नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बोनस कति ?

काठमाडौं, २८ फागुन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते (आइतवार) हुँदैछ । सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७र७८ को लागि लेखापरीक्षकको नियुक्ती […]

सम्बन्धित सामग्री

नेशनल लाइफको ३४ औं वार्षिक साधारण सभा, १५ प्रतिशत बोनस सेयर अनुमोदन

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आव २०७७/७८ को लागि प्रस्तावित लाभांश पारित गरेको

नेशनल लाइफको २०% लाभांश पारित, ५ जना सञ्चालक निर्विरोध निर्वाचित

फागुन २९, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांश पारित भएको छ ।  कम्पनीले ३३औं वार्षिक साधारण सभा आइतवार सम्पन्न गरी १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ३९ करोड ८ लाख ८९ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले विगत तीन आर्थिक वर्ष पछिकै उच्च लाभांश वितरण गर्न लागेको हो ।  यस अघि आर्थिक वर्ष ०७३/७४ को मुनाफाबाट कुल १४ दशमलव ६३ प्रतिशत, आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट कुल १४ दशमलव ५० प्रतिशत र आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।  त्यस अघिको आर्थिक वर्ष ०७२/७३ को मुनाफाबाट भने कम्पनीले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो । सभाले लाभांश प्रस्तावसँगै अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।  साथै, सभाबाट संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई जना गरी पाँच जना सञ्चालक समेत सभाबाट निर्विरोध निर्वाचित भएका छन् । संस्थापक समूहतर्फ प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादर पाँडे र कुशल मल्ली तथा सर्वसाधारण समूहबाट भवानी राणा र कुलदीप शरण सिंह सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको जानकारी दिदैं कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा वार्षिक औषत प्रतिफल १० दशमलव १६ प्रतिशत कायम रहेको उल्लेख गरेको छ । साथै कम्पनीको चुक्तापूँजी समेत सन्तोषजनक रहेको र चालू वर्षको बोनस समेत गरी कुल पूँजी रू. ४ अर्ब ३ करोडभन्दा बढी पुग्ने समेत जानकारी दिएको छ ।  कम्पनीको बीमांकीय मूल्यांकन सन्तोषजनक रहेका कारण यस वर्ष नियामकीय निर्देशन अनुसार 'Future Bonus Provisioning' मा यथेष्ट व्यवस्था गरिए पनि बीमितहरुलाई पहिलाकै सरह बोनस दर प्रदान गर्न सफल भएको कम्पनीको भनाइ छ ।  गत आर्थिक वर्ष २०७७/०७८ सम्ममा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले वृद्धि भई रू. ४ अर्ब नाघेको जानकारी कम्पनीले दिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत बोनस पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधरण सभालाई सम्बोधन गर्दै कम्पनीकी अध्यक्ष प्रेमा सिंहले कोभिड–१९ को प्रकोप यथावत रहेतापनि जीवन बीमा बजारका लागि राम्रो आधार सिर्जना भएको बताएकी छन् । नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरुको बढी माग हुने आकलन गर्दै  […]

नेशनल लाइफ इन्स्योरेन्सको ३३औं साधारण सभा आज, २०% लाभांश पारित हुँदै

फागुन २९, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा आज (आइतवार) हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०:३० बजे शुरु हुने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेशनल लाइफ इन्स्योरेन्सको ३३औं वार्षिक साधारण सभा आइतवार हुँदै

फागुन २७, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा आइतवार (फागुन २९ गते) हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०:३० बजे शुरु हुने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेप्सेले गर्‍यो नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

फागुन २०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले शुक्रवार कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २० को आधारमा १९ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८५७ दशमलव १४ तोकेको हो । कम्पनीले यस वर्ष शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते बोलाएको छ । सभा कम्पनीको केन्द्रीय भवन लाजिम्पाटमा बिहान १०:३० बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण लगानीकर्ताबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन २२ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । आइतवार समायोजन मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ ।

नेशनल लाइफ इन्स्योरेन्सले फागुन २९ मा बोलायो वार्षिक साधारण सभा

फागुन १६, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३ औं वार्षिक साधारण सभा फागुन २९ गते गर्ने भएको छ ।  कम्पनीले सभा केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १० : ३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।