काठमाडौं।युरोकप फुटबल अन्तर्गत गएराति पोर्चुगलसँग २–२ गोलको बराबरीमा रोकिएको फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। फ्रान्सका लागि करिम बेन्जिमाले पहिलो हाफको अतिरित्त समय र दोस्रो हाफको ४७ औं मिनेटमा गोल गरेका थिए। पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले ३१ र ६० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे। फ्रान्सले समूह चरणमा ३ खेलबाट ५ अंक जोड्दै समूह विजेता बनेको हो।