काँचो स्याउको निर्यात रोक्न पालिका स्तरमा समन्वय गर्दै कृषि कार्यालय

जुम्ला – जुम्लाको कृषि विकास कार्यालयले स्याउ निर्यातको लागि पालिका स्तरका कृषि शाखा, पालिका उत्पादित किसान र व्यापारीसँग छलफल गरेको छ। जुम्ला जिल्लाको पहिचानको रूपमा रहेको स्याउ काँचो निर्यात गर्दा पहिचान गुम्न सक्ने खतरालाई मध्यनजर गर्दै  कृषि कार्यालयले यस्तो खालको छलफल गरेको हो। विगतका वर्षमा किसानले स्याउबाट बढी आम्दानी पाउने आशाले काँचो स्याउ टिपेको गुनासोलाई […]

सम्बन्धित सामग्री

डीएनए परीक्षणको बाध्यताले सुपारी निकासीमा समस्या

विराटनगर । इन्डोनेशियाबाट आयात हुने सुपारीका कारण कोशी प्रदेशमा उत्पादित सुपारीले भारतीय बजार गुमाउन थालेको छ । एलसी खोलेर तेस्रो मुलुकबाट आयात भएको सुपारी अवैध बाटो हुँदै भारतीय बजार पुर्‍याइने गरेको घटनालाई आधार बनाएर संसदीय समितिले सुपारीको डीएनए परीक्षण गर्न निर्देशन दिएपछि नेपाली उत्पादनले भारतीय बजार गुमाउन थालेको हो । एक वर्षअघि भारत निकासी गर्न खोज्दा झापाको उत्पत्तिको प्रमाणपत्र भएको चार ट्रक सुपारी विवादमा पर्‍यो । विराटनगर र भारतीय भन्सारबाट जाँचपास सकिएको सुपारी मिरगञ्जको पुल भत्किएका कारण पुन: विराटनगर हुँदै सुनसरीको भण्टाबारी नाकाबाट लैजानुपर्ने भयो । त्यही क्रममा उक्त सुपारी प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो । पछि राजस्व अनुसन्धान विभागको निर्देशनमा ५ महीनापछि रोकिएको सुपारी निकासी भएको थियो ।  उक्त सुपारीको विषय सदनसम्म पुग्यो । संसदीय समितिले सुपारी पहिचानका लागि डीएनए परीक्षण गराउन सरकारलाई निर्देशन दियो । तर, त्यस्तो परीक्षण गर्ने प्रयोगशाला र कृषि उपजको डीएनए परीक्षण गर्ने इतिहास नै नभएका कारण यसपटक किसानले ५५ रुपैयाँ किलोमा काँचो सुपारी बेचे पनि व्यापारीलाई निकासीको चिन्ताले सताएको छ ।  इन्डोनेशियाबाट ल्याएको सुपारी भारतीय बजारमा बेच्दा किलोमै ५ सय रुपैयाँ नाफा हुने भएकाले व्यापारीले सरकारको उच्च तहसँग मिलेर तोकिएको कोटा बराबर सुपारी आयात गर्थे । मोटो रकमको चलखेल भएको भन्दै सुपारी निर्यात गर्दा अनिवार्य डीएनए परीक्षण गर्नुपर्ने व्यवस्था गरिएपछि सुपारी किसान र व्यापारी मारमा परेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवी खतिवडा बताउँछन् ।  उनी भन्छन्, ‘आयात गर्दा डीएनए परीक्षण गर्नुपर्ने प्रावधान छैन । निकासीमा डीएनए परीक्षण गरी नेपालकै उत्पादन भएको प्रमाणित गर्नुपर्छ । अनिमात्र भारत निकासी गर्न पाइन्छ । यो प्रावधानले किसान र व्यापारी दुवैलाई समस्या भएको छ ।’  नेपालबाट भारत निकासी हुने अन्य कृषि उत्पादनमा डीएनए परीक्षण आवश्यक छैन । सुपारीमा मात्रै यस्तो व्यवस्था हुनु अन्यायपूर्ण रहेको उनले बताए । खतिवडा भन्छन्, ‘हामीले झापामा सुपारी खेती हुन्छ, यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत सुपारी जोन छ भनेर संसदीय समितिका सदस्यहरूलाई बगान घुमाएपछि मात्र उहाँहरू विश्वस्त हुनुभयो । तर, पहिले नै निर्देशन दिएर आउनुभएको रहेछ । हामी संशोधन गर्छौं भन्नुहुन्थ्यो, तर अहिलेसम्म भएन ।’  यसपालि झापाका किसानले ५५ रुपैयाँ किलोका दरले व्यापारीलाई सुपारी बेचेका छन् । निकासी सहज भइदिए आफूहरूले पनि राम्रै मूल्य पाउने किसानको अपेक्षा छ ।  उर्लाबारीका सुपारी थोक विक्रेता खुश्बु शर्माले यसपटक किसानसँग ५५ रुपैयाँ किलोको दरले सुपारी किनेको बताइन् । किसानसँग किनेको सुपारी उनी प्रशोधन गर्ने कम्पनीलाई विक्री गर्छिन् । प्रशोधन कम्पनीले प्रशोधन गरेर थोक व्यापारीलाई बेच्छन् । बजारमा सुकेको सुपारीको मूल्य अहिले प्रतिकिलो ७ सय रुपैयाँ छ । यो सिजनको सुपारीको नयाँ फल माघदेखि बजारमा आउन थालेको छ ।

जुम्लामा स्याउ पाकेपछि बगैंचामै पुगे व्यापारी, किसानलाई किलोको ५० रुपैयाँ

जुम्ला । जिल्लाका किसान यतिबेला बगैंचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरीद गर्न किसानको बगैंचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिइन् । ‘पाकेको स्याउ किन्न किसानको बगैंचामा पुगेर खरीद गरेका छौं,’ स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भने, ‘स्याउको गुणस्तरीयता हेरेर मूल्य निर्धारण गरिएको छ ।’ उनका अनुसार अहिले किसानको बगैंचाबाट प्रतिकेजी रू ५० मा स्याउ खरीद गर्ने गरिएको छ । करीब ७० क्विन्टल स्याउ खरीद गरी सुर्खेत विक्री गर्न लगिएको तिरुवाको भनाइ थियो । ‘स्थानीय र गोल्डेन जातका स्याउ लगाएको छु । घरमै प्रतिकेजी रू. ५० मा विक्री शुरु गरेका छौं,’ किसान गोरीकला रोकायाले भनिन्, ‘यहाँबाट किनेर स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लगेर विक्री गर्ने गरेका छन् ।’ जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले दुवै जातका स्याउ मिलाएर व्यापारीले लिने गरेको यहाँका किसान बताउँछन् ।  जिल्लामा भएको स्याउ उत्पादन र यहाँबाट भएको निर्यातको विवरण सङ्कलन गर्ने जिम्मा नाग्म प्रहरी चौकीलाई दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार भदौको अन्तिम सातामा जिल्लामा कुल उत्पादन भएको र निर्यात गरिएको तथ्याङ्क सार्वजनिक गरिनेछ ।  गत वर्षभन्दा यस वर्ष ४० प्रतिशतले स्याउ उत्पादन घटेको अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ थियो । जिल्लाका आठओटै स्थानीय तहमा जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउनमा काँचो स्याउ बजारमा विक्री हुन थालेपछि यहाँका स्थानीय तहले विक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए । परियोजना कार्यान्वयन एकाइका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

गोलभेडाको अर्थशास्त्र

भारतबाट नआए गोलभेडा खान पाइँदैन भन्ने अवस्थामा सुधार हुँदै अहिले नेपाली गोलभेडा भारततर्फ निकासी गर्न थालिएको छ । केही समय अघिसम्म भारतीय गोलभेडाका कारण नेपाली किसानले बजार पाउन नसकेको भनी सडकमा फाल्ने अवस्था समेत थियो । अहिले जसरी नेपाली गोलभेडा भारत निकासी हुन थालेको छ यसले बजारको नयाँ सम्भावनालाई देखाएको छ । भारतमा सधैं कृषि उपजको उत्पादन समान हुँदैन । नेपालमा पनि उत्पादन समान हुँदैन । यस्तोमा एक देशमा बढी उत्पादन भएको र अर्को देशमा कम उत्पादन भएको अवस्थामा दुवै देश मिलेर कृषि उपजको बजार व्यवस्थापन गर्दा दुवै मुलुकलाई लाभ मिल्न सक्छ भन्ने यसले देखाएको छ ।  भारतको संसद्मा नै नेपालबाट गोलभेडा मगाउने कुरा मन्त्रीले जवाफ दिनु भनेको नेपालको कृषि उत्पादनका लागि निकै राम्रो सन्देश हो । भारतको मागलाई नेपालको उत्पादनले १ प्रतिशत पनि सम्बोधन गर्न सक्दैन होला तर अप्ठ्यारो परेको बेला उसलाई छिमेकीको उत्पादनले पनि राहत दिने रहेछ । त्यसो हुँदा दुवै देशले कृषि उत्पादनका लागि केही रणनीतिमा साझेदारीका साथ काम गर्र्नुपर्ने देखाएको छ । कृषि उत्पादन सरकारी नीति र निजीक्षेत्रको लगानीले मात्र बढ्छ भन्ने होइन । सबै प्रयास गर्दा पनि प्रकृतिमा आएको सामान्य फेरबदलले फरक पार्ने रहेछ । खासगरी चाँडै नष्ट हुने गोलभेडाजस्ता कृषि उत्पादनमा दुवै देश संवदेनशील हुनुपर्ने अहिलेको परिघटनाले सिकाएको छ । दुवै देशले बजारको लिन्केज जोडिराख्नुपर्ने कुरालाई यसले देखाएको छ । भारतीय उत्पादनलाई सराप्ने र त्यसले गर्दा नेपाली उत्पादन फाल्न परेको भाष्य स्थापित गरिएको छ । यस्तो प्रवृत्ति पनि आत्मघाती हुन्छ । व्यापारमा दुवै पक्ष लाभान्वित हुने खालको हुनुपर्छ । भारतसँग प्रतिस्पर्धै गर्न सकिँदैन भन्ने पनि होइन रहेछ भन्ने कुरा आँप र अहिले गोलभेडाले देखाइदिएको छ ।  नेपालले अहिले काँचो गोलभेडामात्रै निर्यात गरेको हो । निर्यात नभएको भए शायद अहिले पनि गोलभेडाले मूल्य नपाएर किसानहरू चिन्तामा पर्नुपथ्र्यो । त्यसैले गोलभेडालाई प्रशोधित गरेर बजार पठाउने व्यवस्थाका लागि पहल हुनुपर्छ । खाद्य प्रशोधन उद्योग खोलेर यस्ता वस्तुको खपत बढाउन सकिन्छ । गोलभेडाबाट केचप बनाउने उद्योग प्रशस्त भए भने यो सहजै विक्री हुन्छ । गोलभेडाजस्तै अन्य कृषि उपजमा पनि बेलाबेलामा यस्तै भएको पाइन्छ । प्याज, कागती जस्ता कृषि उपजमा पनि यस्तो अवस्था देखापरेको पाइन्छ । नगदे बालीका रूपमा मानिएको अदुवा र अलैंचीमा पनि यस्तै भइरहेको छ । उता बढी उत्पादन भए नेपाली उत्पादनले मूल्य र बजार नपाउने उता कम उत्पादन भए राम्रो मूल्य पाउने अवस्था छ । भारतले नेपालबाट कच्चा पदार्थका रूपमा अलैंची र अदुवा लैजाने र उसले प्रशोधित गरी अन्य देशमा बेच्ने गरेको पाइन्छ । नेपालले आफै प्रशोधन गरेर तेस्रो मुलुकमा बेच्न सक्ने हो भने कृषि वस्तुले दिगो बजार र राम्रो मूल्य पाइरहन सक्छ ।  आँपको सिजन सकिन लागेको छ । आँपमा पनि नेपाल आत्मनिर्भर जस्तै देखिन थालेको छ । तर, नेपालको आँप १ महीना मात्रै बजारमा देखिन्छ र यो निकै सस्तोमा विक्री हुन्छ । त्यसपछि भारतबाट आयात हुने आँपमै निर्भर बन्नुपर्छ । त्यस्तै आँपको जुसका लागि कच्चा पदार्थ तेस्रो मुलुकबाट ल्याएर जुस बनाई भारत निर्यात भइरहेको छ । यसमा समेत सुधार गर्न नेपाल र भारतको कृषि बजारलाई जोड्न सक्नुपर्छ । वास्तविकता बुझ्नुभन्दा भारतीय उत्पादनलाई सराप्ने र त्यसले गर्दा नेपाली उत्पादन फाल्न परेको भाष्य स्थापित गरिएको छ । यस्तो प्रवृत्ति पनि आत्मघाती हुन्छ । व्यापारमा दुवै पक्ष लाभान्वित हुने खालको हुनुपर्छ । भारतसँग प्रतिस्पर्धै गर्न सकिँदैन भन्ने पनि होइन रहेछ भन्ने कुरा आँप र अहिले गोलभेडाले देखाइदिएको छ । यस्तो लाभ क्षणिक हो तैपनि यसले सम्भावना भने नयाँ देखाइदिएको छ । त्यसो हुँदा नेपालको कृषि अर्थतन्त्रलाई केही फरक ढंगले बढाउनुपर्ने कुरा गोलभेडामा अकस्मात् देखिएको लाभले सिकाएको छ । यस्ता पाठबाट नयाँ योजना र रणनीति बनाउन सके नेपालको कृषिक्षेत्रले लाभ लिन सक्छ ।

जुम्लामा काँचो स्याउको बिक्री रोक्ने निर्णय

जुम्ला : जुम्लाबाट निर्यात हुने काँचो स्याउको बिक्रीमा रोक लगाइएको छ। जुम्लाका सरोकारवालाहरुको आजको बैठकले सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाउने निर्णय गरेको हो।  पूर्णरुपमा पाकेको, परिक्क भएको, गुलियो भरिएको स्याउ कृषि कार्यालयको सिफारिसका आधारमा मात्र निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताए। डेलिसियस, रेड डेलिसियसलगायतका जातका स्याउ भदौ १० गतेपछि प्राविधिकहरुको सिफारिसका आधारमा टिप्न तथा निर्यात गर्न पाईने निर्णय भएको छ।साउन र

बजारमा काँचो स्याउ लैजाँदा जुम्ली स्याउको पहिचान गुम्ने खतरा

नपाक्दै जुम्ली स्याउ जिल्ला बाहिर निर्यात हुन थालेपछि जुम्ली स्याउको पहिचान गुम्ने खतरा बढेको छ । दिनदिनै मालवाहक ट्रकहरूमा स्याउ लैजान थालेपछि पहिचान नै गुम्ने खतरा बढेको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ दोस्रो साताअघिदेखि नै स्याउ निर्यात नगर्न भनिरहे पनि किसानहरूले वर्षाका कारण बाढीपहिरो आउन सक्ने भएकाले स्याउ थन्किने र कुहिने डरेले धमाधम निर्यात गर्न थालेको बताएका छन् ।

कृषि कार्यालय जुम्लाद्वारा काँचो स्याउको निर्यात रोक्न पालिकास्तरीय समन्वय

जुम्ला– जुम्लाको कृषि विकास कार्यालयले स्याउ निर्यातको लागि पालिका स्तरका कृषि शाखा, पालिका उत्पादित किसान र व्यापारीसँग छलफल गरेको छ । जुम्ला जिल्लाको पहिचानको रूपमा रहेको स्याउ काँचो निर्यात गर्दा पहिचान गुम्न सक्ने खतरालाई मध्यनजर गर्दै  कृषि कार्यालयले यस्तो खालको छलफल गरेको हो । विगतका वर्षमा किसानले स्याउबाट बढी आम्दानी पाउने आशाले काँचो स्याउ टिपेको […]

जुम्लाको काँचो स्याउ निर्यात, पहिचान गुम्ने चिन्ता

यस वर्ष पनि जुम्लाबाट काँचो स्याउ निर्यात भएको छ । भदौ दोस्रो साताबाट मात्र स्याउ टिप्न र बिक्री गर्न कृषि विज्ञले सम्झाए पनि जुम्लाका केही किसान तथा व्यापारीले अटेरी गरेर काँचो स्याउ निर्यात गरेका हुन् । अन्य स्याउ भन्दा जुम्ल्लाको स्यानीय जातको स्याउ काँचै निर्यात भएको हो । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, […]

परिपक्क नहुँदै जुम्ली स्याउ बजारमा

जुम्लाको अर्गानिक स्याउ परिपक्क नहुदै बजारमा पुगेको छ । कर्णाली राजमार्ग संग जोडिएका यहाँका तातोपानी र तिला गाउँपालिकाका किसानले निर्णय उल्लघन गर्दै काँचो स्याउ विक्री गरेको पाइएको छ । भदौ दोस्रो सातापछि मात्र जुम्लाबाट स्याउ निर्यात गर्न पाईने निर्णय गरेपनि लुकिछिपी किसान र व्यापारी मिलेर नपाक्दै जुम्ली स्याउ बजारमा पुराइएको हो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा भन्छन,“ स्याउ पुर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना हुनुपर्छ । ७० प्रतिशत कलर चढिसकेको हुनुपर्छ ।