बलिउड अभिनेता शरमन जोशीका पिता तथा दिग्गज थिएटर कलाकार अरविन्द जोशीको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार उनी मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत थिए । शुक्रबार बिहान उनको निधन भएको भारतीय मिडियाहरुले जनाएका छन् ।अरविन्द जोशी गुजराती थिएटर कलाकार र निर्देशकका रुपमा चिनिन्छन् । अरविन्दका पत्नी र दुई सन्तान (छोरा शरमन र छोरी मानसी जोशी राय रहेका छन् ।अरविन्द प्रेम चोपडाका सम्धी थिए । शरमनले प्रेम चोपडाकी छोरी प्रेरणा चोपडासँग विवाह गरेका छन् । छोरी मानसीको विवाह टिभी तथा बलिउड अभिनेता रोहित रो