झापा ५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस

झापा : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ।सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो। क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्ल

सम्बन्धित सामग्री

सिटौलालाई राष्ट्रियसभामा उठाउन सर्वसम्मत सिफारिस

दमक : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको चुनावमा उम्मेदवार बनाउन नेपाली कांग्रेस झापाले सिफारिस गरेको छ। कांग्रेस झापाले सिटौलालाई सिफारिस गर्ने सर्वसम्मत रुपमा निर्णय गरेको हो।पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलालाई पार्टीका तर्फबाट उम्मेदवार बनाउन जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गरेको हो। संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका सिटौलाको नाम सिफारिस गर्न कांग्रेस झापाको विस्तारित बैठक बसेको थियो।जिल्ला कार्यसमिति, क्षेत

रुकुम पश्चिमबाट माओवादी उम्मेदवारमा जनार्दन शर्मा सर्वसम्मत सिफारिस

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिए । बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जस अनुसार […]

आफ्नै निर्वाचन क्षेत्रमा सर्वसम्मत सिफारिस हुन सकेनन् महर

बझाङ : नेकपा एमालेका युवा नेता ऐन महर आफ्नै निर्वाचन क्षेत्रमा सर्वसम्मत सिफारिस हुन सकेनन्। बझाङबाट प्रतिनिधिसभा सदस्यका लागि महरसहित  जनाको नाम पार्टीले सिफारिस गरेको हो। एमाले बझाङले महरसहित जिल्ला कमिटी सदस्य महेश भट्टराई र जुना जाग्रीको नाम पनि सिफारिस गरेको छ। जिल्ला कमिटीको अभिमतको आधारमा उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेकोे पार्टीका जिल्ला सचिव आनन्दलाल विश्वकर्माले बताए।अनेरास्ववियुको अध्यक्ष भइसकेका नेता महर गृहजिल्लामै सर्वसम्मत उम्मेदवार सिफारिस हुन नसक्दा उनको

एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

मुगु- नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा  बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल  रोकायाले बताए । उनका अनुसार प्रतिनिधि सभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, […]

एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस

नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा  बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए ।उनका अनुसार प्रतिनिधिसभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, पिछडिएको क्षेत्र समानुपातिक बलचन्द्र बिक, अपाङ्ग समावेसी समानुपातिक रुपबहादुर बुढा,  खस आर्य समा

सुनसरी-४ बाट सञ्चारमन्त्री कार्की सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुनसरी-४ बाट सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेस  सुनसरी ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचन कार्यसमितिले कार्कीको सर्वसम्मत सिफारिस गरेको हो ।मन्त्री कार्कीले भने, ‘सुनसरी-४ बाट मेरो नाम सर्वसम्मत सिफारिस भएको छ ।’ ०७४ को निर्वाचनमा बाम गठबन्धनका बाबजुद कार्की कांग्रेसका २३ जना मध्ये सर्वाधिक मतानन्तरले विजयी भएका थिए । कार्कीले वाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७

गृहमन्त्री खाण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरिएको छ । रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौं बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेल सिफारिस भएपछि क्षेत्र नम्बर ३ बाट पनि प्रत्यक्ष लड

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। आगामी ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापालाई क्षेत्रीय कार्यसमिति बैठकले सर्वसम्मत सिफारिस गरेको हो।

सुर्खेत-१ बाट पूर्णबहादुर खड्का सर्वसम्मत उम्मेदवार सिफारिस

१६ भदौ, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । त्यस्तै क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको प्रतिनिधि सभा एक क्षेत्रीय समितिका सचिव मोहन […]

धनकुटाबाट सुनिल थापा सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।  केन्द्रीय कार्य सम्पादन समिति सदस्यसमेत रहेका थापालाई  कांग्रेसको क्षेत्रीय, जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिलगायतको छलफलले सर्वसम्मत सिफारिस गरेको हो ।तत्कालीन राप्रपाका नेता थापालाई २०७४  निर्वाचनमा समेत नेपाली कांग्रेसले सहयोग गरेको थियो । तर सो निर्वाचनमा थापा एमाले नेता राजेन्द्र राईसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा तत्कालीन राप्रपाक