रौतहटमा १६५ शैयाको आइसोलेसन सञ्चालनको तयारी

रौतहट । कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटमा १६५ शैया क्षमताको ३ आइसोलेसन केन्द्र सञ्चालनको तयारी थालिएको छ ।  जिल्लामा संक्रमितको संख्या एक सय नाघेको र संक्रमित सबैजना होम आइसोलेसनमै बसेकाले तत्काल व्यवस्थित आइसोलेसनको तयारी थालिएको हो ।आइतवार सम्म तीनवटै आइसोलेसन सेन्टर सञ्चालनमा आउने रौतहटका सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन् ।  चन्द्रनिगाहपुरमा ४० बेड, थरहरीमा १ सय बेड र गौरमा २५ बेड गरी ३ ओटा संस्थागत आइसोलेसन सेन्टर सञ्चालनमा आउने सिडिओ यादवले बताए ।

सम्बन्धित सामग्री

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै  त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ । कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । प्रमुख शाक्यले भन्नुभयो, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न […]

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै  त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।  कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका  निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। प्रमुख शाक्यले भने, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,” “हामीले नेपाली सेना र अस्पता

अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन सञ्चालनमा

काठमाडौं। काठमाडौंको बसुन्धरामा यसै सातादेखि अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन केन्द्र सञ्चालनको तयारी भएको छ। नेपाली सेनाले सञ्चालन गर्न लागेको आइसोलेसन तत्काल८८ शय्या हुनेछ। आवश्यकताअनुसार दुईसय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।

वीरगञ्ज महानगरले तयार पार्‍यो अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ । एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने […]