काठमाडौं : प्रदेश नम्बर एकको प्रदेश सभा बैठक आज बस्दैछ। सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका बैठक बोलाएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रमोद विकले जानकारी दिए। यसअघि गत माघ २५ गतेको बैठक सत्तापक्षकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो। आजको बैठक पनि नेकपा ओली समूहका सांसदले अवरोध गर्ने तयारी रहेको बुझिएको छ। गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई संसदीय दलबाट निलम्बन गरिएको निर्णय सभामुख भण्डारीले कार्या