धुलिखेल । विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आकर्षित गर्न काठमाडौं विश्वविद्यालय (केयू) र जाम्बियाबीच छलफल भएको छ । विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महा वाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयूमा छलफल भएको हो ।छलफलमा विश्वविद्यालयले विदेशी विद्यार्थीहरूका लागि हरेक संकायमा १० प्रतिशत सिट आरक्षण गरेको केयूले जनाएको छ । केयूमा कार्यरत हरेक प्राध्यापक र सह प्राध्यापकको मातहत अनुसन्धानको काम गर्ने रिसर्च फेलो रहने नयाँ व्यवस्था अनुरुप यदि उक्त फेलो विदेशी नागर