हुम्लाको नाम्खा सीमा विवादको विषय पछिल्लोपटक ११ महिनाअघि त्यहाँका स्थानीयबासिन्दाले उठाएका थिए । त्यस सम्बन्धमा तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको जवाफ दिनुभएको थियो । त्यतिबेला चिनियाँ दूतावास काठमाण्डौका प्रवक्ताले, हामीले नेपालको भूमि मिचेका छैनौँ प्रमाणित गर्न चाहे गर्न सक्नुहुन्छ भन्ने कुरा गरेका थिए । त्यसपछि त्यो विषय मत्थर भइसकेको थियो । तर अहिले आएर नेपाल सरकाले लिमी, लाम्खा, लुलुजोङको इलाकामा फेरि ९ नम्बर पिल्लर, हिल्सादेखि १२ नम्बरको लाप्सा भञ्ज्याङसम्म छानबिन गर्ने भनेको छ ।
...