जिल्ला समन्वय समिति दैलेखको निर्वाचन यतिबेला विवादित र चासोको केन्द्रमा छ । जिल्ला समन्वय समितिको प्रमुख र एक सदस्यमा स्वतन्त्र उम्मेदवारी परेपछि निर्वाचन विवादित बनेको हो । जिसस दैलेखको प्रमुख पदमा नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारी खारेजको माग गर्दै उजुरी परेपछि भोलि जेठ २६ गते हुने भनिएको मतदान समेत अन्योलमा परेको छ ।सो पदका काँग्रेसको आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी खारेजको उजुरी दिएकी छन् । जिल्ला समन्वय समितिको