जुम्लाको अर्गानिक स्याउ परिपक्क नहुदै बजारमा पुगेको छ । कर्णाली राजमार्ग संग जोडिएका यहाँका तातोपानी र तिला गाउँपालिकाका किसानले निर्णय उल्लघन गर्दै काँचो स्याउ विक्री गरेको पाइएको छ । भदौ दोस्रो सातापछि मात्र जुम्लाबाट स्याउ निर्यात गर्न पाईने निर्णय गरेपनि लुकिछिपी किसान र व्यापारी मिलेर नपाक्दै जुम्ली स्याउ बजारमा पुराइएको हो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा भन्छन,“ स्याउ पुर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना हुनुपर्छ । ७० प्रतिशत कलर चढिसकेको हुनुपर्छ ।