आरम्भ चौतारी लघुवित्तको साधारण सभा आइतबार हुँदै, बोनस कति ?

काठमाडौं, २५ चैत । आइतवार आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा हुने भएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन […]

सम्बन्धित सामग्री

आरम्भ चौतारी लघुवित्तको सातौं वार्षिक साधारण सभा चैत ३० मा, बुक क्लोज कहिले ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३० गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बनेपा पार्टी भेन्यु बनेपा-८ काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफलउपर गरी पारित गर्नुका साथै चालू आवको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै सभाले भविष्यमा यस कम्पनीले अन्य इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस वर्ष कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सोही कारण यस वर्ष शेयरधनीको हात खाली हुने भएको छ । अघिल्लो आवको मुनाफाबाट भने गत वर्ष कम्पनीले शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सातौं वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  साधारण सभाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

आरम्भ चौतारी लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा आज

चैत २७, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था र तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा आज (आइतवार) हुँदैछ ।  आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले बिहान ११ बजे बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा गर्ने जानकारी दिएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको हो । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, तारागाउँ रिजेन्सी होटल्सले २५ औं वार्षिक साधारण सभा होटल्सको रजिष्टर्ड कार्यालय बौद्धमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको हो । यस आधारमा चैत १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

आरम्भ चौतारी लघुवित्त संंस्थाको साधारण सभा हुँदै

काठमाडौं, २६ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा आइतवार हुने भएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन […]

आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

चैत १५, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेकाले चैत १६ गते बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले गत आवसम्मको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बनेपा पार्टी भेन्यू, बनेपा - ८, काभ्रेपालञ्चोकमा हुने जानकारी दिएको छ।

आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, ६ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा समेत रहेको छ । यस्तै, आर्थिक वर्ष २०७७–७८ को वासलात, […]

२१% लाभांश पारित गर्न आरम्भ चौतारी लघुवित्तले चैत २७ गते बोलायो छैठौं साधारण सभा

चैत ६, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लमिटेडले छैठौं वार्षिक साधारण सभा चैत २७ गते बोलाएको छ । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोमा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो ।  सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्तिको अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाका लागि तय भएका छन् ।  साधारण सभा तथा लाभांश प्रयोजनका चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

अझै ६ ओटा लघुवित्तले घोषणा गरेका छैनन् लाभांश, कुन - कुन कम्पनीको बाँकी ?

माघ ५, काठमाडौं । नेप्सेमा सूचीकृत ५१ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्म ६ ओटा लघुवित्त वित्तीय संस्था गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  जीवन विकास लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था मर्जरमा गएपछि एकीकृत कारोबार शुरु गरी विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवार शेयर सूचीकृत गराएको छ । मर्जरका कारण रोक्का भएको कम्पनीको शेयर बुधवार फुकुवा भएको हो । कम्पनीको शेयर कारोबार फुकुवा भएपनि खरीदविक्री भने भएको छैन ।  हाल सम्ममा ४२ ओटा कम्पनीले लाभांश घोषणा गरे भने तीन ओटा कम्पनीले लाभांश घोषणा नै नगरी साधारण सभा सम्पन्न गरिसकेका छन् । सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त वित्तीय संस्था र माुनषी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिईकन साधारण सभा सम्पन्न गरेका हुन् ।  गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका ४२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाले कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । त्यसैगरी सबैभन्दा कम लाभांश एनएआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रहेको छ । कम्पनीले ५ दशमलव ४१५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।  यस कम्पनीले पनि उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । लघुवित्त कम्पनीहरुले धेरै लाभांश दिने भएकाले लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।  लाभांश घोषणा गरेका धेरैजसो कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् दुई कम्पनीले साधारण सभा हुन बाँकी रहेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुन बाँकी रहेको छ ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ६ गते साधारण सभा आयोजना गरेको छ । सभा क्रिक रिर्सोट धादिङबेशीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने वा मर्जर प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते आयोजना गरेको छ । सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नार्गजुन नगरपालिका वाड नं १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।  सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी यस लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गरी थप हुन आएको शेयर सूचीकृत

माघ ४, काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ ।  यस कम्पनीले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी थप हुन आएको २ लाख १ हजार ६०० कित्ता साधारण सभा शेयर सूचीकृत भएको हो । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई १:०.८४ अनुपातमा प्राप्ति गरेको हो ।  प्राप्ति गरी कात्तिक ३० गतेदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।  देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी थप हुन आएको शेयरसँगै कम्पनीको कुल सूचीकरण शेयर ३० लाख ६९ हजार २३२ कित्ता भएको छ ।