आगामी साताभित्र उपत्यकाका विद्यालय खोल्ने तयारी

ईश्वरराज ढकाल, काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार दिएपछि उपत्यकाका अधिकांश विद्यालय आइतबारबाट खुल्ने भएका छन् । उपत्यकाका दुई महानगरपालिका र ९ नगरपालिकाले आन्तरिक छलफल गरी सकभर आइतबारबाटै विद्यालय खोल्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले दुई दिनसम्म कोरोना संक्रमितको संख्या र […]

सम्बन्धित सामग्री

सीसीएमसीसीको सिफारिसविपरीत आइतबारदेखि विद्यालय खोल्दै गोकर्णेश्वर नगरपालिका

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) सिफारिसविपरीत विद्यालय सञ्चालन गर्ने भएको  छ । आउँदो आइतबारदेखि विद्यालय सञ्चालन गर्ने नगरपालिकाले विज्ञप्ति नै जारी गरेको छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल भने तत्काल उपत्यकाका विद्यालय खोल्ने तयारी नरहेको बताउँछन् । माघ मसान्तअघि उपत्यकामा विद्यालय खोल्ने...

विद्यालय खोल्ने पूर्वाधार

उपत्यकाका अधिकांश स्थानीय तहले विद्यालय खोल्न थालेपछि सरकारले हतार नगर्न भनेको छ । आइतबारदेखि उपत्यकाका विद्यालय खोल्ने तयारी गरिरहँदा सरकारले विद्यालय नखोल्न आग्रह गरेको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या बढिरहेको र नेपालको अवस्था हेर्दा तीन दिनदेखि कोरोना संक्रमितको संख्या १ हजार ४ सयभन्दा बढी हुन थालेको अवस्थामा तत्कालका लागि पर्ख […]

उपत्यकाका विद्यालय अन्योलमा

काठमाडौं, असोज १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ । ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका अधिकांश ठूला विद्यालयका सञ्चालकहरू भने विद्यालय खोल्ने पक्षमा छैनन् । अभिभावक महासंघले दशैंअघि विद्यालय नखोल्न दबाब दिएपछि निजी विद्यालयका […]

सञ्चालनमा आउँदै उपत्यकाका विद्यालय

काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए । भौतिक संरचना तथा विद्यार्थीको सङ्ख्याका आधारमा विद्यालय सञ्चालनबारे विद्यालयले थप निर्णय गर्ने जनाइएको छ । ललितपुर ...

काठमाण्डाै उपत्यकाका विद्यालय माघदेखि खुल्ने

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका विद्यालय आउँदाे माघ महिनादेखि खुल्ने भएका छन् । कोरोनाको जोखिम घट्दै गएको निष्कर्षसहित माघ महिनादेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी निजी तथा सामुदायिक विद्यालय खोल्ने तयारी भएको हो । काठमाण्डौ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती भट्टराईले जनस्वास्थ्यका म...

माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

प्रकाश सिलवाल,काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् । काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत ९आठौँ० मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताउनुभयो । उहाँले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने राससलाई जनाउनुभयो । काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी ९संस्थागत० विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् । कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताउनुभयो । भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्र्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको ...