२१ कात्तिक, काठमाडौं । पछिल्लो सिजनका फाइनलिष्ट टिमहरु स्पेनको रियल मड्रिड र इंग्ल्याण्डको लिभरपुलबीच युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मै प्रतिस्पर्धा हुने भएको छ । १४ पटकको च्याम्पियन रियलले गत सिजनको फाइनलमा भिनिसियस जुनियरको निर्णायक गोलमा लिभरपुललाई पराजित गरेको थियो । सोमबार नकआउट चरणको खेलतालिका निर्धारण हुँदा यी दुईले प्रिक्वाटरफाइनलमै भेट निश्चित गरेका हुन् । […]