नेपाल चीनबीच सीमा विवाद नरहेको नेपाल चाइना मिडिया फोरमको दाबी

नेपाल–चाइना मिडिया फोरमले नेपाल–चीन सीमा विवाद नभएको प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल–चीन सीमा सन्धि सम्पन्न भएको ६० वर्ष पुगेको अवसरमा फोरमले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो।   विगतमा नेपाल र चीन बिच उत्पन्न भएका सीमा विवाद र त्यसको समाधानका दृष्टान्त समेत सो रिपोर्टमा समेटिएको छ। नेपाल–चीन सीमा  विवाद सम्बन्धमा गरिएको यो अध्ययनको खास दुई वटा कारणहरू रहेको नेपाल –चाइना मिडिया फोरमले उल्लेख गरेको छ । जसमा भनिएको छ– 'एक, बितेका ६ दशकमा नेपाल र चीन बिच सीमा सम्बन्धी के कस्ता समस्याहरु देखा परे र त्यसलाई कुन विधि मार्फत कसरी समाधान गरियो भन्ने आम चासोलाई पुरा गर्नु दुई मुलुकबिचको सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाको क्षेत्रगत विषय हुनाले । दोस्रो, नेपालमा सरकार परिवर्तन भए सँगै वर्तमान सरकारले चीनसँगको सीमामा रहेका समस्याबारे अध्ययन गर्ने भनी गरेको घोषणा र सो सम्बन्धमा नेपालको सार्वभौम संसद्मा नै प्रमुख प्रतिपक्षी दलका नेताले त्यो विषयमा गरेको आपत्तिले उब्जाएको अस्पष्टतालाई अन्त्य गर्न तथ्यगत अध्ययनको आवश्यकता देखिनु ।'त्यसो त यो अध्ययन जारी नै रहेको बेला नेपाल सरकारले चीनसँग सीमा विवाद रहेको भन्ने विषयमा अध्ययन गर्न गठन गरेको समितिले सरकार समक्ष आफ्नो प्रतिवेदन बुझाई सकेको छ । तर, सो प्रतिवेदन सरकारले सार्वजनिक गरी नसकेको अवस्थामा त्यसमा के कस्तो तथ्य र त्यसको आधारमा निष्कर्ष निकालिएको छ भन्ने विषयमा आफुहरुको थप चासो बढेको फोरमले जनाएको छ।  यो अध्ययन स्वतन्त्र रुपमा गरिएको र यो क्रममा फेला परेका तथ्यहरू आम नेपाली र बिशेषगरि नेपाल–चीन सीमा सम्बन्धका विषयमा अध्ययन गर्ने अध्येता, पत्रकार र सबै सरोकारवालाहरूका लागी महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने फोरमको बिश्वास रहेको छ।विगतमा सगरमाथाको स्वामित्व देखी सीमाका विभिन्न भागमा देखिएका अन्य समस्याको निराकरण कसरी सहजपुरमा भएको थियो भन्ने कुरालाई  अध्ययनमा महत्त्वका साथ उल्लेख  गरिएको फोरमले जनाएको छ । चरन देखि खर्कको उपभोग र त्यसको स्वामित्व निर्धारणका लागि गरिएका अन्य सम्झौता र स्थानीय रूपमा चली आएका व्यवहारिक सम्बन्धको समेत यसमा चर्चा गरिएको फोरमको दाबि छ।

सम्बन्धित सामग्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा आज आयोजित संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, “भाषणले सीमा विवाद समाधान हुँदैन, सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ ।” चीनसँगका सीमा […]

चीनसॅग कुनै सीमा विवाद छैन : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले चीनसँग कुनै सीमा विवाद नभएको जनाएको छ। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल र चीनबिच कुनै सीमा विवाद नरहेको बताएकी हुन्। पत्रकार सम्मेलनका...

चिनियाँ राजदूतावासले भन्योः नेपालसँग कुनै सीमा विवाद छैन

काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सियाओलोङले नेपाल र चीनबीच कुनै किसिमको सीमा विवाद नरहेको बताएका छन्।...

नेपाल र चीनको सीमा विवाद छैन : चिनियाँ राजदूत यान्छी

१९ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  नेपाल र चीनबीचमा सीमा विवाद नरहेको बताएकी छन् । राजदूत यान्छीले मंगलबार ट्विटरमा दुई देशबीचमा ६० वर्ष पहिला नै सीमाको निरुपण भएको र त्यसबेलादेखि अहिलेसम्म कुनै विवाद नभएको उल्लेख गरेकी छन् । राजदूत यान्छीले भनेकी छन्,‘६० वर्षअघि आजैको दिन चीन र नेपालले मित्रवत वार्ताद्वारा सीमा […]

नेपाल–चीन सीमा विवाद संयुक्त अनुगमन गरेर समाधान गर्न सुझाब

काठमाडौँ– नेपाल र चीनका बीच रहेको सीमा विवाद संयुक्त सीमा निरीक्षण, आधुनिक जीपीएस प्रणालीको उपयोग तथा राजनीतिक र कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने धारणा अध्येताहरूले प्रकट गरेका छन् । शुक्रबार पेभेलियन हलमा आयोजित ‘खबरहब बहस’ मा सहभागी वक्ताहरूको समान धारणा थियो– चीनसँग सीमा विवादको कुरा धेरै सार्वजनिक नहुने भए पनि विवाद छैन वा कतै पनि अतिक्रमण […]

नेपाल–चीन सीमा विवाद : स्थानीय बासिन्दालाई बुझाउन नसक्दा समस्या

हुम्लाको नाम्खा सीमा विवादको विषय पछिल्लोपटक ११ महिनाअघि त्यहाँका स्थानीयबासिन्दाले उठाएका थिए । त्यस सम्बन्धमा तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको जवाफ दिनुभएको थियो । त्यतिबेला चिनियाँ दूतावास काठमाण्डौका प्रवक्ताले, हामीले नेपालको भूमि मिचेका छैनौँ प्रमाणित गर्न चाहे गर्न सक्नुहुन्छ भन्ने कुरा गरेका थिए । त्यसपछि त्यो विषय मत्थर भइसकेको थियो । तर अहिले आएर नेपाल सरकाले लिमी, लाम्खा, लुलुजोङको इलाकामा फेरि ९ नम्बर पिल्लर, हिल्सादेखि १२ नम्बरको लाप्सा भञ्ज्याङसम्म छानबिन गर्ने भनेको छ । ...

नेपालसँग कुनै सीमा विवाद छैन - चीन

काठमाण्डाै - चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयपछि चीनले यस्तो प्रतिक्रिया जनाएको हो । नेपालमा रहेको चिनियाँ दूतावासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैँले स्पष्ट पारिसकेको उल्लेख गरेको छ ।‘सन् १९६० को दशकमा नै नेपाल र दुई देशले मैत्रीपूर्ण छलफलबाट सीमा विवाद हल गरिसकेको छ,’ चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले भन्नुभएको छ । केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उ...

नेपालसँग कुनै सीमा विवाद छैन: चीन

चीनले नेपालसँगको सीमालाई लिएर नेपाल र चीनबीच कुनै विवाद नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको स्पष्ट पारेका हुन् । ‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भइसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’ विज्ञप्तिमा चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दालगायत दुई म...

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

काठमाडौँ । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ सहितको अध्यन समिति गठन […]

कूटनीतिक माध्यमबाट भारतसँगको सीमा विवाद समाधान गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “ऐतिहासिक सन्धी, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समयसमयमा उठ्ने विषयलाई समाधान गरिने छ।” नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्तामा सीमा विवाद रहेको छ।