जुम्लामा काँचो स्याउको बिक्री रोक्ने निर्णय

जुम्ला : जुम्लाबाट निर्यात हुने काँचो स्याउको बिक्रीमा रोक लगाइएको छ। जुम्लाका सरोकारवालाहरुको आजको बैठकले सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाउने निर्णय गरेको हो।  पूर्णरुपमा पाकेको, परिक्क भएको, गुलियो भरिएको स्याउ कृषि कार्यालयको सिफारिसका आधारमा मात्र निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताए। डेलिसियस, रेड डेलिसियसलगायतका जातका स्याउ भदौ १० गतेपछि प्राविधिकहरुको सिफारिसका आधारमा टिप्न तथा निर्यात गर्न पाईने निर्णय भएको छ।साउन र

सम्बन्धित सामग्री

काँचो स्याउ निर्यात रोक्ने निर्णय कार्यान्वयनमा समस्या

जुम्लाबाट सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाइने भएको छ । काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिस बिनै निर्यात गर्न नपाइने निर्णय भएको हो । जुम्लाको काँचो स्याउ धमाधम बिक्री भइरहेको विषयमा साउन १७ गते कारोबारमा समाचार आएपछि सरोकारवालाको ध्यानाकर्षण भएको छ । यदपि विगतमा पटक पटक काँचो स्याउ निर्यात नगर्ने निर्णय भए पनि कार्यान्वयन नभएकाले यो […]

पालिकाहरूको निर्णय: काँचो स्याउ संकलनमा रोक

जुम्लाको आर्थिक समृद्धिसँग पहिचानसँग जोडिएको जुम्ली अर्गानिक स्याउ नपाक्दै बजारमा गएको गुनासो आएको छ । कालिकोटको स्याउ लिएर जुम्लाको नाम बेचेको तर आफुहरूले स्याउ नटिपेको जुम्ली किसानले बताएपनि जुम्लाको चन्दनाथ, तातोपानी र तिलाका केहि किसानले भने रातारात काँचो स्याउ निर्यात गरेको पाइएको छ । जसका कारण जुम्ली स्याउको पहिचान संकटमा छ ।जुम्ली काँचो स्याउ सुर्खेत […]