बजारमा काँचो स्याउ लैजाँदा जुम्ली स्याउको पहिचान गुम्ने खतरा

नपाक्दै जुम्ली स्याउ जिल्ला बाहिर निर्यात हुन थालेपछि जुम्ली स्याउको पहिचान गुम्ने खतरा बढेको छ । दिनदिनै मालवाहक ट्रकहरूमा स्याउ लैजान थालेपछि पहिचान नै गुम्ने खतरा बढेको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ दोस्रो साताअघिदेखि नै स्याउ निर्यात नगर्न भनिरहे पनि किसानहरूले वर्षाका कारण बाढीपहिरो आउन सक्ने भएकाले स्याउ थन्किने र कुहिने डरेले धमाधम निर्यात गर्न थालेको बताएका छन् ।

सम्बन्धित सामग्री

जुम्ली स्याउ नपाक्दै बजार पुगेपछि संकलनमा कडाइ

खलङ्गा – जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन्। यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन्। काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्गानिक जिल्लाको पहिचान सङ्कटमा […]

जुम्ली स्याउ नपाक्दै बजारमा आएपछि संकलनमा कडाइ गर्दै स्थानीय तह

जुम्लामा उत्पादन हुने जुम्ली अर्ग्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखा परेपछि जिल्लाका स्थानीय तहले स्याउ संकलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ संकलनमा रोक लगाउने निर्णय गरेका छन् ।काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्ग्यानिक जिल्लाको पहिचान सङ्कटमा पर्ने भएकाले ढिलोमा भदौ दोस्रो सातादेखि सङ्कलन गर्ने गरी तत्काल स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरिएको जिल्लाका