सिटौलालाई राष्ट्रियसभामा उठाउन सर्वसम्मत सिफारिस

दमक : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको चुनावमा उम्मेदवार बनाउन नेपाली कांग्रेस झापाले सिफारिस गरेको छ। कांग्रेस झापाले सिटौलालाई सिफारिस गर्ने सर्वसम्मत रुपमा निर्णय गरेको हो।पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलालाई पार्टीका तर्फबाट उम्मेदवार बनाउन जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गरेको हो। संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका सिटौलाको नाम सिफारिस गर्न कांग्रेस झापाको विस्तारित बैठक बसेको थियो।जिल्ला कार्यसमिति, क्षेत