अलपत्र सरकारी भवनमा तीन सय बेडको आइसोलेसन केन्द्र

काठमाडौंको नागार्जुन नगरपालिका–१, रानीवनमा रहेको प्रयोगविहीन भवनमा तीन सय बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार भएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले समन्वय गरेर प्रयोगविहीन भवनमा आइसोलेसन सेन्टर बनाएका हुन् ।  हरेक कोठामा...

सम्बन्धित सामग्री

अग्रवाल भवनमा आइसोलेसन केन्द्र स्थापना

कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।कमल पोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिनेगरी आइसोलेसन केन्द्रको स्थापना गरिएको हो । अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एसोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेसनल नेपालले संयुक्त रूपमा सञ्चालन गरेको आइसोलेसन सेन्टरको सोमबार नेपालका लागि भारतीय […]

सक्रियता बढाउँदै उपत्यकाका स्थानीय तह

कोरोना संक्रमितको उपचारका लागि काठमाडौं महानगरले गर्‍यो १२ वटा अस्पतालसँग सम्झौता, ललितपुर महानगरद्वारा बागडोलमा एक सय १० शैयाको आइसोलेसन केन्द्र सञ्चालन ललितपुर महानगरपालिकाले बागडोलमा सञ्चालनमा ल्याएको एक सय १० शैयाको आइसोलेसन...

एनआरएनएले जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सक्रियतामा जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न भएको छ। एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन्। यस्तै, कोरोना संक्रमण बढेपछि गैरआवासीय नेपाली संघले दुई करोड मूल्य बराबरको एक सय थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाउने निर्णयसमेत गरिसकेको छ।

नेपाल इन्जिनियरिङ कलेजमा १०० शैयाको आइसोलेसन केन्द्र तयार (तस्बिरहरू)

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नेपाल इन्जिनियरिङ कलेजमा १ सय शैयाको आइसोलेसन केन्द्र बनाएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि इन्जिनियसङ कलेजमा आइसोलेसन केन्द्र बनाइएको हो । आइसोलेसन केन्द्रलाई छिट्टै सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अधिकारीहरू कोरोनाविरुद्ध लड्नका लागि आफूहरू तयारी अवस्थामा रहेको बताउँछन् । तस्बिरहरू : अभिषेक महर्जन

रौतहटमा १६५ शैयाको आइसोलेसन सञ्चालनको तयारी

रौतहट । कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटमा १६५ शैया क्षमताको ३ आइसोलेसन केन्द्र सञ्चालनको तयारी थालिएको छ ।  जिल्लामा संक्रमितको संख्या एक सय नाघेको र संक्रमित सबैजना होम आइसोलेसनमै बसेकाले तत्काल व्यवस्थित आइसोलेसनको तयारी थालिएको हो ।आइतवार सम्म तीनवटै आइसोलेसन सेन्टर सञ्चालनमा आउने रौतहटका सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन् ।  चन्द्रनिगाहपुरमा ४० बेड, थरहरीमा १ सय बेड र गौरमा २५ बेड गरी ३ ओटा संस्थागत आइसोलेसन सेन्टर सञ्चालनमा आउने सिडिओ यादवले बताए ।

प्रदेश १ मा २ सय २३ संक्रमित निको भए, ४७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय २३ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १ सय ९३, मेची अस्पताल र होटल एसियाटिक आइसोलेसनबाट १२–१२, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आइसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २–२ जना डिस्चार्ज भएका हुन् ।

दुई सातामा पथलैया सिमरामा ४ सय आइसोलेसन बन्ने

बाराको जितपुर सिमरा नगरका स्थानीयको ब्यापक गुनासो र आलोचनापछि दुई साताभित्र पथलैया सिमरामा ४ सय बेडको आइसोलेसन केन्द्र निर्माण गरिने भएको छ । प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न दिएको १ करोड ७० लाख अस्थायी कोरोना अस्पताल सिमराको स्तर वृद्धि गरी ३ सय शय्या र पथलैयास्थित ट्रमा सेन्टरको तालिम केन्द्रमा एक सय शय्याको आइसोलेसन केन्द्र निर्माण गरीने भएको हो । प्रदेश सरकारले बनाउने भनेको नमुना आइसोलेसनको प्रयास कार्याबन्यन हुन नसके पछि संक्रमीतको चाप उच्च बन्दै गए पछि सिमरा र पथलैयामा आइसोलेसन केन्द्र बनाइने भएको हो ।

ललितपुरमा ११० बेडको आइसोलेसन केन्द्र बन्दै

ललितपुर महानगरपालिकाले एक साताभित्र एक सय १० बेडको आइसोलेसन केन्द्र बनाउने भएको छ । बागडोलस्थित ज्यापु समाजको