चार्टड एकाउन्टेन्ट्स संघले सञ्चालनमा ल्यायो ३ सय शैयाको आइसोलेसन केन्द्र, नेपालकै ठूलो भएको दावी

नेपाल चार्टड एकाउन्टेन्ट्स संघले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं १, ईचाङ्गुनारायण रानीवनमा  अक्सिजन सहितको ३०० शैया क्षमताको नेपालकै ठूलो आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । संघले सरकारको खाली रहेको ब्लक ए भवनमा शनिवारदेखि केन्द्र सञ्चालनमा ल्याएको हो । उक्त आइसोलेसन केन्द्र अनुमती प्राप्त सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्र प्रा.लि. संस्थाको प्राविधिक सहयोगमा एक्यानले सञ्चालन गर्ने छ ।  समयमै कोरोनाको सामान्य लक्षण देखिना साथ अक्सिजनको ब्याकअप र नर्स र चिकित्सकको चौबिसै घण्टा निगरानीमा आइसोलेसनले सेवा उपल...