नेपाल–चीन सीमा विवाद : ‘उपयुक्त समयमा आधिकारिक धारणा सार्वजनिक गर्छाैँ’

काठमाण्डाै – चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।  आज मङ्गलबार मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा धारणा बाहिर ल्याउने बताउनुभएको हो । उहाँले कुनै रिपोर्टकाे आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताउनुभयो । ...

सम्बन्धित सामग्री

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत यान्छी बिहान ९ बजे खुमलटार पुगेकी थिइन । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको थियो । नेपाल चीन सीमा विवाद भएको समाचार सार्वजनिक भइरहेका बेला राजदूत यान्छीले शिष्टाचार भेटवार्तालाई तीव्र बनाएकी छन् । यसअघि उनले […]

नेपाल चीनबीच सीमा विवाद नरहेको नेपाल चाइना मिडिया फोरमको दाबी

नेपाल–चाइना मिडिया फोरमले नेपाल–चीन सीमा विवाद नभएको प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल–चीन सीमा सन्धि सम्पन्न भएको ६० वर्ष पुगेको अवसरमा फोरमले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो।   विगतमा नेपाल र चीन बिच उत्पन्न भएका सीमा विवाद र त्यसको समाधानका दृष्टान्त समेत सो रिपोर्टमा समेटिएको छ। नेपाल–चीन सीमा  विवाद सम्बन्धमा गरिएको यो अध्ययनको खास दुई वटा कारणहरू रहेको नेपाल –चाइना मिडिया फोरमले उल्लेख गरेको छ । जसमा भनिएको छ– 'एक, बितेका ६ दशकमा नेपाल र चीन बिच सीमा सम्बन्धी के कस्ता समस्याहरु देखा परे र त्यसलाई कुन विधि मार्फत कसरी समाधान गरियो भन्ने आम चासोलाई पुरा गर्नु दुई मुलुकबिचको सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाको क्षेत्रगत विषय हुनाले । दोस्रो, नेपालमा सरकार परिवर्तन भए सँगै वर्तमान सरकारले चीनसँगको सीमामा रहेका समस्याबारे अध्ययन गर्ने भनी गरेको घोषणा र सो सम्बन्धमा नेपालको सार्वभौम संसद्मा नै प्रमुख प्रतिपक्षी दलका नेताले त्यो विषयमा गरेको आपत्तिले उब्जाएको अस्पष्टतालाई अन्त्य गर्न तथ्यगत अध्ययनको आवश्यकता देखिनु ।'त्यसो त यो अध्ययन जारी नै रहेको बेला नेपाल सरकारले चीनसँग सीमा विवाद रहेको भन्ने विषयमा अध्ययन गर्न गठन गरेको समितिले सरकार समक्ष आफ्नो प्रतिवेदन बुझाई सकेको छ । तर, सो प्रतिवेदन सरकारले सार्वजनिक गरी नसकेको अवस्थामा त्यसमा के कस्तो तथ्य र त्यसको आधारमा निष्कर्ष निकालिएको छ भन्ने विषयमा आफुहरुको थप चासो बढेको फोरमले जनाएको छ।  यो अध्ययन स्वतन्त्र रुपमा गरिएको र यो क्रममा फेला परेका तथ्यहरू आम नेपाली र बिशेषगरि नेपाल–चीन सीमा सम्बन्धका विषयमा अध्ययन गर्ने अध्येता, पत्रकार र सबै सरोकारवालाहरूका लागी महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने फोरमको बिश्वास रहेको छ।विगतमा सगरमाथाको स्वामित्व देखी सीमाका विभिन्न भागमा देखिएका अन्य समस्याको निराकरण कसरी सहजपुरमा भएको थियो भन्ने कुरालाई  अध्ययनमा महत्त्वका साथ उल्लेख  गरिएको फोरमले जनाएको छ । चरन देखि खर्कको उपभोग र त्यसको स्वामित्व निर्धारणका लागि गरिएका अन्य सम्झौता र स्थानीय रूपमा चली आएका व्यवहारिक सम्बन्धको समेत यसमा चर्चा गरिएको फोरमको दाबि छ।

नेपाल-चीन सीमा विवाद छैन : राजदूत यान्छी

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र  चीन सीमा विवादमुक्त भएको बताएकी छन्। दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी बताएकी छन्।'आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छु', उनले मंगलबार

नेपाल–चीन सीमा विवाद संयुक्त अनुगमन गरेर समाधान गर्न सुझाब

काठमाडौँ– नेपाल र चीनका बीच रहेको सीमा विवाद संयुक्त सीमा निरीक्षण, आधुनिक जीपीएस प्रणालीको उपयोग तथा राजनीतिक र कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने धारणा अध्येताहरूले प्रकट गरेका छन् । शुक्रबार पेभेलियन हलमा आयोजित ‘खबरहब बहस’ मा सहभागी वक्ताहरूको समान धारणा थियो– चीनसँग सीमा विवादको कुरा धेरै सार्वजनिक नहुने भए पनि विवाद छैन वा कतै पनि अतिक्रमण […]

चीनले सीमा मिचेको अध्ययन गर्न सरकारी टोली हुम्लाको लाप्चा पुग्यो

काठमाडौँ– सरकारले नेपालको सीमा चीनले मिचेको भन्दै सीमास्तभ अध्ययन गर्न गएको टोली हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चामा पुगेको छ । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चातर्फ गएको हो । नेपाल–चीन सीमा विवादका विषयमा अध्ययन गर्न जयनारायण आचार्यको नेतृत्वमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेको नेपाल–चीन सीमा विवाद […]

नेपाल–चीन सीमा विवाद : स्थानीय बासिन्दालाई बुझाउन नसक्दा समस्या

हुम्लाको नाम्खा सीमा विवादको विषय पछिल्लोपटक ११ महिनाअघि त्यहाँका स्थानीयबासिन्दाले उठाएका थिए । त्यस सम्बन्धमा तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको जवाफ दिनुभएको थियो । त्यतिबेला चिनियाँ दूतावास काठमाण्डौका प्रवक्ताले, हामीले नेपालको भूमि मिचेका छैनौँ प्रमाणित गर्न चाहे गर्न सक्नुहुन्छ भन्ने कुरा गरेका थिए । त्यसपछि त्यो विषय मत्थर भइसकेको थियो । तर अहिले आएर नेपाल सरकाले लिमी, लाम्खा, लुलुजोङको इलाकामा फेरि ९ नम्बर पिल्लर, हिल्सादेखि १२ नम्बरको लाप्सा भञ्ज्याङसम्म छानबिन गर्ने भनेको छ । ...

नाम्खामा नेपाल-चीन ‘सीमा विवाद’ बल्झिने संकेत

सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा टोली खटाएर स्थलगत अध्ययन गर्ने भएको छ । अध्ययनका लागि मन्त्रिपरिषद्ले बुधबार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारी र सीमाविद् सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । सीमा तथा कूटनीतिक मामिलाका जानकारहरूले भने सरकारको यो निर्णयले नेपाल–चीन सम्बन्धमा खटपट हुन सक्ने बताएका छन् ।

नेपाल–चीन सीमा विवाद : ५८ वर्षपछि भेटियो ११ नम्बर पिलर

८ असोज, सुर्खेत । उत्तरी छिमेकी मुलुक चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ फेला परेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको बताएको छ …

नेपाल-चीन सीमा विवाद : ५८ वर्षअघि नै जमिन साटासाट भएको थियो

काठमाडौं : भारतले नेपालको धेरै भूभाग अतिक्रमण गरेको छ। कतै नेपाली भूमि कब्जा गरेको छ त कतै सीमास्तम्भ नै फालिदिएको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरामा त भारतले फौज नै तैनाथ गरी कब्जा जमाइरहेको छ। नेपालकै भूमि रहेको प्रमाण हुँदाहुँदै पनि वर्षौंदेखि भारतले हडप्दै आएको छ। नेपालले भारतीय अतिक्रमणमा पर...