विश्वका अनुसन्धानकर्तालाई जोड्दै काठमाडौं विश्वविद्यालय

काठमाडौं। दक्षिण एसियाको व्यापारसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। विश्व व्यापार संगठन (डब्ल्यूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्व विद्यालयको आयोजनामा आइतबारदेखि सुरु भएको ‘डब्ल्यूसीपी नेपाल– एआईबी साउथ एसिया कन्फ्रेन्स २०२४’ सोमबार सम्पन्न भएको हो। छलफलको दोस्रो दिन ‘अन्तर्राष्ट्रिय व्यापारमा सिद्धान्त र अभ्यासः उदयीमान परिदृश्य’ शीर्षकमा छलफल भएको थियो।

सम्बन्धित सामग्री

विदेशमा कार्यक्रम विस्तार गर्दै काठमाडौं विश्वविद्यालय

काभ्रेस्थित नमोबुद्ध बुद्धिस्ट मेडिटेसन शिक्षा केन्द्र र हङकङमा अवस्थित थ्राङ्गु बज्रयाना बुद्धिस्ट मेडिटेसन केन्द्रबीच बुद्धिस्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउने गरी सम्झौता भएको छ । आइतबार भएको दुईपक्षीय सम्झौताअनुसार आगामी फेब्रुअरीदेखि...

स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौं विश्वविद्यालय

धुलिखेल । समुदायसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयले काभ्रेपलाञ्चोकका १३ ओटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन शुरू गरेको छ । समुदायका समस्या र आवश्यकता विश्वविद्यालयमा भएका प्राज्ञिक जनशक्तिमार्फत समाधान गरी समुदायको स्तरोन्नति गर्ने उद्देश्यले अभियान शुरू गरिएको हो । यसअन्तर्गत हालसम्म अधिकांश स्थानीय तहको भ्रमण सम्पन्न भइसकेको विश्वविद्यालय सामुदायिक सम्बन्ध विस्तार महाशाखाका निर्देशक किशोर खनालले बताए । रासस

नेपालमै ‘खानी’ इञ्जिनीयर उत्पादन गर्दै काठमाडौं विश्वविद्यालय

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनीयरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनीयरिङ (खानी इञ्जिनीयर) को अध्यापन शुरू गर्ने भएको हो ।  देशभित्र ‘खानी’ इञ्जिनीयरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गराइने जनाएको छ । उक्त विषयमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा अध्यापन शुरू गर्ने योजना रहेको विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले बताए ।  'देशमा रहेका खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनीयरको अभाव देखिएको छ, त्यसका लागि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इञ्जिनीयरिङको अध्यापन शुरू गर्न लागेका हौँ,' उनले भने । नेपालमा खानीजन्य उद्योगको विकास हुँदै गए पनि जनशक्ति भने अभाव हुँदै गएको थापाको भनाइ छ । 'पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ, खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुनेछ,' उनले भने  । उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० जना विद्यार्थीलाई अध्यापन गराउने छ । उक्त विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत जनाइएको छ । नेपालमा खानी इञ्जिनीयरिङ विषयको अध्यापन नभएका कारण खानी तथा भूगर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव छ । विज्ञका अनुसार नेपालका विभिन्न स्थानमा उद्योग तथा सामग्री निर्माणका लागि आवश्यक पर्ने चुनढुङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुवी र नीलमणि) रहेको छ ।  यस्तै केयूले शुरू गर्न लागेको भू–विज्ञान तथा माइनिङ इञ्जिनीयरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाउँदै गत माघ दोस्रो साता केयूसँगै सम्झौता गरेको थियो ।    केयूले दुई साताअघि मात्रै काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न सम्झौता गरेको थियो । सम्झौतामा गाउँपालिकाको ४, २ र १ वडामा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म चार महीनामाभित्र सुरुङमार्ग अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख गरिएको छ । रासस

पशुपति र तिरुपति जोड्दै काठमाडौं विश्वविद्यालय

६ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरु भारतमा पनि सञ्चालन गर्नको लागि आन्द्र प्रदेशको तिरुपतीस्थित श्री विश्वेश्वरा योग रिसर्च ईन्ष्टिच्युट्ससँग लेटर अफ ईन्टेन्ड अर्थात आसय पत्रमा हस्ताक्षर गरेको छ । केयूले अन्तर्राष्ट्रियकरण अभियान अन्तर्गत योगिक साईन्स, हेल्थ मेनेजमेन्ट, हस्पिटालिटि मेनेजमेन्ट लगायतका कार्यक्रमहरु भारतीय शहरहरुमा संचालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्नेगरी आसय पत्रमा हस्ताक्षर […]

प्रदर्शनीमा काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्का विद्यार्थीका कला

काठमाडौं : काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस् अन्तर्गत आर्ट एन्ड डिजाइन विभागले आयोजना गरेको ‘इम्प्रेसन’ शीर्षकको कला प्रदर्शनी जारी छ। प्रदर्शनी सोमवारदेखि सुरु भएको हो भने शनिवार सकिनेछ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा विभागअन्तर्गत ललितकला स्नातक अन्तिम वर्षका २७ जना विद्यार्थीहरुका सयभन्दा बढी आर्ट प्रदर्शनमा छन्। विद्यार्थीहरुले कलाको माध्यमबाट…

काठमाडौं विश्वविद्यालय र प्याब्सनबीच सम्झौता

ललितपुर । काठमाडौ‌‌‍ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रको शिक्षक तालिम लगायत शिक्षा सुधार विषयमा सम्झौता भएको छ । आज आयोजित कार्यक्रममा काठमाडौ‌ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा वालचन्द्र लुईटेल र प्याब्सनका अध्यक्ष डिके ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो कार्यक्रममा लुईँटेलले मुलुकमा […]

काठमाडौं विश्वविद्यालय र जाम्बियाका अवैतनिक महावाणिज्यदूतबीच छलफल

धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयू) र जाम्बियाबीच सम्बन्ध थप प्रगाढ बनाउनबारे छलफल भएको छ । विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयुको धुलिखेलस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित अन्तरक्रियामा यसबारे चर्चा भएको हो । अन्तरक्रियामा केयुका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, स्कुल अफ साइन्सेजका डीन प्रा.डा. कन्हैया झा, स्कुल […]