स्थानीय तहलाई विद्यालय खोल्ने जिम्मा

नेपालगञ्ज – स्मार्ट लकडाउनको अवधारणा अघि सारेर स्थानीय प्रशासनले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएको छ । स्मार्ट लकडाउनमा चार वटा तह रेड, मिस्क, एलो र ग्रिन जोनको निर्धारण नम्बरका आधारमा विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । बाँकेका आठ वटा तहमध्येमा कोहलपुर नगरपालिका मिस्क जोन, नेपालगञ्ज उपमहानगरपालिका एलो र अरु ६ वटा […]

सम्बन्धित सामग्री

विद्यालय खोल्ने गोकर्णेश्वर नगरपालिकाको निर्णय

उपत्यकाको गोकेर्णेश्वर नगरपालिकाले पालिकाभित्रका विद्यालयमा भौतिक पठानपाठन सञ्चालनको निर्णय गरेको छ । संघ सरकारले माघ मसान्तसम्म विद्यालय, कलेज, विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानमा भौतिक उपस्थितमा पठनपाठन रोक्ने निर्णय गरेको थियो । सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई परिपत्र भएको थियो ।तर, गोकर्णेश्वरले भने २३ माघ अर्थात् आगामी आइतबारबाट भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको हो । एउटा कक्षामा २५ जनाभन्दा बढी विद्यार्थी नराख्ने गरी आलोपाल

उपत्यकाका विद्यालय आंशिकरूपमा खुला

काठमाडौं, भदौ २९ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार स्थानीय तहलाई दिएपछि उपत्यकाका विद्यालय आंशिकरूपमा खुल्न थालेका छन् । थोरै विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुल्न थालेका हुन् । विद्यालय खोल्ने विषयमा काठमाडौं र ललितपुर महानगरपालिकाले औपचारिक निर्णय गर्न सकेको छैन । दुई महानगरपालिका क्षेत्रमा कम विद्यार्थी भएका […]

असोज १ देखि विद्यालय खोल्न सकिने, सबै जिम्मा स्थानीय तहलाई

काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालयहरू खोल्न सकिने भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सकिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राससलाई जानकारी दिनुभयो । प्रजिअ पराजुलीले अवस्था विश्लेषण गरी विद्यालय खोल्ने/नखोल्ने जिम्मा भने स्थानीय तहलाई नै दिइएको जानकारी दिनुभयो । काठमाडौँको स्थानीय तहका शिक्षा …

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि  खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि  स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।कोरोनाविरुद्ध स्वास्थ्

आगामी साताभित्र उपत्यकाका विद्यालय खोल्ने तयारी

ईश्वरराज ढकाल, काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार दिएपछि उपत्यकाका अधिकांश विद्यालय आइतबारबाट खुल्ने भएका छन् । उपत्यकाका दुई महानगरपालिका र ९ नगरपालिकाले आन्तरिक छलफल गरी सकभर आइतबारबाटै विद्यालय खोल्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले दुई दिनसम्म कोरोना संक्रमितको संख्या र […]

गोरखामा निषेधाज्ञा खुकुलो, विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई

केही प्रावधान खुकुलो बनाउँदै गोरखामा जारी निषेधाज्ञा असोज २ गतेसम्म थप गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै संक्रमण रोकथाम नियन्त्रण र व्यवस्थापनका लागि विद्यमान संक्रमण दर, प्रवृत्ति र मृत्युदरको विश्लेषणको आधारमा निषेधाज्ञा थप गरिएको प्रशासनका अधिकृत हर्क रोकाले जानकारी दिए ।

विद्यालय खोल्ने निर्णय गर्ने जिम्मा स्थानीय तहलाई

निषेधाज्ञा लम्बिए पनि विद्यालय खोल्ने वा नखोल्ने निर्णय गर्ने जिम्मा स्थानीय तहलाई नै दिइने भएको छ ।

विद्यालय खोल्न दबाब

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले हिजो मंगलबारबाट भौतिक रूपमै विद्यालय सञ्चालन गरेपछि देशभरका विद्यालय खोल्न सरकारलाई दबाब परेको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या परेको जनाउँदै संक्रमण कम भएका जिल्लामा विद्यालय खोल्न सरकारलाई दबाब परेको हो । सरकारले संक्रमण कम भएका जिल्लाका विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै गोकर्णेश्वर नगरपालिकाले भौतिक रूपमै विद्यालय सञ्चालन गरेको हो । अब सबै स्थानीय तहले विद्यालय खोल्ने विषयमा निर्णय गर्नुपर्ने बत...

कोरोनाका कारण बन्द भएका सबै विद्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं । कोभिडका कारण बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले कोरोका कारण बन्द रहेका सबै विद्यालय खोल्ने निर्णय गरेको हो । बैठकले विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो । नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको गुरागाईंले जानकारी दिनुभयो । यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताउनुभयो । सरकारले यसअघि विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिइसकेका कारण अधिकांश स्थानीय तहमा विद्यालयहरु खुलिसककेका छन् भने केही स्थानमा खुल्न बाँकी छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन्।