वय समिति तथा अनुगमन समितिले निर्णय गरेको छ ।  जिल्लामा हालसम्म एक लाख ३० हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोभिसिल्ड र एष्ट्राजेनेका ४० हजार ९२८, भेरोसेल ५५ हजार २४१ तथा जोन्सन एण्ड जोन्सन खोप ३४ हजार नागरिकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका श्रोतव्यक्ति कमल चन्दले जानकारी दिए । जिल्लामा गत वर्ष फागुनको अन्तिम सातादेखि शुरु भएको खोप अभियानअन्तर्गत विभिन्न चरणमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिसहित ५० वर्षमाथि उमेर समूहकालाई खोप लगाइसकिएको छ ।  कक्षा १२ र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समेत कोरोनाविरुद्धको खोप लगाइको छ । सो क्रममा छूटेका विद्यार्थीलाई खोप लगाइने कार्यालयले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

बागमतीमा सतहत्तर प्रतिशत बालबालिकालाई खोप

अभियानका रूपमा सुरु गरिएको दादुरा–रुबेला रोगविरुद्धको खोप बागमती प्रदेशमा लक्ष्यको करिब ७० प्रतिशत बालबालिकालाई लगाइएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका १३ जिल्लामा गरी १२ लाख ३० हजार ६२४ बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा लक्ष्यको ६६.८८ प्रतिशत अर्थात् आठ लाख २३ हजार ५८ जना बालबालिकालाई हालसम्ममा खोप लगाएको जनाएको छ ।

कञ्चनपुरमा डेढ लाख बालबालिकालाई दादुराविरुद्धको खोप

कञ्चनपुर – कञ्चनपुरमा एक लाख ४७ हजार चार सय ५३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जेठ अन्तिम साता सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयले छ महिनादेखि १५ वर्षमुनिका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयका कोल्ड […]

सर्लाहीमा ४६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पूर्णमात्रा

सर्लाही– कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउने सर्लाहीमा ४६.२६ प्रतिशत पुगेका छन् । शुक्रबारसम्म जिल्लामा ४६.२६ प्रतिशत अर्थात् २ लाख ४१ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार ३० हजार नागरिकले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर नवल किशोर झाले पहिलो मात्रा खोप […]

कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप दिइन लागिएको हो । भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट शनिबार र आइतबार आउने अस्ट्राजेनेका खोप लगाउन लागिएको हो । यसअघि कोभिसिल्डको […]

भुटानले एक हप्तामै ९० प्रतिशत नागरिकलाई खोप लगायो

काठमाण्डाै – भुटानले आफ्नो देशका ९० प्रतिशत खोप लगाउन योग्य व्यक्तिलाई एक हप्ताभित्रै काेभिड १९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएको छ । जुलाई २० देखि २७ अर्थात् हिजो मङ्गलवारसम्ममा खोपयोग्य ९० प्रतिशत नागरिकलाई खोप लगाएको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ ।खोप योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकलाई भुटानले काेराेनािविरुद्धकाे खोप लगाएको छ । उनीहरू सबैलाई दोस्रो मात्रा खोप दिइएको हो ।भुटानको जनसङ्ख्या झन्डै आठ लाख रहेको छ । भुटानले खोप लगाउने अभियान...

पहिलो चरणमा किन सबैले खोप लगाएनन् ?

काठमाण्डाै - सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाउने भनेको थियो । तर शनिवार पहिलो चरणको खोप अभियान सकिँदा जम्मा १ लाख ८४ हजार ८ सय ५७  जनाले मात्र खोप लगाएको सरकारी तथ्याङ्क छ ।    सरकारले सुरक्षामा विश्वास दिलाउन नसकेकाले डाक्टर र स्वास्थ्यकर्मी नै खोप लगाउन डराएका धेरैको आशङ्का छ । तर विस्तृत तथ्याङ्क आउन नसकेकाले खोप लगाउनेको संख्यामा कमी आएको हुनसक्ने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेल बताउनुहुन्छ ।   उहाँ भन्नुहुन्छ - &ls...

खोप सुरक्षित छ, शंका गर्नु पर्दैन

सबै प्रदेशमा खोप पठाउने काम भइरहेको छ । बुधबारदेखि खोप लगाउन सुरु हुन्छ । ४ लाख ३० हजार जनालाई पहिलो चरणमा खोप लगाउने हो ।  काठमाण्डौ, भक्तपुर, ललितपुरलगायतका सुगम ठाउँमा आजभोलिमै खोप लगाउन पनि सकिन्छ नै । तर पनि सरकारले सबै प्रदेशमा एकैपटक लगाउने भनेकाले सरकारको नीतिलाई मान्नै पर्छ ।  भण्डारण र ढुवानी...