स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन्।

सम्बन्धित सामग्री

प्रशासनको आदेशविपरीत विद्यालय खोल्ने निर्णय

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको आदेशको उल्लंघन गर्दै आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले हिजो बिहीबार नगर क्षेत्रका सामुदायिक एवं संस्थागत विद्यालयहरू स्वास्थ्य मापदण्ड पालना गर्दै माघ २३ देखि भौतिक रूपमै खोल्ने निर्णय गरेको थियो । स्थानीय प्रशासनले भने कोरोना संक्रमण जोखिमका कारण देखाउँदै माघ मसान्तसम्म विद्यालय […]

गोकर्णेश्वरमा भौतिक रूपमा विद्यालय सञ्चालन गरिँदै

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा सामुदायिक एवम् संस्थागत विद्यालय आउँदो आइतबारदेखि खोल्ने निर्णय गरिएको छ । नगरपालिकाको शिक्षा समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिले शिक्षक, अभिभावक तथा शिक्षाका पेसागत संस्थाका पदाधिकारीहरूको चाहना र मागअनुसार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाई पूर्ण...

उपत्यकाका विद्यालय आंशिकरूपमा खुला

काठमाडौं, भदौ २९ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार स्थानीय तहलाई दिएपछि उपत्यकाका विद्यालय आंशिकरूपमा खुल्न थालेका छन् । थोरै विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुल्न थालेका हुन् । विद्यालय खोल्ने विषयमा काठमाडौं र ललितपुर महानगरपालिकाले औपचारिक निर्णय गर्न सकेको छैन । दुई महानगरपालिका क्षेत्रमा कम विद्यार्थी भएका […]

मोरङमा विद्यालय खोल्ने तयारी

मोरङ– मोरङमा कोरोना महामारीसँगै बन्द भएका विद्यालय स्वास्थ्य मापदण्ड अपनाएर खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले विद्यालय खोल्ने निर्णय भइसकेको जानकारी दिए। जिल्लाका सूचना अधिकारीसमेत रहेका तिम्सिनाले कोभिड १९ संक्रमित कम हुँदै गएकोले दक्षिणी क्षेत्रबाट क्रमशः विद्यालय खोल्न तयारी भइरहेको बताए। हालको अवस्थामा स्पष्ट रुपमा विद्यालय खोल्न निर्देशन […]

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि  खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि  स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।कोरोनाविरुद्ध स्वास्थ्

काठमाडौं महानगरका विद्यालय माघ १ गतेबाट खुल्ने

काठमाडौं महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । चालु शैक्षिक सत्र तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो गरेको हो ।

काठमाडौँका स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा

कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्काेमा छन् । शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । “हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन शुरु गर्नु भनेर भन्न मिल्दैन । कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ”, प्रमुख श्रेष्ठले भन्नुभयो । यहाँँ २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय रहेको छ । तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताउनुभयो ।