बजेट अभावले काबेली करिडोरले गति लिन सकेन

वैशाख १२, फुङ्लिङ । बजेट अभावले कञ्चनजंघा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोर निर्माणको कामले गति लिन सकेको छैन । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आधार शिविर जोड्ने सडकले बजेट अभावमा गति लिन नसकेको हो । काबेली कोरिडोर पाँचथरको हिलिहाङ गाउँपलिका–२ अमरपुरस्थित तमोर नदीको लिम्बुनी पुलदेखि ताप्लेजुङको पाथीभरा याङ्वरक, सिरिजंघा गाउँपालिका हुँदै कञ्चनजंघा आधार शिविरसम्म जोड्ने सडक योजना हो । कञ्चनजंघा हिमालदेखि बग्ने काबेली खोलाको तीरैतीर भएर हिमालको बेस क्याम्पसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर उक्त कोरिडोरको अवधारणा ल्याइएको थियो । अहिलेसम्म पाँचथर खण्डअन्तर्गत लिम्बुनी पुलदेखि काबेलीबजारसम्म करिब ५ किलोमिटर मात्रै सडकको ट्र्याक खोल्ने काम भएको छ । ताप्लेजुङतर्फ पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटे र वडा नम्बर ६ थुम्बेदिन पुछारसम्म करिब ३ किलोमिटर ट्र्याक निर्माण गरिएको छ । पछिल्लो समय बजेट अभावका कारण पाँचथरतर्फ काबेली बजारदेखि भालुचोक पुछारसम्मको खण्ड अमरपुर र चाक्सिबोटे जोड्ने काबेली खोलामा निर्माण हुने पुलसम्मको ट्र्याक निर्माण हुन सकेको छैन । ताप्लेजुङतर्फ सिरिजंघा गाउँपालिका–१ सिनाम डाँडागाउँदेखि तावा दोभान, खेबाङ शिवदिन–याम्फुदिन हुँदै आधार शिविरसम्म करिडोरको ट्र्र्याक निर्माण गर्न पूरै बाँकी छ । ताप्लजेुङको प्रमुख पर्यटकीय गन्तव्य कञ्चनजंघा हिमाल जोड्ने सडक निर्माण हुन सकेमा पर्यटकीय दृष्टिकोणले पयनि फाइदाजनक हुने जानकाहरू बताउँछन् । सो सडक निर्माण भएमा अन्य क्षेत्रलाई पनि जोड्ने बताइएको छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सडक भएपनि बजेट विनियोजन नहुँदा ओझेलमा परेकोे उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाका प्रमुख अमिन्द्र खड्काले  बताए । पर्यटकीय मार्गसँगै धेरै क्षेत्रका उपभोक्ता लाभान्वित हुने भए पनि करिडोरका लागि अत्यन्तै न्यून बजेट विनियोजन भएको  उनको भनाइ थियो । चालु आर्थिक वर्षमा विनियोजित बजेटले थोरै काम अघि बढाइएको छ । तर, अहिलेको बजेट पर्याप्त नरहेको योजनाको भनाइ छ । उक्त करिडोर निर्माणका लागि आम्बेगुदिन–तेल्लोक खण्डमा ट्र्याक निर्माण गर्नेगरी सेवालुङ–पोमु जेभी कम्पनीसँग १ करोड १२ लाख रुपैयाँमा सम्झौता भएको थियो । उक्त बजेटले करीब ५ किलोमिटर ट्र्याक निर्माण गर्न सकिने योजनाको भनाइ छ । विश्वको तेस्रो अग्लो हिमालको आधारशिविर जोड्ने पर्यटकीय सडक भएकाले पर्याप्त  बजेट व्यवस्थापनका लागि पहल गरिदिन स्थानीयले माग गरेका छन् । करिडोर  पूरा भए जिल्लाको पूर्वी क्षेत्रका सिदिङ्वा, सिरिजंघा र पाथीभरा याङ्वरक गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यस्तै पाँचथरको हिलिहाङ र वाङ्वरक गाउँपालिकाका केही वडाका बासिन्दा पनि लाभान्वित हुन्छन् । पर्यटकीय मार्गका रुपमासमेत रहेकाले यस करिडोरले कञ्चनजंघा भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई धेरै फाइदा पुग्ने छ । काबेली करिडोरको दूरी लिम्बुनी पुलदेखि याम्फुदिनसम्म ५६ किलोमिटर छ । रासस

सम्बन्धित सामग्री

बंगलादेशसँग हुन सकेन विद्युत् खरिद बिक्री सम्झौता

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच भएको विद्युत् खरिद बिक्री सम्झौता दररेटमा कुरा नमिलेका कारण हुन सकेन।...

एन्फाले पदाधिकारी नियुक्त अझै गर्न सकेन

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक यसपटक पनि रिक्त पदाधिकारी नियुक्त गर्न सकेन । एन्फाको सोमबार बसेको बैठकमा पदाधिकारी नियुक्त एजेण्डामा समावेश थियो, तर त्यस विषयमा निर्णयमा पुग्न सकेन । एक सदस्यका अनुसार रिक्त पदाधिकारी नियुक्त पुस भित्रमा गरिसक्ने सहमति भएको जनाएका छन् । ३ सहायक महासचिवसहित विभिन्न १७ जनाको […]

जसपाले समानुपातिक उम्मेदवारको टुङ्गो लगाउन सकेन

जनता समाजवादी पार्टी नेपाललाई समानुपातिक उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिन हम्मे हम्मे परेको छ । शनिबार राती अबेरसम्म सिंहदरबारमा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले बन्दसूचीलाई पूर्णता दिन सकेन । संसदीय बोर्डबाट सिफारिस भएको नाममा कार्यकारिणीले दुई दिनसम्म छलफल गरे पनि अन्तिम रुप दिन सकेन ।अब त्यसलाई शीर्ष तहमै टुङ्ग्याउने तयारी भइरहेको बताइएको छ । स्रोतका अनुसार अन्य प्रदेशमा लगभग कुरा मिलि सकेको छ, मधेश प्रदेशमा मिलेको छैन । त्यसलाई मिलाउनका लागि पार्टीका कार्यकारिणी सदस्य एवं

भुवन केसीको मुद्दाको सुनुवाइ आज पनि हुन सकेन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज (सोमबार) पनि हुन सकेन । केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सुनुवाइ सोमबार हुने भनिएतापनि सुनुवाइ हुन सकेन । सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा […]

आज पनि बढ्न सकेन नेप्से परिसूचक

आज मंगलबार नेप्से परिसूचक ४५.५९ अंक ले घटेर २०२०.२३ विन्दुमा पुगेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज पनि उक्लिन सकेन ।

सफल हुन सकेन कंगना अभिनित फिल्म ‘धाकड’

एजेन्सी । बलिउडकी अभिनेत्री कंगना रनावतद्वारा अभिनित फिल्म ‘धाकड’ ले सफल व्यापर भने गर्न सकेन । कंगनालाई बलिउडमा शक्तिशाली अभिनेत्रीको रुपमा चिनिन्छ । हरेक प्रश्नमा सबैलाई आफ्नो कडा जवाफले अवाक बनाउने कंगनाको फिल्म भने बक्स अफिसमा सफल हुन सकेन । गत शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘धाकड’ ले पहिलो दिन ६५ लाख भारतीय रुपैयाँको कमजोर व्यापार […]

नेपाल ग्लोबल छनोटमा पुग्न सकेन

नेपाली महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा स्थान बनाउन सकेन । एसियन ग्लोबल छनोटअन्तर्गत आइतबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपाल युएईसँग ४८ रनले पराजित...

अदालतमा आज पनि बस्न सकेन इजलास

सर्वोच्च अदालतमा शुक्रबार पनि इजलास बस्न सकेन। प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि तोकेका कुनै पनि इजलास बस्न नसकेको हो।  प्रधानन्यायधीश जबराले शुक्रबारका लागि एक एकल इजालाससहित आठ इजलास र १७२ मुद्धाको...

सर्वोच्चमा आज पनि मुद्दाको सुनुवाइ हुन सकेन

काठमाडौँ । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन सकेन । मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश […]

कुलमानविरुद्धको मुद्दामा सुनुवाई हुन सकेन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन।...