सानिमा बैंकको साधारण सभा आज, १७ प्रतिशत बोनस पारित हुँदै

सानिमा बैंकको १७औंं वार्षिक साधारण सभा आज (आइतबार) हुँदै छ। बिहान ११ बजे बालुवाटारमा  हुने सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।  सभाले यस बैंक कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक भएमा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ। साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयधरनीदर्ता पुस्तिका कात्तिक ७ गते एक दिन बन्द भइसकेको छ ।   

सम्बन्धित सामग्री

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश बिहीवार पारित हुने !

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १४ दशमलव ७० प्रतिशत लाभांश भोलि (बिहीवार) पारित हुने भएको छ । बैंकले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको हो । सभा कुण्डलिनी दरबार, ब्यान्केट, चण्डोल, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ छ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरूलाई समेत सभाले पारित गर्ने बताइएको छ ।  लाभांश प्रस्तावसहित विविध प्रस्ताव पारितका लागि बोलाएको साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा माग लिन सक्नेछन् ।

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १४ दशमलव ७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश पारितका लागि कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं, चण्डोलस्थित कुण्डलिनी दरबार ब्यान्केटमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ छ ।  लाभांश प्रस्तावसहित विविध प्रस्ताव पारितका लागि बोलाएको साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यी चार कम्पनीका शेयरधनीलाई दशैंअघि लाभांश !

काठमाडौं । चालू आर्थिक वर्षको दुई महीनाभन्दा बढी समय बित्दा पनि हालसम्म ७ कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष ०७९/८० सम्मको मुनाफाबाट पाँचओटा वाणिज्य बैंक र एक-एकओटा लघुवित्त कम्पनी र  होटल्स कम्पनीले लाभांश प्रस्ताव गरेका छन्, जसमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया बैंक, ओरियण्टल होटल्स र युनिक नेपाल लघुवित्त वित्तीय संस्था छन् ।  यी कम्पनीहरूमध्ये माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक र ओरियण्ट होटल्सले दशैंअघि नै साधारण सभा आयोजना गरेका छन् । यस आधारमा यी चार कम्पनीका शेयरधनीले दशैंअघि नै लाभांश पाउनेछन् ।  एभरेष्ट बैंक, सानिमा बैंक र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले भने हालसम्म साधारण सभाको सूचना सार्वजनिक गरेका छैनन् ।  यस वर्ष वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशलले ५ दशमलव ७९ प्रतिशत र एनआईसी एशिया बैंकले ३० दशमलव ५३ प्रतिशत लाभांश दिन लागेका छन् । त्यस्तै ओरियण्टल होटल्सले ५ दशलमव २६ प्रतिशत नगद लाभांश (करसहित) र युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । युनिक नेपाल लघुवित्तले भने कति बोनस र नगद भन्नेबारे सूचनामा उल्लेख गरेको छैन ।  माछापुच्छ्रे बैंकको कुल लाभांशमध्ये १३ दशमलव ३० प्रतिशत बोनस शेयर छ भने कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश छ । त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद, सानिमा बैंकको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ७० प्रतिशत नगद लाभांश  छ ।  सिटिजन्स बैंकले भने यस वर्ष कर समेत ५ दशमलव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको एनआईसी एशिया बैंकले भने २९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  गत आर्थिक वर्ष लाभांश वितरण नगरेको माछापुच्छ्रे बैंकले भने यस वर्ष वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिले लाभांश पारित गर्न लागेको छ । बैंकले असोज १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले साधारण सभा प्रयोजनको लागि भोलि (असोज ८ गते) बुक क्लोज गर्ने भएको छ । यस आधारमा आजसम्म कायम शेयरधनीहरूले साधारण सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  योबाहेक अन्य तीन कम्पनीले पनि दशैंअघि नै वार्षिक साधारण सभा गर्ने तयारी गरेका छन् । एनआईसी एशिया बैंकले असोज २८ गते साधारण सभा आयोजना गरेको छ । यस बैंकले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । त्यस्तै, सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  त्यसैगरी, ओरियण्टल होटल्सले लाभांश पारितका लागि असोज २५ गते साधारण सभा बोलाएको छ । होटल्सले साधारण सभा प्रयोजनको लागि असोज १२ देखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीहरू साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

सानिमा बैंकको खुद मुनाफा दुई अर्ब नौ करोड

सानिमा बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल १८ […]

सानिमा बैंकको साधारण सभा सम्पन्न

काठमाण्डौ – सानिमा बैंक लिमिटेडले आज आइतवार १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार अहिलेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल निर्वाचित हुनुभएको छ ।  आर्थिक वर्ष २०७८/७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्ज...

सानिमा बैंकको १७ औं साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधरण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुक प्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. […]

सानिमा बैंक : कम्पनी विश्लेषण (सोमवार, १ कात्तिक २०७८)

बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी कात्तिक १४ गते साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । त्यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचनलगायत प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका कात्तिक ७ गते एक दिन बन्द रहनेछ । यस आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा सहभागी हुन र लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी रु. ९ अर्ब ६८ करोड १५ लाख रहेको छ । प्रस्तावित १७ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. ११ अर्ब ३२ करोड ७३ लाख पुग्नेछ । निष्कर्ष कम्पनीको ५६ दिने कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्य हालकै प्रवृत्तिमा निरन्तर रहन सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५१ दशमलव ९५ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव शून्य ६ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतबारको शेयर मूल्य रु. ५१० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४९८ मा टेवा पाउने र महँगिए रु. ५२८ मा प्रतिरोध पाउने देखिन्छ ।

सानिमा बैंकले बोलायो १६ औं वार्षिक साधारण सभा, १३.६० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं। सानिमा बैंक लिमिटेडले १६ औं वार्षिक साधारण सभा कात्तिक २८ गते बोलाएको छ। बैंकले आम्रपाली ब्यांकेट बालुवाटारमा बिहान ११ बजे